default_image

popular

February 2, 2018

बुढासुब्बाको उद्घाटन खेलमा मनाङले संकटाको सामना गर्दै

धरान (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको शनिबार हुने उद्घाटन खेलमा सिएमजी क्लब संकटाको सामना गर्दैछ । मनाङ र संकटा पोखरामा जारी १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता पहिलो खेलमै पराजित भएर धरान पुगेको थियो । संकटालाई नेपाल एपिएफ क्लबले १–० ले हराएको थियो भने आहा […]

tsc v spolice

February 2, 2018

आहा रारा गोल्डकप फाइनल – अनुभवी थ्री स्टारकी युवा पुलिस कसले मार्ला बाजी

दिपेन्द्र पोखरेल पोखरा – सहारा क्लबले आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गर्न थालेको यो १६ औं वर्ष हो । त्यसअघिको क्याराभान गोल्ड कपलाई जोड्ने हो भने १७ वर्षदेखि पोखरामा निरन्तर आयोजना हुने यो एउटा मात्रै गोल्ड कप हो । आहा गोल्ड कपको उपाधिको इतिहास तीन क्लबको वरिपरि घुमेको छ । क्याराभानसहित जोड्दा १६ […]

coaches final

February 2, 2018

‘थ्री स्टार विरुद्ध गर्वका साथ् खेल्ने छौं ‘ – पुलिस प्रशिक्षक थापा

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्ड कपको फाइनल अघि प्रि म्याच कन्फरेन्समा बोल्दै पुलिसका प्रशिक्षक अनन्त थापा थ्री स्टार नेपालको ‘पावरहाउस’ रहेकाले गर्वका साथ् फाइनल खेल्ने बताएका छन् । त्यस्तै थ्री स्टारका प्रशिक्षक मेघराज केसी भने विपक्षीलाई जित्न उनीहरु भन्दा धेरै मेहेनत गर्ने बताए । थ्री स्टारका प्रशिक्षक मेघराज  : पुलिसका प्रशिक्षक अनन्त :

captains bikram Hem

February 2, 2018

विक्रम – ‘राम्रो गर्नेमा विश्वस्त छु’

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्डकपको फाइनल अघि रुस्लान थ्री स्टारका कप्तान विक्रम लामाले फाइनलमा राम्रो गर्नेमा विश्वस्त रहेको बताएका छन् । उनले थ्री स्टारले झन्डै डेढ वर्ष फुटबल नखेल्दा मनाङ लगायत थुप्रै क्लबबाट राम्रो खेल्दै उपाधि जिते पनि आफ्नो क्लबबाट खेल्दा बेग्लै आनन्द लाग्ने बताए । त्यस्तै आफ्नो कप्तानीमा पहिलो पटक फाइनल […]

February 2, 2018

आइ लिगमा किरणको टोली आज खेल्दै, विमलले भोली ‘डेब्यू’ गर्न सक्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसीले इन्डियन लिग (आइलिग) आज साँझ चर्चिल ब्रर्दशको सामना गर्दैछ । चर्चिलको मैदानमा खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।     किरणले डेब्यू गरेयता मिनेर्भा पराजित भएको छैन । शनिबार किरणले डेब्यू गरेको खेलमा मिनेर्भाले निरोकालाई १–० ले हराएको […]

bishnu sunar sudish

February 1, 2018

धरानका व्यवस्थापक रेफ्रीको निर्णय प्रति असन्तुष्ट

पोखरा (हाम्रो खेलकुद) –  पोखरामा जारी १६ औं आहा-रारा गोल्डकपको सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग पराजित हुँदै धरान प्रतियोगिताबाट बाहिरियो । खेलको २३ औं मिनेटमा पेनाल्टीमा पुलिसका सुमन लामाले गरेको गोल धरानको हारको कारण बन्यो । उक्त पेनाल्टीमा रेफ्रीको निर्णय प्रति असन्तुष्ट धरानका कप्तान विष्णु सुनार आक्रोषित हुँदै आफ्ना किपरलाई खेल छाड्न निर्देशन दिएपछि खेल केही बेर […]

February 1, 2018

पुलिस आहा गोल्डकपको फाइनलमा, थ्रीस्टारसँग भिड्ने

दिपेन्द्र पोखरेल पोखरा – धरान फुटबल क्लबलाई १-० ले पराजित गर्दै नेपाल पुलिस क्लब १६ औं आहा-रारा गोल्ड कपको फाइनलमा पुगेको छ । फाइनलमा शनिबार पुलिसले थ्री स्टारको सामना गर्नेछ । पुलिसको जितमा सुमनले २३ औं मिनेटमा एकमात्र गोल पेनाल्टी मार्फत गरे । धरानका रोमन लिम्बुले रवि पासवानलाई लडाएपछि पाएको पेनाल्टी सुमनले गोलमा परिणत गरेका हुन् । रेफ्री […]

Police celebrate

February 1, 2018

सुमनको गोलमा पुलिसलाई अग्रता (भिडियो)

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा रारा गोल्ड कपको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले सुमन लामाको गोलमा धरान फुटबल क्लबविरुद्ध अग्रता लिएको छ । सुमनले २३ औं मिनेटमा पेनाल्टीलाई परिणत गर्दै गोल गरेका हुन् ।  हेर्नुहोस गोलको भिडियो : तस्बिर / भिडियो : विवेक सुवेदी / हाम्रो खेलकुद  

Police

February 1, 2018

आहा गोल्डकपको दोस्रो सेमिफाइनलमा धरान र पुलिस भिड्दै

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले धरान फुटबल क्लबको सामना गर्दैछ । पहिलो सेमिफाइनलमा बंगलादेशको उत्तर बरिधारा क्लबलाई हराउँदै थ्री स्टार प्रतियोगिताको फाइनलमा पुगेको छ । पहिलो खेलमा सिक्किम युनाइटेडलाई पराजित गरेको धरानले क्वाटरफाइनलमा उपाधि दाबेदार आर्मीलाई टाइब्रेकरमा पाखा लगाएको थियो ।पहिलो खेलमा पुलिसले रमपम झापा-११ लाई पराजित गरेको थियो भने […]

January 31, 2018

मैत्रीपूर्ण भलिबलमा नेपालसँग मकाउ पनि पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली भलिबल टोलीले मैत्रीपूर्ण खेलमा शतप्रतिशत सफल नतिजा निकालेको छ । तीन वटा मैत्रीपूर्ण खेल मध्ये बुधबार मकाउसँगको जित सबैभन्दा सहज रह्यो । नेपालले मकाउलाई २५-१३,२५-१७ र २५-१७ को सोझो सेटमा हराएको छ । मकाउ पुग्नुअघि नेपालले हङकङसँग दुई मैत्रीपूर्ण खेल जितेको थियो । पहिलो खेलमा ३–२ ले जितेको नेपालले हङकङलाई अर्को […]

Success

Thank you for your time.