February 8, 2016
माघ २५ गते काठमाडौं । आज साग खेलकुदको तेस्रो दिनमा नेपालले पहोलो स्वर्ण पदक जित्न सफल भएको छ, नेपाललाई पहिलो स्वर्ण पदक जिताउने खेलाडी निमा घर्ती मगर हुन । १६ बर्षे निमा यसैपली एस.एल.सिको जाच दिने तर्खरमा छिन । तस्बिर सौजन्य: प्रताप थापा शिलोङमा भएको प्रतिस्पर्धामा निमाले वुशु तर्फ भारत र पकिस्तानलाई पछी पार्दै पहिलो […]
February 5, 2016
आजबाट सुरु भएको दक्षिण एसियाली खेलकुद साग मा नेपाली महिला टोलिले बाङ्लादेशलाई हराउदै विजयी सुरुवात गरेको छ । पदक आशा गरिएको नेपाली महिला फुटबल टोलीले बाङ्लादेशलाई ३-० ले हराउदै जित दर्ता गरेको हो । नेपालकोलागी दिपा अधिकारीले दोस्रो मिनेटमा , अनु लामाले १७औ र निरु थापाले खेलको अन्तिम मिनेट तिर गोल गर्दै ३-० को सहज जित दिलाएका […]
February 5, 2016
कत्पान राजु रिजालको ७२ रनको मद्धतले नेपालले जारी यु १९ बिश्व कपको क्वाटर फाइनलमा बाङ्लादेश समक्ष २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले कुल ५० ओभर खेलेर ९ विकेट गुमाउदै २११ रन बनायो । कप्तान राजु रिजालले १ छक्का र ८ चौकाको मद्धतले ८० बलको सामना गर्दै ७२ रनको योगदान दिए ।
February 4, 2016
बंगबंधु गोल्ड कपमा विजय हासिल गरेको नेपालले फेब्रुअरीको फिफा वरियतामा ८ स्थान उक्लेको छ| १९६ स्थानमा रहेको नेपाल १८८ स्थानमा पुगेको छ| श्रीलंका १८९ र भुटान १९३ स्थानमा रहेका नेपाल मुनिका दक्षिण एसियाली राष्ट्र हुन्| बंगलादेश १७७, भारत १६२,माल्दिभ्स १५७ र अफगानिस्तान १५४ स्थानमा छन्|
February 2, 2016
जारी यु १९ बिश्व कप क्रीकेटमा नेपालले क्वाटर फाइनलमा बाङ्लादेशको सामना गर्ने भएको छ। समुह ‘डी’ को उप-बिजेता बन्दै क्वाटारफाइनल प्रवेश गरेको नेपालले समुह ‘ए’ को बिजेता बाङ्लादेशसँग फेब्रुअरी ५को दिन भिड्ने छ । यसअघि नेपालले पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रन र आयरल्यान्डलाई ८ विकेटले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको थियो । बाङ्लादेशले भने नामेबिया बिरुद्ध […]
February 2, 2016
लण्डनमा बस्दै आएका इनाम खरेल ईंग्लिश क्लब एरिथ एन्ड बेल्वेडेरसँग यस सिजनको अन्त्य सम्मकोलागी अनुबंधित भएका छन। इनामको अनुसार उनले अब लण्डनको उक्त क्लबसँग ‘साउदन कोउन्टिज इस्ट फूटबल लिग’ खेल्ने छन , जुन ईंग्लिश लिगको ९औ टियरमा पर्दछ । १९ बर्षिय ६ फिटका गोल रक्षक इनामले यसअघी चारल्टोन अथेलेटिकको कम्युनिटी ट्रस्टबाट प्रशिक्षण लिएका थिए । इनामले आफु नेपाल आएर नेपालको यु-२३ टोली […]
January 31, 2016
नेपाली राष्ट्रिय टोलीको पुर्वकप्तान एवं डिफेन्डर सागर थापाले तारेखमा छुटेपछि पहिलो अन्तर्वार्ता दिए| हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा बोल्दै उनले म्याच फिक्सिङ्गको आरोपबारे खुलेर बोलेका छन्| कार्यक्रमको पूर्ण भिडियो यहाँ हेर्नुहोस:
January 30, 2016
मलेसियामा रोहित चन्दले खेल्ने क्लब टि टिम एफ.सी. मलेसियन लिगको माथिल्लो डिभिजनमा उक्लेको छ| आज भएको प्ले-अफमा ए.टि.एम लाई २-१ गोलअन्तरले हराउँदै चन्दको टोलि सुपर लिगमा पुगेको हो| रोहितले खेलको ९० मिनेटनै खेलेका थिए| टि टिमले खेलको पहिलो हाफमा २-०को अग्रता लिएपनि ४९औं मिनेटमा एक गोल खाएको थियो|
January 30, 2016
आर्मीलाई १-० को अन्तरले पछि पार्दै लक्ष्मी हुन्डाइ मनाङ्ग मर्श्याङ्गदि क्लब १४औं आहा! रारा कप २०७२को उपाधी जित्न सफल भएको छ । पहिलो हाल्फमा मनाङ मर्श्याङ्गदिले पहिले आक्रमण गर्दै खेलमा लय पकडियो । आफिजले गरेको १०औ मिनेटको प्रहार सिधै आर्मीको गोल रक्षक सुशिल श्रीवास्तबले बचाए । त्यस्तै ३२ मिनेटमा टंक बस्नेतको क्रसमा रिजिबको प्रहार बाहिरिदा आर्मीले खेलमा अग्रता लिने मौका […]
January 30, 2016
जारी यू १९ बिश्व कप क्रीकेटमा आएरल्याण्डले नेपाललाई १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको आएरल्याण्डले सम्पूर्ण ५० ओभर खेल्दै ९ विकेट खर्चेर१३१ रन बनायो । ह्याट्रीक गरेका सन्दिप लामिछानेले कुल ५ विकेट लिए । लामिछानेले खेलको ३२ औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा लगातार विकेट लिएर ह्याट्रिक पुरा गरेका हुन् । लोर्केन टाकरलाई […]