September 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीका संयोग कपाली र विनेश खनियाँ केकेएम/एनआरटी खुला टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा संयोगलेले केकेएम/एनआरटीका हिमाल विष्टलाई १३–११, ११–९, १६–१४ र ११–७ तथा विनेशले नेपाल आर्मीका कृष्ण थापा मगरलाई ११–५, ११–५, ८–११, १४–१२ र ११–१ को सेटमा पराजित गरे […]
September 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुहावटीमा आयोजना हुने ब्याडमिन्टन एशिया दक्षिण एशियन जुनियर रिजनल च्याम्पियनसिप २०२२ मा सहभागी हुन जाने नेपाली ब्याडमिन्टन टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला ज्वालाले शुभकामना सहित बिदाई गरेका छन् । सेप्टेम्बर २६ देखि ३० सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको नेतामा नेपाल ब्याडमिन्टन संघका सदस्य छबी लाल […]
September 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) का हिमाल विष्ट र एपीएफकी वियन्का राईले केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । यु–१९ जुनियर सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा वियन्का पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा हिमालले कान्तिपुर भ्याली पिङपोङ क्लबका विशाल गोलेलाई […]
September 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गोड स्पिनका राजेन्द्र कपाली र ललितपुरका आनन्द धाक्वा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बुधबार पहिलो भएका छन् । पुरुष भेट्रान सिंगल्सको ५० वर्षमाथि राजेन्द्र र ६० वर्षमाथि आनन्द पहिलो भएका हुन् । काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) द्वारा संयुक्त आयोजित प्रतियोगिताको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले एनिज पिङपोङ क्लबका कपुर शर्मा […]
September 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आदर्श विद्या मन्दिर (एभीएम) का एलेन महर्जन र इभाना थापाले केकेएम÷एनआरटी खुला टेबल टेनिस प्रतियोगितामा मंगलबार स्वर्ण जितेका छन् । क्याडेट सिंगल्सको ब्वाइजमा एलेन र गल्र्समा इभाना पहिलो भएका हुन् । काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज फाइनलमा एलेनले भानुभक्त मेमोरियल स्कुलका उज्ज्वल मानन्धरलाई […]
September 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – उदियमान राष्ट्रिय नम्वर एक रशिला महर्जन र नविन श्रेष्ठले प्रथम चन्द्रागिरी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । सेनाकी खेलाडी महर्जनले महिला एकलतर्फ पूर्व नम्वर एक भोजपुरकी नङ्शल देवी तामाङलाई २१–१४ र २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । यस्तै सेनाकै नविनले नेपाल पुलिस क्लबका बिष्णु कटुवाललाई २१–९ […]
September 16, 2022
एजेन्सी – स्विस भेट्रान टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । फेडेररले यसै साता लेभर कपपछि टेनिस खेल जीवनबाट सन्यास लिने घोषणा गरेका हुन् । अब फेडेररको बिदाई खेल अर्को साता लन्डनमा हुने लेभर कपमा हुनेछ । यो उनको व्यवस्थापन कम्पनीद्वारा सञ्चालित प्रतियोगिता हो । ‘मेरो शरीरले मलाई […]
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर–१६ वडाका संयोग कपालीले शनिबार लमजुङका विनेश खनियालाई ४–१ ले हराएर दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोगले विनेशलाई ११–१, १३–११, १६–१८, ११–९ र ११–३ ले हराउँदै उपाधि जिते । स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित […]
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मध्यपुर थिमी नगरपालिका ७ भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ । जिल्लाब्यापी वडा स्तरीय प्रतियोगितामा थिमी ७ ले एक स्वर्ण दुई रजत पदकका साथ टिम च्याम्पियन बन्न सफल भएको हो ।यस्तै दोश्रो स्थानमा रहेको मध्यपुर थिमी ८ एक स्वण र एक कास्य पदक प्राप्त गर्न […]
September 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिका वडा ६ का जयराम महर्जन र ललितपुर महानगरपालिका वडा ११ का राजेन्द्र वज्राचार्य दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगितामा शुक्रबार पहिलो भएका छन् । पुरुष भेट्रान सिंगल्सको ४० वर्षमाथि जयराम र ५० वर्षमाथि राजेन्द्र पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ४० वर्षमाथि […]