November 11, 2018
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले आइतबार हुने म्यानचेस्टर सिटीसँगको डर्बी खेल गुमाउने सम्भावना देखिएको छ । शुक्रबार क्लबको अभ्यास गुमाएपछि पोग्बा डर्बी खेलमा उत्रने सम्भावना कम देखिएको हो । युभेन्ट्सविरुद्ध बुधबार च्याम्पियन्स लिगको खेलमा २५ वर्षे पोग्बा पुरा समय खेलका थिए । जुन खेल युनाइटेडले २–१ ले जितेको थियो । युनाइटेडले भने सामान्य […]
November 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० को महिला फुटबल अन्तर्गत एएफसी छनोट प्रतियोगिताको प्रारम्भिक चरणमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आयोजक म्यानमारको सामना गर्दैछ । नेपाल सम्मिलित समूह ‘सी’ मा भारत र बंगलादेश पनि छन् । नेपालले बिहीबार भएको पहिलो खेलमा भारतविरुद्ध १-१ को बराबरी खेलेको थियो । यो नेपालको भारतविरुद्ध अहिलेसम्म उत्कृष्ट […]
November 11, 2018
एजेन्सी – अर्जेन्टिनी डिफेन्डर जुआन फोइथले एकमात्र गोल गरेपछि इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार क्रिस्टल प्यालेसको मैदानमा टोटेनहम हट्सपर १-० ले विजयी भएको छ । अघिल्लो साता प्रिमियर लिगमा डेब्यु गरेका फोइथले वोल्भ्सविरुद्ध २ पेनाल्टी दिएपछि आलोचनाको शिकार भएका थिए । तर प्यालेसविरुद्ध डिफेन्समा उत्कृष्ट प्रदर्शनसँगै विजयी गोल पनि गरेपछि भने उनलाई प्रशिक्षक माउरिचियो पोचेटिनोले प्रशंसा […]
November 11, 2018
एजेन्सी – दुई पटक पछाडी परेको अवस्थालाई उल्टाउँदै बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस्लिगा अन्तर्गत शनिबार साविक विजेता बायर्न म्युनिखलाई ३-२ ले पराजित गरेको छ । लिगको शीर्ष स्थानमा रहेको डर्टमुन्डसँग अन्तर घटाउने सुरमा पाहुना टोली बायर्नले खेलमा अग्रता लिएको थियो । बोरुसियाका पूर्व खेलाडी रोबर्ट लेवान्डोस्कीले २६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनले क्रसमा […]
November 10, 2018
म्यानचेस्टर (एजेन्सी)– डेभिड सिल्भाले स्पेनिस राष्ट्रिय फुटबल टोलीबाट सन्यास लिने बताएका छन् । पाँच महिनामा जन्मेर जीवनका लागि संघर्ष गरिरहेका छोरालाई समय दिने भन्दै सिल्भाले सन्यास लिने निर्णय गरेका हुन् । सिल्भाले पछिल्लो सिजन अधिकांश समय भ्यालेसिन्याको अस्पतालमा छोरासँग बिताएका थिए । उनले पछिल्लो जुलाईलाई आफ्नो जीवनको सबैभन्दा कठिन समय रहेको बताएका छन् । सिल्भाले […]
November 10, 2018
एजेन्सी – चोटका कारण आक्रमणमा मुख्य खेलाडीबिना खेलिरहेको बार्सिलोनालाई अर्को समस्या परेको छ । अनुशासन उल्लंघन गरेको कारण प्रशिक्षक एर्नेस्टो भालभेर्डेले युवा विंगर ओस्मान डेम्बेलेलाई टोलीमा समेटेका छैनन् । बार्सिलोनाले ला लिगा अन्तर्गत आइतबार हुने खेलमा रियल बेटिसको सामना गर्दैछ । तर कप्तान लिओनेल मेसी पछिल्लो एक महिनादेखि मैदानबाहिर र रहेको र फिलिपे कोउटिन्हो पनि […]
November 10, 2018
एजेन्सी – जोसे मोउरिन्हो र पेप गुआर्डीओला आधुनिक फुटबलका उत्कृष्ट प्रशिक्षकमध्यमा पर्छन् । दुवै प्रशिक्षकले विभिन्न देशका क्लबहरुलाई सफलता दिलाएर आफूलाई प्रमाणित गरिसकेका छन् । दुवै प्रशिक्षकले क्याटलान क्लब बार्सिलोनामा सहायक प्रशिक्षकका रुपमा आफ्नो करिअरको सुरुवात गरेका थिए । यी दुई प्रशिक्षकसँग विश्वका ठूला क्लबको इच्छामा त पर्छन नै, खेलाडीहरु पनि यी प्रशिक्षकहरु सँग खेल्न […]
November 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० को एएफसी महिला फुटबल छनोट अन्तर्गत आइतबार नेपाल र आयोजक राष्ट्र म्यानमार भिड्दैछन् । म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा हुने खेल नेपाली समयानुसार साँझ ५:१५ मा सुरु हुनेछ । समूहको पहिलो खेलअन्तर्गत बिहीबार नेपाल र भारतको खेल १-१ को बराबरीमा टुंगिएको थियो । त्यसै दिन भएको दोस्रो खेलमा म्यानमारले […]
November 10, 2018
एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो वान डे खेलमा पाकिस्तानले सहज जित निकालेको छ । शुक्रबार राती अबु धाबी भएको खेलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले तीन वान डे श्रृंखलमा १ – १ को बराबरी गरेको छ । न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य पाकिस्तानले ४०.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य सहजै पुरा गरेको […]
November 9, 2018
एजेन्सी – जर्मनी राष्ट्रिय टोलीका प्रशिक्षक जोचिम लोउले यूईएफए नेसन लिग अन्तर्गत नेदरल्यान्डविरुद्ध हुने खेलका लागि टोलीको घोषणा गर्दा बोरुसिया डर्टमुन्डका मार्को रिउसलाई टोलीमा समेटेका छन् । जारी सिजन उत्कृष्ट लयमा रहेका रिउसले जर्मनीको खराब फर्मलाई अन्त्य गर्न प्रयास गर्नेछन् । रिउसको उत्कृष्ट प्रदर्शनसँगै डर्टमुन्ड अंक तालिकाको शीर्ष स्थानमा छ । २९ वर्षीय रिउसले हालसम्म […]