default_image

Racquet

August 25, 2019

पुष्पलाल स्मृति ब्याडमिन्टनको नवौं संस्करण इटहरीमा

काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराइज पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको नवौं संस्करण यसै महिना इटहरीमा आयोजना हुने भएको छ । नेपाल खेलकुद महासंघको तत्वावधान तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा प्रतियोगिता भदौ २४ गते देखि २८ गते सम्म हुने बताइएको छ । इटहरीस्थित रंगशाला हाता भित्र रहेको कभर्डहलमा हुने प्रतियोगितामा पुरुषतर्फ शीर्ष वरीयताका १६ खेलाडीले एकलमा […]

August 22, 2019

अद्रिनलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – विजेश्वरीका अद्रिन शाहीले १४ औं हरेराम जोशी स्मृति उपत्यकाव्यापी टेबलटेनिस प्रतियोगिताको यु–१४ ब्वाइज सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् । हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको फाइनलमा अद्रिनले जुगलका समिर तामाङलाई ३–१ को सेटमा पराजित गरे । सोही स्पर्धाको गल्र्समा एभरेष्टकी प्रदीपा सुवालले फाइनलमा प्रभातकी दीपशिखा शशिकलालाई ३–१ कै सेटमा हराउदै पहिलो […]

August 19, 2019

ब्वाइज सिंगल्र्समा संयोगको जित

काठमाडौं (हाम्रो खेलकुद) – संयोग कपालीले भारतको गुजरातमा जारी छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिप अन्तरगत ब्वाइज सिंगल्र्समा जित निकालेको छ । गुजरातमा सोमबार भएको खेलमा संयोगले संयुक्त अरब इमिरेट्स (युएई) का मोक्स तानेजालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । यसअघि मिक्स इभेन्टमा एलेन महर्जन र […]

August 18, 2019

ब्वाइज र गल्र्स डबल्र्समा नेपालको चुनौती समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा जारी छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिपमा नेपालको मिक्स डबल्स, ब्वाइज र गल्र्स डबल्र्समा चुनौती सकिएको छ । गुजरातमा आइतबार भएको ब्वाइज डबल्र्समा संयोग कपाली र विशाल गोलको जोडी हङकङका सिन विङ हाङ र टिसुन टिसाङको जोडीसँग ३–१ को सेटमा पराजित भएको हो । पहिलो सेट २–११ ले गुमाएको नेपालले […]

August 16, 2019

नेपालले युएईलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा जारी छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिपको मिक्स डबल्समा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ । गुजरातमा शुक्रबार साँझ भएको खेलमा मिक्स डबल्र्समा एलेन महर्जन र समिरा श्रेष्ठको जोडीले युएईका भिरेश्वर गुरुराज पटिल र दिया थक्करको जोडीलाई ३–१ को सेटमा पराजित गरेको हो । च्याम्पियनसिपमा नेपालको यो पहिलो जित […]

August 16, 2019

गल्र्स र ब्वाइज टिममा नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा जारी छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिपको टिम इभेन्टमा नेपालको गल्र्स र ब्वाइज दुवै टोलीले हार बेहोरेका छन् । गल्र्सतर्फ नेपाली टोली थाइल्यान्ड, हङकङ र इन्डोनेसियासँग समान ३–० ले पराजित भएको हो । पराजित भएको हो । ब्वाइजमा नेपाली टोली थाइल्यान्ड र भारतसँग समान ३–० ले पराजित भएको हो । […]

August 10, 2019

अपराजित स्यान्टु र नवितासहित ६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले शनिबार सम्पन्न एसियन च्याम्पियनसिप छनोट प्रतियोगितामा अपराजित रहँदै प्रथम स्थान हासिल गरेका छन् । इन्डोनेसियाको योग्यकार्तामा सेप्टेम्बर १५ देखि २२ सम्म हुने प्रतियोगिताको लागि पुरुष र महिलातर्फ ३-३ खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको थियो । लैनचौरस्थित केन्द्रीय प्रशिक्षण केन्द्रमा आयोजित प्रतियोगितामा पुरुषमा […]

August 9, 2019

काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिपमा साम्भवीलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ब्रिटिस स्कुलकी साम्भवी पाल्लकले काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप (स्कुलस्तर) २०१९ मा दोहोरो उपाधि हात पार्न सफल भएकी छिन् । पाल्लकले छात्रा यु – १२ र यु – १४ दुवै तर्फ जित हात पार्दै दोहोरो उपाधी चुमेकी हुन् । पाल्लकले यु–१२ मा ग्यालेक्सी स्कुलकी शेरा जे शेर्पालाई २१–२ र २१–७ ले तथा यु–१४ […]

August 8, 2019

लनटेनिस टोली काजाकिस्तान जाने

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनमा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार काजाकिस्तानको अस्ताना प्रस्थान गर्ने भएको छ । अगष्ट ११ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा आरभसम्राट हाडा, प्रणव मानन्धर र सक्षमविक्रम शाहले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा कृष्णराज घले रहेका छन् । अभिभावकहरु जयजीव हाडा तथा […]

August 8, 2019

अभियान र डेभिड उपाधि नजिक

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेरिडियनका अभियान कस्यप र क्यारिवियनका डेभिड थापा मगर काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप स्कुल स्तरिय प्रतियोगिताको उपाधि नजिक पुगेका छन् । काठमाडौं जिल्ला ब्याडमिन्टन संघको आयोजनामा किर्तिपूरस्थित अडिटोरियमहलमा भएको च्याम्पियनसिपको छात्र यु – १४ मा अभियानले ग्यालेक्सी स्कुलका निकेश पोखरेललाई २१–१३ र २१–१८ ले तथा डेभिडले केएमसीका प्रत्याकलाई २१–१६ र २१–७ ले […]

Success

Thank you for your time.