July 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – टेबल टेनिसका पूर्व राष्ट्रिय च्याम्पियन अजय सुवाल र भलिबल खेलाडी सुनिल श्रेष्ठ गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यमा निर्वाचित भएका छन्। सुवाल पश्चिम अष्ट्रेलियाको युवा सदस्य र श्रेष्ठ न्यु साउथ वेल्स (एनएसडब्लु) को एनसिसीको सदस्यमा निर्वाचित भएका हुन् । उनीहरुको कार्यकाल २०२५–२०२७ सम्म रहनेछ । सुवालले टिम समावेशीबाट तथा श्रेष्ठले […]
July 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा अर्को महिना स्टयाग गोल्बल च्याम्पियन्स लिग सिजन थ्री हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा प्रतियोगिता भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिताको तेस्रो संस्करणमा पनि भारतको स्टयाग गोल्बल प्रा.लिले मुख्य प्रायोजक तथा इक्युप्मेन्ट पार्टनरको रुपमा […]
July 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा लेभल वान कोचिङ कोर्स लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधवार सुरु भएको छ । अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आइटिटिएफ) को वार्षिक क्यालेन्डर अनुसार भएको कोर्समा पारासहित नेपालका २८ र भारतका २ गरी ३० प्रशिक्षार्थीको सहभागिता रहेको आयोजक संघका महासचिव कुबेरप्रकाश सिंहले जनाएका छन् । कोर्समा सातै प्रदेशको सहभागिता […]
June 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल २९ औं एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपको यु–१९ ब्वाइज टिम इभेन्टको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । उज्वेकिस्तानको तास्केन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा नेपालले साउदी अरबियालाई ३–१ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा पुगेको हो । ३ अंक बटुलेको नेपाल समूह उपविजेता हुँदै प्रि क्वाटरफाइनलमा पुगेको टोली प्रमुख ज्याकी महर्जनले जनाएका छन् […]
June 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९ औं संस्करणमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली बुधवार उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको छ । असार १२ देखि १८ गतेसम्म हुने प्रतियोगितामा समान ३ पुरुष महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलामा योङगी […]
June 15, 2025
हिमाल खरेल, बिर्तामोड झापामा संघ गठन भएको झन्डै अढाई दशकपछि आयोजना भएको जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताको उपाधि स्वयम् अधिकारी र निर्जला भट्टराईले जितेका छन् । झापाको बिर्तामोडमा भएको प्रतियोगिताको खुला सिंगल स्पर्धामा बिर्तामोडका स्वयम् र अर्जुनधाराकी निर्जलाले सोझो सेटमा जित निकाल्दै झापा च्याम्पियन बनेका हुन् । प्रतियोगितामा पुरुषतर्फ बिर्तामोडका दिपक भेटवाल दोस्रो र अर्जुनधाराका गौरव […]
June 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत टेबलटेनिसमा बागमती प्रदेशले स्वर्ण पदकमा क्लिन स्विप गरेको छ। ४ स्वर्णको लागि भएको प्रतियोगितामा ४ स्वर्ण नै बागमतीले जित्यो। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सिंगल्सको छात्रमा आर्यन शाही र छात्रामा अर्सना महर्जनले स्वर्ण पदक जिते। फाइनलमा आर्यनले बागमतीकै अर्नव श्रेष्ठलाई ११–६, ११–७, ७–११ र १४–१२ को सोझो […]
June 2, 2025
बनेपा (हाम्रो खेलकुद)- भक्तपुर नगरपालिकाकी दिया देउला र होप टेबल टेनिस एकेडेमीका हिमाल विष्टले प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन्। खुला महिलाको फाइनलमा दियाले एभिएमकीइभाना थापालाई हराइन् । दिया र इभानाले यु १८ को पनि फाइनल खेलेका थिए। स्ट्याग टेबल टेनिस एकेडेमीकी सुस्मिता खड्का र एभिएमकी वियन्का राई तेस्रो भए […]
May 26, 2025
बनेपा (हाम्रो खेलकुद)- बनेपा नगर टेबलटेनिस संघको आयोजनामा यसै साता प्रथम मेयर कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता हुने भएको छ । जेठ १५ गते सुरु हुने प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष परमेश्वर श्रेष्ठले सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । बनेपा नगरपालिकाको सहयोगमा हुने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ […]
May 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगितामा पदक जितेका युवा खेलाडीहरूलाई बधाई दिएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलाडीहरूलाई बधाई दिंदै उच्च मनोबलका साथ मेहनत गर्दै विश्व स्तरीय प्रतियोगितामा पनि पदक जित्न शुभकामना दिए। अखिल नेपाल टेबल टेनिस संघद्वारा २४ देखि २७ अप्रिलसम्म काठमाडौँमा सम्पन्न […]