default_image

Racquet

April 30, 2022

प्रदीप र सलोनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र सलोनी तामाङले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्सतर्फको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको पुरुष फाइनलमा प्रदीपले प्रणव खनाललाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिला फाइनलमा सलोनीले अभिलाषा विष्टलाई ६–०, […]

April 29, 2022

प्रदीप र सलोनीको जोडी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) –प्रदीप खड्का र सलोनी तामाङको जोडी आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा शुक्रबार च्याम्पियन बनेका छन् । प्रदीप र सलोनीको जोडीले प्रणव खनाल र अभिलाषा विष्टको जोडीलाई ७–६ र ६–३ को सोझो सेटमा पराजित गरे । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाहीले रोहित सुनुवारलाई ६–३ र ६–४ को सीधा […]

April 28, 2022

प्रणव र अभिलाषाको जोडी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रणव खनाल र अभिलाषा विष्टको जोडी आठौं सिटिजन्स बैक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । प्रणव र अभिलाषाको जोडीले प्रणव मानन्धर र सर्वानी श्रेष्ठको जोडीलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे । सो स्पर्धामा प्रदीप खड्का र सलोनी तामाङको जोडीले निसान श्रेष्ठ र प्रकृति […]

April 26, 2022

प्रदीप र प्रणव क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र प्रणव खनाल आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रदीपले आशिष खड्कालाई ७–६ र ६–२ तथा प्रणवले सक्षमविक्रम शाहलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे । त्यसै स्पर्धामा अकी जुवेन रावतले विष्णु नेपालीलाई ६–३ र ६–३, सौगात विकले निजेज […]

April 25, 2022

आशिष र अकीको विजयी सुरुआत

काठमाडौंं (हाम्रो खेलकुद) – आशिष खड्का र अकी जुवेन रावतले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा आशिषले प्रितम परियारलाई ७–५ र ६–१ तथा अकीले कुमार तामाङलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा विष्णु नेपालले श्रीयोग अधिकारीलाई ६–३ […]

April 24, 2022

सिटिजन्स बैंक टेनिसमा राजुको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – राजु श्रेष्ठले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा राजुले अपूर्व थापालाई ६–२ र ७–५ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको अन्य खेलमा हरिबहादुर बस्नेत, आज्ञबहादुर भण्डारी, शिवप्रसाद सेढाईं, शरण गुरुङ, अशोक सिंह, गोपी […]

April 24, 2022

मिलन स्मृति जुनियर टेबल टेनिस अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । स्पिन इभेन्ट्स प्रा.लि.ले पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी स्वर्गिय मिलन श्रेष्ठको सम्झनामा जेठ ७ देखि ९ गते सम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष समुन शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । अखिल नेपाल टेबल टेनिस संघको […]

April 23, 2022

सिटिजन्स बैंक टेनिसको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा १ सय ३७ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष समेत रहेका नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले जनाएका छन् । विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिताको सबै […]

April 23, 2022

ब्याडमिन्टन च्याम्पियन रशिलाद्वारा आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनकी राष्ट्रिय च्याम्पियन रशिला महर्जनले आर्थिक सहयोग गरेकी छिन् । महर्जनले अर्का ब्याडमिन्टन जुनियर खेलाडी विवेक चौधरीको उपचारका लागि आर्थिक सहयोग गरेकी हुन् । उनले बुटवलमा जारी दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ मा उपाधी हात पारे बापत प्राप्त रकमको आधा रकम चौधरीको उपचारका लागि प्रदान गर्ने निर्णय गरेको रशिलाका पिता राजेश […]

April 20, 2022

दक्षिण एसियाली च्याम्पियनसिपका लागि टेवलटेनिस खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकद) – दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपका लागि अखिल नेपाल टेबलटेनिस संघले खेलाडी छनोट गरेको छ । क्याडेट र जुनियरमा गरी जम्मा १० खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष ध्रर्ममान वज्रचार्यले जनाएका छन् । क्याडेटको ब्वाइजमा प्रिन्स थापा र उज्ज्वल मानन्धर तथा गल्र्समा इभाना थापा र वियंका राई रहेका छन् […]

Success

Thank you for your time.