default_image

Racquet

January 9, 2019

प्रिन्सलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – दुवईअन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन सिरिजका च्याम्पियन प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो सफलता हात पारेका छन् । विराटनगरमा जारी प्रतियोगितामा प्रिन्सले म्यानमारका थु रिनलाई यु–१९ विधामा र यु–१५ मा नेपालकै रोहित बराललाई पराजित गर्दै दोहोरो सफलता हात पारेका हुन् । यु–१९ मा प्रिन्सले थु रिनमाथि २१–११ र २१–१५ को […]

January 8, 2019

प्रिन्स र प्रफुल क्वाटरफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल र प्रफुल महर्जनले राष्ट्रपति कप यु–१९ जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुवई अन्तराष्ट्रिय जुनियर ब्याडमिन्टनका स्वर्ण पदकधारी प्रिन्सले प्रियान्सु क्षेत्रीलाई २१–१३ र २१–११ ले तथा यु–१९ का नम्बर एक खेलाडी प्रफुलले नेपालकै सुरज गुप्तालाई २१–८ र २१–११ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भए […]

December 28, 2018

करातेकी अनु र भारोत्तोलनका कमल सर्वोत्कृष्ट खेलाडी , गुप्ता गजराज आदर्श खेल व्यक्तित्व

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुदका पदक विजेता करातेकी अनु अधिकारी र भारोत्तोलनका कमल अधिकारी एनएनआइपिए वर्षका सर्वोत्कृष्ट खेलाडी २०७४ घोषित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले हरेक वर्ष प्रदान गर्दै आएको वर्षका उत्कृष्ट खेलाडीमध्येबाट अनु र कमल सर्वोत्कृष्ट छनोट भएका हुन् । सर्वोत्कृष्ट दुवैले जनता बैंकले प्रायोजन गरेको समान […]

December 13, 2018

नेपाली खेलाडीको चुनौती समाप्त

काठमाडौं(हाम्रो खेलकुद)– बंगलादेशको ढाकामा जारी योनेक्स सनराइज बंगलादेश इन्टरनेसनल च्यालेन्जमा नेपाली ब्याडमिन्टन खेलाडीको चुनौती समाप्त भएको छ । पुरुष डबल्समा नेपालका रत्नजित तामाङ र दीपेश धामीको जोडी भारतका मोहनराज इलुमलाईसंग २१–२३ र ११–२१ ले पराजित भयो । महिला डबल्समा नेपालका नङ्सलदेवी तामाङ र अमिता गिरीको जोडी बंगलादेशका अख्तर साप्ला र एलिना सुल्तानासंग ८–२१ र १४–२१ […]

December 12, 2018

रत्नजित र दीपेशको जोडी अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद)– रत्नजित तामाङ र दीपेश धामीको जोडी योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्जको पुरुष युगलतर्फ अन्तिम आठको यात्रा तय गर्न सफल भएको छ । रत्नजित र दीपेशको जोडीले आयोजक बंगलादेशका पारश मोहम्मद आहसुन हबिब र गौरव सिंहको जोडीलाई २२–२० र २१–१८ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । आजै भएको मिश्रित […]

December 11, 2018

रत्नजित बंगलादेश अन्तराष्ट्रिय च्यालेन्जको दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली नम्बर एक ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ बंगलादेशमा आजबाट सुरु भएको योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज–२०१८ को दोस्रो चरणमा प्रवेश गरेका छन् ।   मगंगलबार भएको पुरुष एकलतर्फको खेलमा रत्नजितले भारतका अङकुर साङपाङ राईलाई २–० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । रत्नजितले भारतीय खेलाडीमाथि पहिलो सेटमा २१–११ […]

December 10, 2018

ब्याडमिन्टन टोली बंगलादेशतर्फ

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशको ढाकामा हुने ‘योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८’ मा भाग लिन नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको नेतत्वमा ४ जना त्यसतर्फ गएका हुन् । टोलीमा खेलाडी नङ्सलदेवी तामाङ, रत्नजित तामाङ र दीपेश धामी रहेका छन् । अध्ययनका लागि भारतमा रहेकी अमिता गिरी त्यहिबाट […]

December 8, 2018

ब्याडमिन्टनमा कुनलाभत र चनानचिडा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डका कुनलाभत भिटिडसर्न र चनानचिडा जुचारोयन योनेक्स सनराइज नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा च्याम्पियन बनेका छन् । कुनलाभत पुरुष एकलमा र चनानचिडा महिला एकलमा च्याम्पियन बनेकी हुन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा शनिबार भएको पुरुष एकलको फाइनलमा कुनलाभतले मलेसियाका टिक झि सुलाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । निकै […]

December 6, 2018

ब्याडमिन्टन सिरिजमा नेपाली खेलाडीको चुनौती समाप्त

काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को कभर्डहलमा बिहिबार भएको खेलमा नेपाली खेलाडी पुरुष एकल, मिक्स डबल्स, पुरुष डबल्स र महिला डबल्समा पराजित भएसँगै सिरिजमा नेपालको चुनौती समाप्त भएको हो । पुरुष एकलको क्वाटरफाइनलमा नेपालका शीर्ष वरीयताका रत्नजित तामाङ भारतका […]

December 5, 2018

रत्नजित इन्टरनेशनल ब्याडमिन्टन सिरिजको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली शीर्ष वरीयताका रत्नजित तामाङ राजधानीमा जारी योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को कभर्डहलमा बुधबार भएको खेलमा रत्नजित भारतका नभिदमाथि २–१ को जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् ।   रत्नजितले नभिदमाथि २२–२०, २१–१७ र २१–१६ को जित […]

Success

Thank you for your time.