October 24, 2016
दिपेश तिमल्सिना (हाम्रो खेलकुद) काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा नरेन्द्र श्रेष्ठ र एक उपाध्यक्षमा मणी कुँवर निर्वाचित भएका छन् । दुई दशक भन्दा लामो समय गणेश थापाको पतनपछिको पहिलो निर्वाचनमा एकै प्यानलबाट लडेका श्रेष्ठ र कुँवर विजयी भएका हुन् । कार्यवहाक अध्यक्ष समेत रहेका श्रेष्ठलाई संस्थापन पक्षका रुपमा हेरिएको थियो भने […]
October 24, 2016
ला लिगामा एथ्लेटिको बिल्बावोसँगको संघर्षपुर्ण जितपछी रियल मड्रीड अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । रियल म्याड्रीडको घरेलु मैदान सेन्टिएगो बर्नबाउमा भएको खेलमा मड्रीडले एथ्लेटिको बिल्बावोलाई २-१ ले हराएको छ । करिम बेन्जेमाले खेलको सातौ मिनेटमा इसकोलो पासलाई सदुपयोग गर्दै मड्रीड्लाई घरेलु समर्थकहरुको माझ अग्रता दिलाएका थिए । पहिलो हाल्फको २८ मिनेटमा मड्रीडको डिफेन्सबाट भुल भएपछी त्यसलाई […]
October 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले तासी घलेलाई आफ्नो मानार्थ अध्यक्ष मनोनित गरेको छ । एन्फा अध्यक्ष र एक उपाध्यक्षको चयनका लागि लागि सोमबार हुने निर्वाचनअघि आइतबार बसेको केन्द्रिय कार्यसमितिको बैठकले घलेलाई सर्वसम्मत मानार्थ अध्यक्ष मनोनित गरेको थियो । कार्यसमितिको निर्णयलाई सोमबार बस्ने साधारण सभाले पास गरेपछि घले मानार्थ अध्यक्ष बन्नेछन् । […]
October 23, 2016
भरतपुर (हाम्रो खेलकुद)– मोरङ फुटबल क्लब टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । चितवनमा जारी प्रतियोगितामा आइतबार पोखराको सहारा क्लब पोखरालाई २–१ ले हराउँदै मोरङले अन्तिम चारमा पुगेको हो । नारायणगढस्थित क्याम्पाचौरमा मोरङका लागि खेलको २१ औं मिनेटमा दीपक राईले गोल गरे । सहाराका विदेशी खेलाडी सेगुनले ३६ औंमा […]
October 23, 2016
दीपेश तिमल्सिना (हाम्रो खेलकुद) अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले भन्ने गर्थे मैले छोडेको पछि एन्फाको चुनाव सहज हुन्न, दुई तीन प्यानल हुन्छ । यो उनले यसै भनेका होइनन् । एन्फा भित्रको गुट उपगुट राजनीति राम्रो सँग बुझेका उनको यो अनुमान गलत थिएन । तर, पछिल्लो २० बर्ष उनका लागि त्यही […]
October 23, 2016
हाम्रो खेलकुद – सोमबार हुने एन्फाको अध्यक्ष र उपाध्यक्ष पदको निर्वाचन पर्यवेक्षण गर्न फिफा र एएफसीक प्रतिनिधि नेपालमा आइपुगेका छन्। आज दिउसो एन्फाको सातदोबाटो स्थित केन्द्रीय कार्यालयमा एएफसी र फिफाको प्रतिनिधि र एन्फा निर्वाचन समितिबीच भेटघाट पनि भएको थियो। अध्यक्ष पदमा नरेन्द्र श्रेष्ठ र कर्म छिरिङ शेर्पा उठ्दैछन भने उपाध्यक्ष पदमा उपेन्द्र मन सिंह, मणि […]
October 23, 2016
हाम्रो खेलकुद – सोलिडारिटी कपको लागि प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली आज घोषणा हुने भएको छ। आगामी कार्तिक १७ गतेबाट मलेसियामा सुरुहुने सोलिडारिटी कपको लागि अन्तिम २३ खेलाडीको नामावली आज घोषणा हुदैछ। ३० खेलाडी सम्मिलित प्रारम्भिक टोलीबाट अन्तिम २३को छनोट हुनेछ। चोटका कारण विकास तामाङ र प्रकाश बुढाथोकी यसअघीनै प्रशिक्षणबाट घर फर्किसकेका छन्।
October 23, 2016
स्पेन (एजेन्सी) रियल मड्रीडले ज्ञारेथ बेललाई नयाँ सम्झौता प्रस्ताव गर्दा उनलाई संसारको सबै भन्दा धेरै कमाउने खेलाडी बनाउने योजना अघी सारेको छ । बेलायती सन्चार द सनका अनुसार मड्रीडले २७ बर्षिय बेललाई थप ५ बर्ष अनुबन्ध गर्ने योजना बनाउदै छ । सन २०१९ मा सकिने सम्झौतामा थप ५ बर्ष थप्दै बेललाई बर्नबाउमा आफ्नो भविष्य समर्पित […]
October 23, 2016
लन्डन (एजेन्सी)– वेस्ट ब्रुमवीचले अन्तिम समय तिर गोल फर्काएपनि प्रिमियर लिगमा शनिबार लिभरपुलको जितलाई रोक्न सकेन । साडियो माने र फिलिप्पे कान्टिन्होले पहिलो हाफमै गरेको गोलमा योर्गान क्लोपको लिभरपुल २–१ को जित हासिल गर्दै लिगको दोस्रो स्थानमा उक्लेको थियो । त्यसअघि आर्सनल र टोटेनह्याम अल अलग खेलमा गोल रहित बराबरीमा रोकिएका थिए । ९ खेलपछि […]
October 22, 2016
भ्यानेल्सिया बिरुद्धको २-३ को जितमा स्पेनिस मिड्फिल्डर एन्ड्री यस इनियस्टा घाइते भएका छन । पहिलो हाल्फमा एन्जो पेरेजले गरेको ट्याकलले लडेपछी इनियस्टाले दाइने घुडामा चोट बोक्नु पर्यो । आफ्नो चोटको अवस्था अनुमान लगाउदै उनले बेन्च तिर इसारा गरेका थिए । क्लबको चिकित्सा कर्मचारीले केहिबेर उनलाई मैदानमा जाचेपछी चोटयुक्त इनियस्टाको ठाउ मैदानमा राकिटिकले सम्हालेका थिए । खेल […]