default_image

popular

February 20, 2018

प्रत्यक्ष प्रसारण: थ्रीस्टार क्लबविरुद्ध संकटा क्लब

हेटौंडा (हाम्रोखेलकुद)- तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा आज रुस्लान थ्रीस्टार क्लबले सिएमजी क्लब संकटाको सामना गर्दै छ ।  पछिल्लो चार गोल्डकपमा फाइनल खेलेको थ्रीस्टारले दुइमा जित र दुइमा हार बेहोरेको थियो भने अगिल्लो वर्ष ३ उपाधि जितेको संकटाले यस वर्ष उक्त प्रदर्शनलाई दोहर्याउन सकेको छैन । प्रत्यक्ष प्रसारण:   

February 20, 2018

आर्मीका कप्तान भरत चोटग्रस्त

हेटौंडा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले चोटका वावजुद सोमबारको खेल पुरै खेले । तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सुदूरपश्चिमविरुद्धको क्वाटरफाइनलमा टाउकोमा चोट लागेको थियो । पहिलो हाफको अन्तिम मिनेटमा बल चेज गर्ने क्रममा विपक्षी खेलाडीसँग ठोक्किदा चोट लागेको थियो ।   दोस्रो हाफमा टाउकोमा पट्टि लगाउँदै मैदानमा उत्रेका भरतले नवयुग […]

February 19, 2018

रियलमा रोनाल्डोको अर्को कीर्तिमान

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासकै उत्कृष्ट खेलाडी मध्ये एक हुन् । उनका नाममा थ्रुपै कीर्तिमान रहेका छन् । गए राती रियल बेटिसलाई रियल म्याड्रिडले ५–३ ले हराउँदा रोनाल्डोले अर्को एउटा कीर्तिमानसँग बराबरी गरेका छन् । ३२ वर्षे पोर्चुगिज स्टारले टोलीका लागि गोल गर्दै रियलका लागि २ सय ६४ खेलमा गोल गरेका छन् । रियलका […]

February 19, 2018

एपिएफलाई प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । शिवम् न्यू डायमण्ड एकेडेमीलाई सोमबार ३–२ को कठिन जित निकाल्दै एपिएफले उपाधि जितेको हो ।   न्यू डायमण्डले पहिलो सेटमा २५–१२ ले आफ्नो पक्षमा पारेको थियो । दोश्रो सेट २५–२१ जित्दै बराबरी गरेको एपिएफले तेस्रो सेट २५–१६ ले […]

February 19, 2018

रुस्लान थ्री स्टारका कप्तान विक्रम ग्राण्डीबाट डिस्चार्ज

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार विक्रम लामा नौं दिनपछि सोमबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन् । माघ २७ गते नेपाल पुलिस क्लबसँग बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल्दा विक्रमको दाहिने खुट्टा भाच्चिएको थियो । सोही दिन ग्राण्डी भर्ना भएका विक्रमको माघ २८ गते विहान अर्थोपेडिक सर्जन तथा ग्राण्डीका मेडिकल डाइरेक्टर चक्रराज […]

February 19, 2018

सरकारले विश्वकप छनोटमा पुग्ने क्रिकेट टोलीलाई पुरस्कृत गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा पु¥याउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जनही ३ लाख पुरस्कार दिने घोषणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार एकदिवसीय विश्वकप छनोटमा पु¥याउन सफल टोलीलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले १४ सदस्यीय खेलाडीलाई जनही ३ लाख दिने घोषणा गरेका हुन् । पुरस्कार […]

February 19, 2018

आर्मी हेटौंडा गोल्डकपको सेमिफाइनलमा

हेटौंडा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छ । वनविज्ञानको खेल मैदानमा सुदूरपश्चिम ११ लाई सोमबार टाइब्रेकरमा ५–३ हराउँदै आर्मी रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको दुई दिनपछि हेटौंडा गोल्डकपको अन्तिम चारमा पुगेको हो । गत शनिबारमात्र सिमरा गोल्डकपको उपाधि जितेर हेटौडा गोल्डकपमा सहभागिता जनाएको आर्मीले […]

February 19, 2018

पोखरा म्याराथनमा विभागिय दबदबा, पुलिसका भूमिराजलाई उपाधि

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका भूमिराज राईले १२ औं सफल पोखरा अन्तर्राष्ट्रिय पोखरा म्याराथनको उपाधि जितेका छन् । प्रतियोगितामा विभागिय खेलाडीको वर्चश्व रहेको थियो । २ घन्टा ३६ मिनेट ४२.२ सेकेन्डमा निर्धारित दुरी (४२.१९५ किलोमिटर) पुरा गर्दै भूमिराजले उपाधि जितेका हनु । उनले उपाधिसहित ७० हजार रुपैयाँ प्राप्त गरे । त्रिभुवन आर्मी क्लबका […]

February 19, 2018

मैत्रीपूर्ण खेलमा एपिएफसँग हङकङ पराजित, सावित्राको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)– हङकङ महिला फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलमा नेपाल एपिएफ क्लब विजयी भएको छ । हङकङमा सोमबार भएको मैत्रीपूर्ण खेलमा एपिएफले घरेलु टोलीलाई ३–१ ले हराएको छ ।   एपिएफको जितमा सावित्रा भण्डारीले २ र अर्को गोल अन्जली तामाङले गरिन् । अन्जलीको गोलबाट अग्रता लिएको एपिएफका लागि राष्ट्रिय महिला टोलीकी फरवार्ड समेत रहेकी सावित्राले […]

default_image

February 19, 2018

हेटौंडा गोल्ड कपमा आर्मी र सुदूरपश्चिम भिड्दै

हेटौंडा (हाम्रो खेलकुद) –  तेस्रो संस्करणको टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा सोमबार सुदूरपश्चिम ११ र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा आजको खेल दिउँसो ३:०० बजे सुरु हुनेछ । आर्मी सफलताको यात्रालाई लागि निरन्तरता दिने प्रयासमा रहँदा सुदूरपश्चिम ११ भने अनअपेक्षित नतिजा निकाल्न तत्पर देखिएको छ । यस सिजन सहभागिता जनाएको ९ प्रतियोगिता मध्ये ५ मा […]

Success

Thank you for your time.