default_image

ब्याडमिन्टन

November 25, 2022

रशिला र अनु फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन तथा विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन र अनुमाया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकलतर्फ उपाधिनजिक पुग्ने क्रममा रशिलाले एपिएफकी शोभा गौचनलाई २१–१२ र २१–९ ले पराजित […]

November 24, 2022

रशिला र अनु क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – नेपाली सेनाकी रशिला महर्जन र अनुमाया राई प्र्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकलतर्फ नवौं राष्ट्रिय खेलकुदककी च्याम्पियन रशिलाले सुर्खेतकी अग्रिमा भण्डारीलाई २१–९ र २१–१० ले तथा अनुले पाँचथरकी रिना तामा–लाई […]

November 23, 2022

आर्मीका पविन दोश्रो चरणमा

ललितपुर (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका पविन लिनथेप प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा बुधबारबाट भएको प्रतियोगिताको पुरुष एकलतर्फ हुम्लाका दशरथ बुढालाई २१–१२ र २१–९ को सोझो सेटमा पराजित गर्दै पविन दोस्रो चरणमा प्रवेश गरेका […]

November 11, 2022

ललितपुर मेयर कप ब्याडमिन्टन मंसिरमा

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा प्रथम ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंसिरमा आयोजना हुने भएको छ । ७ देखि १० मंसिरसम्म आयोजना हुने प्रतियोगितामा पुरुष र महिला एकल (खुल्ला), पुरुष युगल (उच्च २० बरियता बाहेक), यु–१७ छात्र र छात्रा एकल तथा […]

November 2, 2022

ब्याडमिन्टनकर्मी मानन्धरको निधन

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ब्याडमिन्टन विकासमा योगदान पुर्याएका त्रिरत्न मानन्धरको निधन भएको छ । ९४ वर्षे मानन्धरको बुधबार बिहान साढे चार बजे मनमोहन कार्डियोथोासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगंज निधन भएको काठमाडौं ब्याडमिन्टन एकेडेमीका सचिव दीपक थापाले जानकारी दिए । स्वासप्रश्वास र मुटु सम्बन्धि समस्याका कारण उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । मानन्धर अफिसियल […]

October 21, 2022

रहिता यल कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– रहिता शाक्यले १२ औं यल कप व्याडमिन्टन प्रतियोगिता महिला एकलको च्याम्पियन बनेकी छिन् । शुक्रबार भएको फाइनलमा दौबहालकी रहिताले तिसारानी शाक्यलाई हराउँदै स्वर्ण पदक जितेकी थिइन् । रनिता २१–१४, १३–२१, २१–१६ ले विजयी भएकी थिइन् । दौबहाल टोल सुधार समिति टौबहाल स्पोर्टस् क्लबको आयोजनामा असोज ३० गते सुरु भएको प्रतियोगिता शनिबार पुरुष […]

October 19, 2022

प्रिन्स र रशिलालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तरगत ब्याडमिन्टनको एकलतर्फ पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन राष्ट्रिय च्याम्पियन बन्दै स्वर्ण जित्न सफल भएका छन् । पोखराको रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा बुधबार भएको पुरुष एकलमा प्रिन्सले पुलिसकै बिष्णु कटुवाललाई २१–११ र २१–४ ले पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन बनेका हुन् । यसअघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा […]

October 15, 2022

ब्याडमिन्टन टिम इभेन्टको सेमिफाइनल समिकरण पूरा

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनको टिम इभेन्टको सेमिफाइनल समिरण पूरा भएको छ । पोखरा रंगशालाको ब्याडमिन्टन कोर्टमा हुने सेमिफाइन र फाइनल खेल्ने टोलीको टुंगो शनिबार लागिसकेको छ । महिला टिम इभेन्टको सेमिफाइनलको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश खेल्नेछन् । दोस्रो सेमिफाइनलमा प्रदेश १ र सशस्त्र प्रहरी बलको […]

October 1, 2022

भारतमा रोज र सानियालाई रजतपदक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुहावटीमा जारी ब्याडमिन्टन एसिया दक्षिण एसियाली जुनियर रिजनल च्याम्पियनसिपअन्तरगत यू१७ गल्स डबल्समा नेपाली खेलाडी रोज पाण्डे र सानिया चन्दको जोडीले रजत पदक जितेका छन् । शुक्रबार भएको फाइनलमा रोज र सानियाको जोडी भारतीय जोडी ऐसानी तिवारी र रामु रुजुला सँग ४–२१ र ९–२१ ले पराजित हुँदै रजतमा सीमित बनेका हुन् […]

September 28, 2022

जुनियर ब्याडमिन्टनमा नेपाललाई दुई कास्य

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुहावटीमा भएको ब्याडमिन्टन एसिया साउथ एसियन जुनियर रिजनल च्याम्पियनसिपमा नेपालले दुई कास्यपदक जितेको छ । नेपालले यू–१५ र यु–१७ मिक्स टिम इभेन्ट्समा कास्य जित्न सफल भएको हो । भारत र श्रीलंकासँग पराजित हुँदा नेपालले माल्दिभ्स र भुटानलाई समान ५–० को सेटमा हराउँदै कास्य जित्न सफल भएको हो । यू–१५ मा […]

Success

Thank you for your time.