default_image

popular

February 19, 2018

आर्मी हेटौंडा गोल्डकपको सेमिफाइनलमा

हेटौंडा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छ । वनविज्ञानको खेल मैदानमा सुदूरपश्चिम ११ लाई सोमबार टाइब्रेकरमा ५–३ हराउँदै आर्मी रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको दुई दिनपछि हेटौंडा गोल्डकपको अन्तिम चारमा पुगेको हो । गत शनिबारमात्र सिमरा गोल्डकपको उपाधि जितेर हेटौडा गोल्डकपमा सहभागिता जनाएको आर्मीले […]

February 19, 2018

पोखरा म्याराथनमा विभागिय दबदबा, पुलिसका भूमिराजलाई उपाधि

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका भूमिराज राईले १२ औं सफल पोखरा अन्तर्राष्ट्रिय पोखरा म्याराथनको उपाधि जितेका छन् । प्रतियोगितामा विभागिय खेलाडीको वर्चश्व रहेको थियो । २ घन्टा ३६ मिनेट ४२.२ सेकेन्डमा निर्धारित दुरी (४२.१९५ किलोमिटर) पुरा गर्दै भूमिराजले उपाधि जितेका हनु । उनले उपाधिसहित ७० हजार रुपैयाँ प्राप्त गरे । त्रिभुवन आर्मी क्लबका […]

February 19, 2018

मैत्रीपूर्ण खेलमा एपिएफसँग हङकङ पराजित, सावित्राको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)– हङकङ महिला फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलमा नेपाल एपिएफ क्लब विजयी भएको छ । हङकङमा सोमबार भएको मैत्रीपूर्ण खेलमा एपिएफले घरेलु टोलीलाई ३–१ ले हराएको छ ।   एपिएफको जितमा सावित्रा भण्डारीले २ र अर्को गोल अन्जली तामाङले गरिन् । अन्जलीको गोलबाट अग्रता लिएको एपिएफका लागि राष्ट्रिय महिला टोलीकी फरवार्ड समेत रहेकी सावित्राले […]

default_image

February 19, 2018

हेटौंडा गोल्ड कपमा आर्मी र सुदूरपश्चिम भिड्दै

हेटौंडा (हाम्रो खेलकुद) –  तेस्रो संस्करणको टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा सोमबार सुदूरपश्चिम ११ र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा आजको खेल दिउँसो ३:०० बजे सुरु हुनेछ । आर्मी सफलताको यात्रालाई लागि निरन्तरता दिने प्रयासमा रहँदा सुदूरपश्चिम ११ भने अनअपेक्षित नतिजा निकाल्न तत्पर देखिएको छ । यस सिजन सहभागिता जनाएको ९ प्रतियोगिता मध्ये ५ मा […]

February 18, 2018

बर्लिनमा ३ नेपालीले जिते स्वर्ण पदक

काठमाडौं ( हाम्रो खेलकुद) – बर्लिन ओपन अन्तर्राष्ट्रिय करातेमा भाग लिने सबै ४ खेलाडीले पदक जितेका छन् । अनु अधिकारी, मलिका थापा र मुकुन्द्र महर्जनले स्वर्ण पदक तथा मन्डेकाजी श्रेष्ठले कास्य पदक जितेका छन् । जर्मनीमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा अनुलले महिला ५० केजी र मलिकाले ५५ केजीमा स्वर्ण पदक जितिन् । अनुले फाइनलमा […]

February 18, 2018

पुलिस हेटौंडा गोल्ड कपको सेमिफाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले तेस्रो संस्करणको टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार प्रभावशाली जित दर्ता गराएको छ । वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा पुलिस क्लबले आयोजक विजय युथ हेटौंडाको चुनौती ३–० ले हराउँदै सेमिफाइनलमा पुगेको हो । फाइनल प्रवेशका लागि पुलिसले थ्रीस्टार क्लब र संकटा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सुमन भोम्जन […]

February 18, 2018

डिपिएल र श्री एयरलाइन्सबीच सम्झौता,अक्सन बुधबार

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ ले श्री एअरलाइन्सको साथ पाएको छ । श्री एयरलायन्सले डिपिएल–२ लाई १ वर्षको लागि प्रायोजन गरेको हो । सम्झौता पत्रमा आइतबार डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास बहादुर शाही र श्री एअरलाइन्सका अपरेशन निर्देशक कुन्दन गिरीले हस्ताक्षर गरे । सम्झौताअनुसार […]

February 18, 2018

आइ लिगमा विमलको टोलीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरको टोली मोहन बगानले आइतबार हिरो इन्डियन लिग (आइ लिग) मा सफलता प्राप्त गरेको छ । मोहन बहानले नेरोकालाई ३–२ ले हराएको छ । हारका वावजुद नेरोका ३१ अंकका साथ शीर्षस्थानमा छ । नेरोकाले १७ खेल खेलिसक्दा दोस्रो स्थानमा रहेको मिनेर्भा (२०) ले १४ तथा […]

February 18, 2018

बार्सिलोनाको जित, मेस्सीको कीर्तिमान

इबार (एजेन्सी)– लियोन मेस्सीका नाममा स्पेनिस फुटबलमा थुप्रै कीर्तिमान छन् । बार्सिलोनालाई सफलता दिलाउने क्रममा उनले हरेक वर्ष केहि न केहि कीर्तिमान बनाएकै छन् । तर, विपक्षी पोष्टमा गरेको आक्रमण सबैभन्दा बढी असफल पनि उनकै नाममा रहेको छ । गोल गर्नेमा उनले पटक पटक कीर्तिमान बनाएका छन् । त्यस्तै मौका गुमाउनेमा पनि उनी अगाडी छन् […]

February 18, 2018

नेपाली क्रिकेट टोली स्वदेश आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– विश्व कप क्रिकेटको छनोटमा स्थान पक्का गर्दै नेपाली क्रिकेट टोली नामिबियाबाट शनिबार साँझ स्वदेश आइपुगेको छ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल उपविजेता बन्दै फर्केको हो । नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदा समर्थकले भव्यस्वागत गरेका थिए । झन्डै ३ सयको हाराहारीमा विमानस्थल पुगेका समर्थकले टोली र कप्तान पारस […]

Success

Thank you for your time.