November 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो अोलम्पिक २०२०को महिला फुटबल छनोट प्रतियोगिता अन्तर्गत अाज समूह सी को पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिनको २:१५ बजे सुरु हुनेछ । नेपाल भारतबीच हालसम्म भारतको एकपक्षिय दवदवा रहदै आएको छ । नेपालले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन । पछिल्लो […]
November 8, 2018
म्यानचेस्टर (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा म्यानचेस्टर सिटीले शाख्तर डोनेस्कलाई ६-० ले पराजित। यस खेलमा दोस्रो गोल सिटीले पेनाल्टी मार्फत गरेको थियो। यहि दोस्रो गोल अहिले विश्व फुटबल समर्थकमाझ चर्चाको विषय बनेको छ। खेलको २३ औं मिनेटमा फर्नान्डिनियोले मिडफिल्डबाट रहिम स्टरलिङ्गलाई दिएको पासमा स्टरलिङ्ग बल अघि बढाएर गोल किपरमाथि चिप गर्ने क्रममा आफैँ अल्झिदै […]
November 8, 2018
एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रिएल जेससले ह्याट्रिक प्रहार गरेपछि यूईएफए च्याम्पियन्स लिगमा बुधबार म्यान्चेस्टर सिटीले शाख्तर डोनेस्कलाई ६-० ले पराजित गरेको छ । सिटीको लागि यो च्याम्पियन्स लिगमा सबैभन्दा फराकिलो जित हो । सिटीका लागि कप्तान डेविड सिल्भाले गोलको खाता खोलेका थिए । १३ औं मिनेटमा सिल्भाले रियाद माहरेजको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् […]
November 8, 2018
एजेन्सी – खेलको अन्तिम ५ मिनेटमा दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा इटालियन च्याम्पियन युभेन्ट्सलाई २-१ ले पराजित गरेको छ । युभेन्ट्सको घरेलु मैदानमा जित हात पारेसँगै युनाइटेडको दोस्रो चरणमा छनोट हुने सम्भावना पनि मजबुत भएको छ । क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट गोलमा युभेन्ट्सले खेलको ६५ औं मिनेटमा अग्रता लिएको थियो । लिओनार्डो बोनुचीको […]
November 8, 2018
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत साविक विजेता रियल म्याड्रिडले समूह जी को खेलमा भिक्टोरिया प्लेजनको मैदानमा ५-० को फराकिलो अन्तरले विजयी भएको छ । पाहुना टोलीको सहज जितमा पहिलो हाफमा नै रियलले ४-० को अग्रता बनाएको थियो । म्याड्रिड टोलीले फरवार्ड करीम बेन्जेमाको २० औं मिनेटको गोलमा अग्रता लिएको थियो । उक्त गोल बेन्जेमाको रियल […]
November 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – महिला फुटबलको २०२० ओलम्पिक छनोट प्रतियोगिता अन्तर्गत बिहीबार हुने समूह सी को पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिनको २:१५ बजे सुरु हुनेछ । नेपालसँगै समूह सी मा आयोजक म्यानमार, भारत र बंगलादेश छन् । नेपालले बिहिबार भारतको सामना गरेपछि आइतबार म्यानमार र मंगलबार […]
November 7, 2018
एजेन्सी – क्रिकेटमा एकै ओभरमा कति रन सम्म बन्ला ? जो कहिले पनि भन्ने गर्छ कसैले ६ छक्का हान्न सके ३६ रन बन्छ नि । तर विश्व क्रिकेट जगतको लिष्ट ए खेलमा नयाँ रेकर्ड बनेको छ । न्युजिल्यान्डका ब्याटम्यान जो कार्टर र ब्रेट हेम्पटनले एकै ओभरमा ४३ रन बनाएर नयाँ रेकर्ड कायम गरेका छन् । […]
November 7, 2018
टुरिन (एजेन्सी) – युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलिग्री टोलीका स्टार क्रिस्टियानो रोनाल्डोप्रति निकै आशावादी रहने गर्छन् । च्याम्पियन्स लिगको समूह चरणमा आज म्यानचेस्टर युनाइटेडको सामना गर्दै रोनाल्डोले गोल गर्दैमा एलिग्री विश्वस्त छन् । रियल म्याड्रिडबाट यो सिजन युभेन्ट्स पुगेदेखि उनी उच्च फर्म रहेका छन् । ३३ वर्षे रोनाल्डोले यो सिजन युभेन्ट्स पुगेयता सिरिएमा ११ खेलमा ७ […]
November 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियन फुटबल महासंघ (एएफसी) को आयोजनामा सन् २०२० मा थाइल्याण्डमा हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणको समूह चरणको ड्र सार्वजनिक भएको छ । छनोट प्रतियोगिता कुल ४४ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । यस प्रतियोगिताबाट अन्तिम चरणको आयोजक थाइल्याण्डसहित १६ टोली अन्तिम चरणका लागि […]
November 7, 2018
एजेन्सी – म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बाले युभेन्ट्स स्टार क्रिस्टियानो रोनाल्डोका लागि गोल गर्नु भनेको पानी पिउनुजस्तै सजिलो रहेको बताएका छन् । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा बुधबार युनाइटेड युभेन्ट्सको मैदानमा खेल्दै छ । ३३ वर्षीय रोनाल्डोले यसै सिजन जोडिएको क्लब युभेन्ट्सका लागि १३ खेलमा ७ गोल र ६ असिस्ट प्रदान गरेका छन् […]