default_image

Racquet

April 6, 2022

नेपालमा एरोविक टेबल टेनिसको सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पहिलोपटक एरोविक टेबल टेनिसको सुरुवात भएको छ । एप्रिल ६ अर्थात विश्व टेबल टेनिस दिवसको दिन आज (बुधबार) नेपाल एपिएफ क्लबमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गर्दै औपचारिक सुरुवात गरेका हुन् । लण्डनस्थित एरोविक टेबल टेनिसका संस्थापक स्टिभ रोले आफ्नो उपस्थितीमा एरोविक टेबल टेनिसका […]

April 5, 2022

बोधित र शिखालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कोशी मल्टिपल क्याम्पसका बोधित डिसी र लिभरपुल कलेजकी शिखा सुवालले केबी साम ११औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसअन्तर्गत कलेजतर्फ मंगलबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज सिंगल्स फाइनलमा बोधितले एभीएम कलेजका रुविन महर्जनलाई ३–१ ले पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा शिखाले खोप्व कलेजकी अन्जु […]

April 4, 2022

क्यारिना र नर्वदालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – प्रभात बोर्डिङ स्कुलकी क्यारिना सुवाल र प्रोक्सिमाकी नर्वदा खाइटुले केबी साम ११औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । गल्र्स सिंगल्सको यु–१४ मा क्यारिना र यु–१२ मा नर्वदा पहिलो भएका हुन् । केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रालिको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–१४ […]

April 2, 2022

सम्झना कपमा श्यान्टु र त्रिशा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका श्यान्टु श्रेष्ठ र अंशुल गर्ग एकेडेमी (एजीए), भारतकी त्रिशा पाउल चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । शनिबार भएको फाइनलमा त्रिशा महिला र श्यान्टु पुरुष सिंगल्सको विजेता बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको श्यान्टुले भर्चुएस, भारतका स्वार्नेन्दु चौधरीलाई ६–११, ११–३, ११–९, १३–११ […]

April 1, 2022

जेष्ट ब्याडमिन्टन सोमबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा जेष्ट ब्याडमिन्टन एकेडेमीको आयोजनामा चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ९ स्पर्धामा करिब ३ सय खेलाडीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । चारदिने प्रतियोगिताका खेलहरु बसुन्धारस्थित […]

April 1, 2022

भेट्रान ४० वर्षमाथि चन्दन पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – एनिज पिङपोङ क्लब, नेपालका चन्दन शाहीले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा चन्दनले इन्डियन मास्टर, भारतका हीरा गोस्वामीलाई ८–११, ११–६, ११–८ र ११–९ को सेटमा पराजित गरे । एनिजका रक्तचन्द्र मानन्धर र ललितपुरका निकेनमान […]

March 31, 2022

बैंक अफ बरोडालाई दोस्रो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – भारतको बैंक अफ बरोडाले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहीबार स्वर्ण जितेको छ । बरोडाले फाइनलमा भारतकै अंशुल गर्ग एकेडेमी (एजीए) ‘ए’ लाई ३–१ ले पराजित ग¥यो । यसअघि बरोडाले महिला टिम इभेन्टमा पनि स्वर्ण जितेको थियो । नेपाल प्रहरी क्लब र एजीए ‘बी’ ले तेश्रो स्थानमा […]

March 30, 2022

राजन ५५ वर्षमाथि च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एनिज पिङपोङ क्लबका राजन सुब्बा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान पुरुष ५५ वर्षमाथि सिंगल्समा बुधबार च्याम्पियन बनेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा राजनले भारतको इन्डियन मास्टर्सका कपिल कुमारलाई ३–१ ले पराजित गरे । राजनले पहिलो सेट ११–१३ ले गुमाएपनि त्यसपछिका ३ सेट लगातार आफ्नो […]

March 30, 2022

सन्जिव पुनः फिलिटको ब्रान्ड एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी सन्जिव खड्का पुनः फिलिटको ब्रान्ड एम्वासडर नियुक्त भएका छन् । हाल अध्ययनका क्रममा अष्ट्रेलियामा रहेका सन्जिवलाई फिलिट इन्टरनेसनलले पुनः १ वर्षको लागि ब्रान्ड एम्वासडरमा निरन्तरता दिएको हो । ब्याडमिन्टनको खेल साम्रगी उत्पादन गर्ने फिलिट मलेसियाको कम्पनी हो । उनको नयाँ सम्झौता २५ मार्च २०२२ बाट शुरु भए […]

March 29, 2022

सम्झना कप : महिला टिममा बैंक अफ बरोडा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता अन्तर्गत महिला टिम इभेन्टमा भारतको बैंक अफ बरोडा च्याम्पियन बनेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा बरोडाले भारतकै अन्सुल गर्ग एकेडेमी (एजीए) लाई ३–१ ले पराजित गर्यो । बरोडाले ३ सिंगल्समा जित हात पार्दा डबल्स स्पर्धामा भने हार बेहोरेको थियो । सिंगल्समा […]

Success

Thank you for your time.