default_image

टेनिस

September 6, 2022

नाडाल युएस ओपनबाट बाहिरीए

एजेन्सी – स्पेनिस टेनिस स्टार राफायल नाडाल युएस ओपन टेनिसको चौंथो चरणबाट बाहिरिएका छन् । न्युयोर्कमा सोमबार राति भएको खेलमा नाडाल अमेरिकाका फ्रान्सेस टियाफोईसँग ३–१ को सेटमा पराजित भएका हुन् । विश्व वरीयताको तेस्रो स्थानमा रहेका नाडाललाई फ्रान्सेसले ६–४, ४–६, ६–४ र ६–३ ले हराए । योसँगै सर्वाधिक २३ पटक ग्रान्डस्लाम जित्ने नाडालको सपना चकनाचुर […]

August 22, 2022

टेनिस खेलाडी सलोनी अमेरिका जाने

काठमाडौं (हाम्रो खेलकुद) – हालको नेपाल नम्वर एक महिला लन टेनिस खेलाडी सलोनी तामाङ उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने भएकी छिन् । सेन्ट जेभियर्सबाट १२ कक्षासम्मको अध्ययन पश्चात उनी उच्च शिक्षा अध्ययनको लागि संयुक्त राज्य अमेरिका जाने भएकी हुन् । उनले टेक्सास राज्यस्थित लमार विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएकी छिन् । उनी मंगलबार त्यसतर्फ प्रस्थान […]

August 9, 2022

युएस ओपनपछि सन्यास लिने सेरेनाको संकेत

एजेन्सी – अमेरिकी सेरेना विलियम्सले युएस ओपन पछि टेनिसबाट सन्यास लिने संकेत गरेकी छन् । २३ पटककी ग्रान्ड स्लाम च्याम्पियन सेरेनाले आफ्नो जीवनमा अन्य चिज पनि महत्वपूर्ण रहेको बताएकी छिन् । यद्दपी उनले पटक पटक सन्यास भन्ने शब्द आफूलाई मन नपर्ने बताउने गरेकी थिइन् । ४० वर्षे सेरेनाले इन्स्टाग्राममा उनले खेलेकी छन्, काउन्ड डाउन सुरु […]

July 12, 2022

जोकोभिचको स्वदेशमा भव्य स्वागत

एजेन्सी – विम्बल्डन विजेता नोभाक जोकोभिचलाई स्वदेशमा भव्य स्वात गरिएको छ । विवादास्पद खेलमा अष्ट्रेलियन निक किर्गीओसलाई चार सेटसम्म चलेको फाइनलमा पराजित गर्दै आइतबार जोकोभिचले लगातार चौथो पटक विम्बल्डन टेनिसको उपाधि जितेका थिए । त्यो उनको खेल जीवनको २१ औं ग्रान्डस्लाम उपाधि हो । विम्बल्डन च्याम्पियन बनेर फर्केपछि उनलाई हजारौं समर्थकले बेलग्रेडको सिटी हलमा स्वागत […]

July 10, 2022

जोकोभिच विम्बल्डन च्याम्पियन

एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको च्याम्पियन बनेका छन् । जोकोभिचले अष्ट्रियन निक किर्गियोसलाई ३–१ को सेटमा पराजित गर्दै विम्बल्डनमा सातौपटक च्याम्पियन बनेका हुन् । सातौं पटक विम्बल्डन तथा समग्रमा २१औं ग्रान्डस्लाम च्याम्पियन बनेसँगै जोकोभिचले उनले स्वीस रोजर फेडेररलाई पछि पारेका छन् । फेडेररले २० पटक ग्रान्डस्लाम जितेका छन् । उनीभन्दा अघि […]

July 9, 2022

रेवाकिना विम्बल्डन च्याम्पियन

एजेन्सी – काजकस्तानकी एलेना रेवाकिना विम्बल्डन टेनिसको च्याम्पियन बनेकी छिन् । उनी महिला एकलतर्फ च्याम्पियन बनेकी हुन् । लन्डनस्थित सेन्टर कोर्टमा शनिबार भएको फाइनलमा ट्युनिसियाकी तेस्रो वरीयताकी आन्स जवेउरमाथि २–१ को सेटमा जित निकाल्दै एलेना काजकस्तानबाट ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी बनेकी हुन्। रसियामा जन्मिएकी २३ वर्षीय उनको करिअरको पहिलो ग्रान्डस्लाम उपाधि हो । कुनैपनि ग्रान्डस्लाम […]

July 9, 2022

जोकोभिच विम्बल्डनको फाइनलमा

एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । जोकोभिचले घरेलु खेलाडी क्यामरोन नोरीमाथि ३–१ को सेटमा जित निकाल्दै आठौंपटक विम्बल्डनको फाइनलमा प्रवेश गरेका हुन् । सेन्टर कोर्टमा शुक्रबार राति भएको सेमिफाइनलको शुरुवाती सेट २–६ ले गुमाएको ६ पटकको विम्बल्डन च्याम्पियन जोकोभिचले त्यसपछि तीन सेट ६–३, ६–२ र ६–४ ले […]

July 8, 2022

नाडालद्धारा विम्बल्डनबाट नाम फिर्ता

एजेन्सी – दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफयल नाडालले विम्बल्डन टेनिसको सेमिफाइनलबाट आफ्नो नाम फिर्ता लिएका छन् । पेटको चोटको कारण उनले आफ्नो नाम फिर्ता लिएका हुन् । बिहीबारको परिक्षणपछि उनको पेटको मांसपेशीको एक भाग ७ एमएम च्यातिएको बताइएको छ । विम्बल्डनको सुरुवातदेखि नै पेटको समस्यासँग जुधेका नाडालले क्वाटरफाइनलमा टेलर फ्रिट्जसँगको खेलपछि झन बढी दुखाईको […]

July 7, 2022

संघर्षपूर्ण जित निकाल्दै नाडाल सेमिफाइनलमा

एजेन्सी – संघर्षपूर्ण जित निकाल्दै दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बुधबार राति भएको क्वाटरफाइनलमा पेटको चोटको बावजुत नाडालले अमेरिकी टेनिस स्टार टेलर फ्रिट्जमाथि ३–२ को सेटमा जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएका हुन् । नाडालले पहिलो सेट ३–६ ले गुमाएको थियो […]

July 6, 2022

पूनरागमन जित निकाल्दै जोकोभिच सेमिफाइनलमा

एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिचले पूनरागमन जित निकाल्दै विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा मंगलबार राति भएको क्वाटरफाइनलमा साविक विजेतासमेत रहेको जोकोभिचले १०औं वरीयताका इटालीका जानिक सिनरमाथि ३–२ को पुनरागमन जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेका हुन् । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको सुरुआती दुई सेट गुमाएपनि जोकोभिचले उत्कृष्ट […]

Success

Thank you for your time.