default_image

दक्षिण एसियाली खेलकुद (साग)

September 30, 2019

सागका लागि ब्याडमिन्टनको छनोट सुरु

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल ब्याडमिन्टन संघले १३ औं दक्षिण दक्षिण एसियाली खेलकुद (साग) का लागि सोमबारबाट खेलाडी छनोट प्रतियोगिता सुरु गरेको छ । पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदबाट छनोट गरिएका १७ पुरुष र १७ महिला खेलाडीहरु परिषद्बाट संचालन गरिएको बन्द प्रशिक्षणमा प्रशिक्षणरत थिए । सोही प्रशिक्षणरत ३४ खेलाडीहरुबाट १३ औं सागका लागि १० पुरुष र […]

September 29, 2019

खेलकुद मन्त्री विश्वकर्मा र साग समितिका सचिवको बैठक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिका सचिव र युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) बीच बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा मन्त्री विश्वकर्माले साग राष्ट्रियको प्रतिष्ठाको विषय भएको भब्यताका साथ सफल पार्न गम्भीर भएर सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु पर्नेमा जोड दिदै […]

September 29, 2019

ओलम्पियनद्धारा मासिक भत्ता उपलब्ध गराउन आग्रह

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा परिचय दिलाउन सबै भन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चार ओलम्पियनले मासिक भत्ता उपलब्ध नगराएकोमा गुनासो गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पिकमा भाग लिने खेलाडी तथा दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता दिने परम्पराको सुरुवात गरेकोमा धन्यवाद दिदै पुर्व ओलम्पियन वैकुण्ठ मानन्धर,संगिना […]

September 27, 2019

नविता अझै अपराजित, स्यान्टुलाई मौका

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ छनोटमा शतप्रतिशत जित निकाल्दै नेपालमा आसन्न मंसिरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेवलटेनिसबाट छनोट भएकी छन् । लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा दुई दिनसम्म चलेको छनोटमा महिला र पुरुषमा समान ५–५ गरी १० खेलाडी छनोट भएको हो । महिलामा नवितासहित ५ खेलाडी रविना […]

September 27, 2019

सागलाई टेनिस खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत लनटेनिसका लागि समान ६–६ पुरुष÷महिला खेलाडीको शुक्रबार अन्तिम छनोट गरिएको छ । सातदोबाटोमा सम्पन्न छनोटबाट पुरुषमा एनआरएनएका संरक्षकभूषण वज्राचार्य, नेपाल आर्मीका प्रणव खनाल, गण्डकी प्रदेशका प्रदीप खड्का, एपीएफका सन्तोष खत्री, आर्मीका सम्यकभूषण वज्राचार्य र गण्डकीका नवीन मगर छनोट भए । महिलामा एपीएफकी […]

September 26, 2019

१३औं सागका लागि विभिन्न समिति गठन

काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि विभिन्न समितिहरु गठन गरिएको छ । १३औं साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको छैटौं बैठकले विभिन्न उपसमिति समिति गठन गरेको हो । बैठकमा संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय […]

September 23, 2019

सागका लागि बास्केटबल छनोट सम्पन्न

सुबास हुमागाईं, काठमाडौं नेपालमा हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुदका लागि बास्केटबलको पुरुष तथा महिला टोलीको छनोट सम्पन्न भएको छ । नेपाल बास्केटबल संघले दुवै महिला र पुरुषतर्फ २०-२० खेलाडीको नाम राष्ट्रिय खेलकुद परिषदलाई बुझाएको हो । दुवैतर्फ १४ खेलाडी बास्केटबल टोलीमा रहनेछन् भने ६-६ खेलाडी सम्मिलित यू-२३ टोलीले ३ बाइ ३ बास्केटबलमा हुनेछन् […]

September 21, 2019

राजकुमारसहित ७ खेलाडी प्रारम्भिक छनोटबाट बाहिरीए

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि दोस्रो चरणको खेलाडी छनोट सम्पन्न भएको छ । सुरुवाती २५ खेलाडीबाट ७ खेलाडी घटाउँदै सागका लागि १८ खेलाडी दोस्रो चरणमा छनोट गरिएको हो । यसअघि एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबलमा प्रभावशाली प्रदर्शन गरेका अपोजिट स्पाइकर राजकुमार निरौला […]

September 18, 2019

गौरिकासहित पौडीबाट सागलाई ३२ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी पौडीबाज गौरिका सिंहसँगै वैदेशिक प्रशिक्षणमा रहेको ५ खेलाडीलाई समेट्दै नेपाल पौडी संघले नेपालमै मंसिरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई ३२ खेलाडी छनोट गरेको छ । जसमा १८ पुरुष र १४ महिला खेलाडी रहेका छन् । संघले आठौं राष्ट्रिय खेलकुद, नवौं एनएसए पौडी च्याम्पियनसिप, फिना अंकको आधारमा खेलाडी छनोट […]

September 17, 2019

पुनमसहित सागलाई बक्सिङबाट १६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि बक्सिङबाट १६ खेलाडी छनोट भएका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न प्रतिस्पर्धाबाट संघले मंगलवार १० पुरुष र ६ महिला गरी १६ खेलाडी सागका लागि छनोट गरेका हुन् । संघले सोमबार ८ र मंगलबार ८ खेलाडी छनोट गरेको […]

Success

Thank you for your time.