default_image

popular

December 2, 2025

चितवनले ब्याटिङ गर्ने, जनकपुरका ललित ड्रप

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा चितवन राइनोजको सामना पुछारमा रहेको जनकपुर बोल्ट्सले गर्देछ। टियु क्रिकेट स्टेडियममा टस जितेर चितवनका कुशल मल्लले पहिले ब्याटिङ रोजे। चितवन र जनकपुरले दुबै टोलीले दुई परिवर्तन गरेका छन्। जनकपुरले कप्तानमा वायन पार्नेललाई नै निरन्तरता दिंदा ललित नारायण राजवंशी र किशोर […]

December 1, 2025

शिथिल फुटबल, जागेको क्रिकेट र उठ्दै गरेको भलिबल

रमेश पराजुली काठमाडौं – नेपाली खेलकुदको परिदृश्य आज एउटा विचित्र विरोधाभासबिच बाँधिएको छ । एकातर्फ ठूला आर्थिक स्रोत र सम्भावनाले भरिपूर भएपनि संरचनात्मक कमजोरी, व्यवस्थित व्यवस्थापनको अभाव र दीर्घकालीन दृष्टिकोण नहुँदा लगातार पतनको मार्गमा अगाडि बढिरहेको फुटबल छ । अनि अर्कोतिर सीमित साधनका बाबजुद व्यवस्थित योजना, पारदर्शिता र उत्साही प्रशंसकको कारण अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान […]

December 1, 2025

राष्ट्रिय लिगपछि ‘ए’ डिभिजन लिग हुने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघिको निर्णय भन्दा पछि मात्र राष्ट्रिय लिग आयोजना हुने भएको छ। एन्फा कार्यसमितिको आज बसेको आपतकालीन बैठकले राष्ट्रिय लिग पुस २५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ। यसअघि पुस ९ गते गर्ने निर्णय भएको थियो। राष्ट्रिय लिग सकिएको एक महिनापछि ९ सय ४ दिनदेखि हुन नसकेको […]

December 1, 2025

नेपाल फाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एसिसी पुरुष यू-१९ प्रिमियर कपको फाइनलमा नेपाल युएईसँग २७ रनले पराजित भएको छ। अपराजित रहँदै फाइनलमा पुगेको नेपालको लागि दयानन्दले प्रभावशाली बलिङ गरेपनि ब्याटिङमा नेपाल चुक्यो। यो प्रतियोगिताबाट फाइनलमा पुगेका नेपाल र युएईसँगै तेस्रो भएको मलेसियाले एसिसी यु-१९ एसिया कपमा स्थान बनाएको छ। जितको लागि १ सय ४८ रनको चुनौती पछ्याएको नेपाल […]

December 1, 2025

नेपाललाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- एसिसी पुरुष यू-१९ प्रिमियर कपको फाइनलमा युएईले नेपाललाई जितको लागि १ सय ४८ रनको चुनौती दिएको छ। अजमानको कारवान ग्राउन्डमा भएको खेलमा नेपालले टस जितेर बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरको खेलमा ४५.५ मा अल आउट हुँदै १ सय ४७ रन बनायो। दयानन्द मण्डलले पहिलो ४ विकेट लिंदै युएई […]

December 1, 2025

आर्सनल र चेल्सीको बराबरी, लिभरपुलको जित

एजेन्सी – १० खेलाडीमा सीमित भएको चेल्सीले शीर्ष स्थानको आर्सनललाई रोक्दै प्रिमियर लिगको रोमाञ्चक लन्डन डर्बी १-१ को बराबरीमा टुंग्यायो। स्ट्याम्फोर्ड ब्रिजमा भएको खेल निकै उतार चढावपूर्ण रह्यो। आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग अन्तर ७ अंक पुर्‍याउने लक्ष्य राखेको थियो । तर बराबरीपछि डिसेम्बरको सुरुवात ५ अंकको अग्रताबाट हुनेछ ‌। खेलको ३८औँ मिनेटमा चेल्सीका मोइसेस […]

November 30, 2025

भारतको रोमान्चक जित

एजेन्सी – घरेलु टोली भारतले दक्षिण अफ्रिकामाथि १७ रनको रोमाञ्चक जित हासिल गर्दै ३ खेलको ओडिआई सिरिजमा १-० को अग्रता लिएको छ। राँचीमा आइतवार भारतको जितमा विराट कोहलीको शानदार शतक, रोहित शर्मासँगको ठूली साझेदारी, हरसित रानाको नयाँ बलमा दिएको दोस्रो ओभरकै दोहोरो प्रहार र कुलदीप यादवको किफायती तथा प्रभावशाली बलिङ निर्णायक बने। पहिले ब्याटिङ गर्ने […]

November 30, 2025

युनाइटेडले क्रिस्टल प्यालेसलाई‌ हरायो

एजेन्सी – क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले हराउँदै म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको शीर्ष छ स्थानमा फर्किएको छ। उत्कृष्ट कमब्याक गर्दै युनाइटेडले सन् २०२० पछि पहिलोपटक सेलहर्स्ट पार्कमा जित निकालेको हो।खेलको सुरुवातमा प्यालेसले उत्कृष्ट प्रदर्शन गर्‍यो। खेलको ३६ औं मिनेटमा क्रिस्टल प्यालेसले अग्रता बनायो। फिलिप माटेटाले दुईपटक पेनाल्टी प्रहार गर्नुगर्यो। दोस्रो पटक प्रहार गरेको पेनाल्टी […]

November 30, 2025

उपाध्यक्ष शाहीको एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष विराटजंग शाहीले आगामी निर्वाचनमा एन्फा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाली फुटबलका विद्यमान बेथिति र विसंगतीबाट मुक्त नगर्ने हो भने नेपालमा फुटबल इतिहासको पानामा सीमित हुने उल्लेख गर्दै सुशासन स्थापना गर्दै नेपाली फुटबलको ओरालो लागेको यात्रालाई रोक्न र यसको गुमेको गरिमा फर्काउन इमान्दार र […]

November 30, 2025

काठमाडौंको प्ले अफ संभावना मजबुत

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। कर्णाली याक्सलाई आज ५ विकेटले हराउँदै काठमाडौं प्ले अफको संभावनालाई मजबुत बनाएको छ। यो जितमा काठमाडौं रन रेटको आधारमा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चौथो हारमा कर्णालीको प्ले अफ यात्रा निकै कठिन बनेको छ। जितको लागि […]

Success

Thank you for your time.