default_image

Lawn Tennis

June 12, 2023

मनोज र विदुरलाई डबल्स स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मनोज राणा र विदुर विष्टको जोडीले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा सोमबार स्वर्ण जितेका छन् । राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मनोज र विदुरको जोडीले अशोक कुमार र रामबहादुर तामाङको जोडीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । पुरुष सिंगल्समा निहालजंग बहादुर […]

June 12, 2023

जोकोभिचले जिते कीर्तिमानी २३औं ग्राण्डस्लाम उपाधि

एजेन्सी – सर्वियन टेनिस स्टार नोभाक जोकोभिचले कीर्तिमानी २३औं ग्राण्डस्लाम उपाधि जितेका छन् । आइतबार राति फ्रेन्च ओपनको उपाधि जित्दै जोकोभिचले कीर्तिमानी २३औं ग्रान्डस्लाम उपाधि जित्न सफल भएका हुन् । जोकोभिचले नर्वेका क्यास्पर रुडलाई ३–० को सोझो सेटमा हराएर तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्दै कीर्तिमान बनाएका हुन् । जोकोभिचले रुडमाथि ७–६ (७–१), ६–३ र […]

June 11, 2023

जिवस र जीवाश्रीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – जिवस भट्टराई र जीवाश्री भट्टराईले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यु–८ सिंगल्समा आइतबार स्वर्ण जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा जिवसले भिरल अग्रवाललाई १०–९, १–१० र १०–८ ले पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा जीवाश्रीले निम्ति कुँवरलाई १०–८, ८–१० र १०–८ ले हराइन् । राइजिङ स्टार टेनिस एकेडेमीद्वारा […]

June 11, 2023

एसियाडका लागि ४ टेनिस खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि लन टेनिसको अन्तिम छनोट आइतबार सम्पन्न भएको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा नेपाल टेनिस संघले आयोजना गरेको प्रतियोगिताबाट पुरुष र महिलामा समान २–२ गरी ४ खेलाडी छनोट भएका छन् । पुरुषमा अभिषेक बाँस्तोला र प्रदीप खड्का तथा महिलामा अभिलाषा विष्ट र माहिका राणा क्रमशः […]

June 10, 2023

आर्यन र अभिनवको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशीको राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता सुरु भएको छ । राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता सुरु भएको हो । पहिलो दिन पुरुष एकलमा आर्यन गिरिले बिष्णु नेपालीलाई ६–० र ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे । अभिनव आचार्यले अर्याश गुरुङलाई ६–० […]

June 6, 2023

राइजिङ स्टार टेनिस प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशीको राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा जेठ २७ गतेदेखि असार २ गतेसम्म ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता आयोजनाहुने भएको हो । जुनियर्स र सिनियर्स दुवै विधा समावेश गरिएको प्रतियोगितालाई नेपाल टेनिस एसोसियसनले प्राविधिक सहयोग गरेको छ ।प्रतियोगितामा पुरुष […]

May 12, 2023

टेनिस टोली बंगालदेश जाने

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१२ टिम कम्पिटिसन (दक्षिण एसियाली छनोट) मा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आइतबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ । मे १४ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा अशभसम्राट हाडा, युभेनमान श्रेष्ठ र स्पन्डन उदासले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सूर्यभुषण वज्राचार्य छन् । टोलीलाई […]

May 1, 2023

अभिषेक र अभिलाषालाई सिटिजन्स बैंक टेनिस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – अभिषेक बाँस्तोला र अभिलाषा विष्टले नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्सको पुरुषमा अभिषेक र महिलामा अभिलाषा च्याम्पियन बनेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा सोमबार भएको पुरुष फाइनलमा अभिषेकले ऋतिक राणालाई ६–० र ६–१ को सोझो सेटमा सहजै पराजित […]

April 30, 2023

माहिका र अभिलाषा फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – माहिका राणा नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगित।को महिला सिंगल्समा आइतबार फाइनलमा प्रवेश गरेकी छन् । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो सेमिफाइनलमा माहिकाले सुनिरा थापालाई ६–० र ७–६ (५) ले पराजित गरिन् । फाइनलमा माहिकाको भेट राष्ट्रिय च्याम्पियन अभिलाषा विष्टसंग हुनेछ । पहिलो सेमिफाइनलमा अभिलाषाले […]

April 27, 2023

माहिका, अभिलाषा, आइशा र सुनिरा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – माहिका राणा नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगित।को महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेकी छन् । महिकासंगै राष्ट्रिय च्याम्पियन अभिलाषा विष्ट, आइशा डोल्कर गुरुङ र सुनिरा थापा पनि सेमिफाइनलमा पुग्न सफल भएका छन् । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा माहिकाले प्रकृति श्रेष्ठलाई ६–१ र ६–३ को […]

Success

Thank you for your time.