default_image

अन्य

September 15, 2019

ब्याडमिन्टन टोली सिड्नी प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) –सिड्नी अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । सुभाष श्रेष्ठको नेतृत्वमा रहेको ११ सदस्य टोलीका खेलाडीमा रत्नजित तामाङ, दिपेश धामी, विष्णु कटुवाल, दिपक बोहोरा, अनुमाया राई र शोभा गौचन रहेका छन् । प्रशिक्षकमा सुदिप कुमार योञ्जन र उदयकुमार श्रेष्ठ रहेका छन् । ब्यवस्थापकमा चन्द्र शेखर तामाङ […]

September 15, 2019

मणि बिक्रम शाह स्मृति फुटसलको उपाधि एलएलाई

काठमाडौं (हाम्रो खेलकुद) – लिटिल एन्जल्स स्कुल (एलए) स्कुलले मणि बिक्रम शाह स्मृति अन्तर बिद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । आइतवार भएको फाइनलमा एलएले माउण्ट ग्लोरी स्कुललाई ४–२ गोल अन्तरले हराँउदै पहिलो सस्करणको च्याम्पियन ट्रफि उचालेको हो । एलएको जितमा सिद्धान्त ठाकुरले २ गोल गर्दा मुनाल थापा र विकास पुनले समान एक गोल गे […]

September 15, 2019

प्रिन्सलाई जुनियर ब्याडमिन्टनमा स्वर्ण पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जुनियर च्याम्पियन प्रिन्स दाहाल दुबईमा सम्पन्न दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा स्वर्णपदक जितेका छन् ।   दुवईस्थित एनएएस स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको फाइनलमा प्रिन्सले प्रतियोगिताको शीर्ष वरीयताका तथा विश्वको नवौं वरीयताका भारतका वरुण कपुरलाई २–० को सोझो सेटमा पराजित गर्दै स्वर्णपदक हात पारेका हुन् । निकै नै प्रतिस्पर्धात्मक […]

September 15, 2019

एनओसी अध्यक्ष श्रेष्ठलाई संसदिय समितिको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – संघिय संसादको शिक्षा, स्वास्थ्य र युवा खेलकुद समितिले आफ्ना सदस्य जीवनराम श्रेष्ठलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्ष दोस्रो पटक निर्वाचित भएको बधाई दिएको छ । समितीकी सफलता जयपुरी घर्तीले समितिको कार्यालय सिंहदरबारमा संघिय सांसद श्रेष्ठलाई बधाई तथा कार्यकालको सफलताको कामना गरिन् । शनिबार भएको एनओसीको निर्वाचनमा उमेशलाल श्रेष्ठलाई हराउँदै श्रेष्ठ […]

September 15, 2019

दक्षिण एसियाली नेटबल च्याम्पियनसिप कात्तिकमा

काठमाडौं(हाम्रो खेलकुद) – प्रथम दक्षिण एसियाली यू१६ नेटबल च्याम्पियनसिप कात्तिकमा काठमाडौंमा आयोजना हुने भएको छ ।  नेपाल नेटबल संघले हुने च्याम्पियनसिप कात्तिक १ देखि ५ गतेसम्म नेपाली सेनाको स्पोर्टस् सेन्टर तथा फिजिकल सेन्टर लगनखेलमा हुने छ । प्रतियोगितामा नेपालसहित,भारत,पाकिस्तान,श्रीलंका,बंगलादेश र माल्दिभ्स गरि ६ देशबीच लिगकम नकाउटको आधारमा प्रतिस्पर्धा हुने संघले जनाएको छ ।  प्रतियोगिता सञ्चालनको लागि […]

September 15, 2019

एपीएफलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार गंगाबुस्थित नयाँ बसपार्कमा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा पुलिसले एपिएफलाई ३-२ सेटले पराजित गर्दै फाइनलमा पुगेको हो । सुरुवाती दुई सेट २५-२१ र २५-२० ले जितेको पुलिसले तेस्रो सेट २०-२५ ले गुमाएको थियो […]

September 14, 2019

हरिलाई टिभिएस दशैको दौड उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका हरि रिमालले टिभिएस दशैको दौडको उपाधि जितेका छन् । साढे ६ किलोमिटरको दौड २६.२९ मिनेटमा पुरा गर्दै हरिले शनिबार उपाधि जितेका हुन् । दीपक अधिकारी दोस्रा र ज्ञानेन्द्र राई तेस्रा भएका थिए । दीपकले २६.३० मिनेटमा र ज्ञानेन्द्रले २६.३५ मिनेटमा दौड पुरा गरेका थिए ।   सवारीसाधन निर्माता टीभीएस […]

September 14, 2019

प्रिन्स दुबई जुनियर ब्याडमिन्टनको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)-नेपाल जुनियर च्याम्पियन प्रिन्स दाहाल दुबईमा जारी दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् । दुवईस्थित एनएएस स्पोर्टस् कम्प्लेक्समा शनिबार भएको सेमिफाइनलमा प्रिन्सले प्रतियोगिताको पाँचौ वरीयताका बसन्त कुमार राजेन्दरनलाई २–० को सोझो सेटमा पराजित गर्दै उपानधि नजिक पुगेको हो । अघि संस्करणमा यु–१५ ब्वाइजमा च्याम्पियन बनेका प्रिन्सले शनिबार बसन्त […]

September 14, 2019

पुलिस र एपिएफबीचको सेमिफाइनल स्थगित !

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लबको प्रतिद्वन्द्विको टुंगो आइतबार मात्र लाग्ने भएको छ । आर्मी आजै भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो ।  गंगाबुस्थित नयाँ बसपार्कमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल खराब प्रकाशका कारण […]

September 14, 2019

गण्डकीलाई पराजित गर्दै आर्मी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गोगंबु नयाँ बसपार्कमा जारी प्रतियोगितामा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले गण्डकीलाई ३-१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धाताम्क खेलमा गण्डकीले एक समय आर्मीलाई दबाबमा राखेपनि आर्मीले जित हासिल […]

Success

Thank you for your time.