default_image

दक्षिण एसियाली खेलकुद (साग)

October 12, 2019

पदक विजेता ब्याडमिन्टन टोली स्वदेश फिर्कियो

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा सम्पन्न दक्षिण एसिया जुनियर यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपका पदक विजेता नेपाली ब्याडमिन्टन टोली शनिबार स्वदेश फर्किएको छ । नेपाल ब्याडमिन्टन संघका उपध्यक्ष सुवास श्रेष्ठ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा र अन्तर्राष्ट्रिय रेफ्री उदय अर्याललगायतले युवा टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । दक्षिण एसिया जुनियर यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालले […]

October 12, 2019

विश्व च्याम्पियनसिपका लागि जुडो टोली मोरक्को जाने

काठमाडौं (हाम्रो खेलाडी)– दुई खेलाडीले मोरक्कोमा आयोजना हुने विश्व जुडो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । अक्टोबर १६ देखि २० सम्म आयोजना हुने विश्व च्याम्पियनसिपमा सोनिया भट्ट र मनिता श्रेष्ठ प्रधानले चुनौती प्रस्तुत गर्नेछन् । मनिताले ५६ केजीमुनि तौल समूह र सोनियाले ४८ केजीमुनि तौलसमूहमा प्रतिस्धर्पा गर्ने छिन् । प्रशिक्षकमा चन्द्रकुमार डंगोल र व्यवस्थापकमा लक्ष्मीरत्न […]

October 11, 2019

स्वीस प्रशिक्षक पाभेलले टेबल टेनिस खेलाडीलाई एक साता विशेष प्रशिक्षण दिने

काठमाडौं (हाम्रो खेलकुद) – स्वीट्जरल्यान्डका अन्तराष्ट्रिय प्रशिक्षक पाभेल रिहोरेकले आसन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा रहेका नेपालका टेबल टेनिस खेलाडीलाई एक साता विशेष प्रशिक्षण दिने भएका छन् । उनी नेपाली टोलीलाई विशेष प्रशिक्षण दिन शुक्रबार नेपाल आइपुगेका छन् । उनको प्रशिक्षणमा खेलाडीहरुको खेल स्तर बृद्धि हुने अपेक्षा गरिएको छ । प्रशिक्षक […]

October 3, 2019

महिला क्रिकेट टोलीलाई सहास स्पोर्टसको जर्सी सेट

काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीलाई खेल पोशाक उत्पादक कम्पनी साहस स्पोट्र्सले जर्सी र ट्राउजर प्रदान गरेको छ । सहास स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपानेले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान पुगेर कप्तान रुविना क्षेत्री र उप कप्तान सीता राना मगरमार्फत टोलीलाई जर्सी […]

October 2, 2019

१३ औं सागका लागि कुस्ती खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)- दुई महिनापछि नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि कुस्तीबाट १० पुरुष र १० महिला गरी २० जना खेलाडी छनौट भएका छन् । मकवानपुरको हेटौंडास्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा जारी बन्द प्रशिक्षणमा सहभागि ४० खेलाडीमध्ये सागमा प्रतिस्पर्धा गर्न २० जना छनौट भएका हुन् । दोस्रो चरणमा २८ जना […]

October 2, 2019

१३ औं सागका लागि ब्याडमिन्टन खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)– दुई महिनापछि स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाल ब्याडमिन्टन संघले बुधबार खेलाडी छनोट गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छनोट प्रतियोगिताबाट १० पुरुष र १० महिला खेलाडी छनोट गरिएको संघका सचिव नविनबिक्रम शाहले जानकारी गराए ।      वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदबाट पहिलो […]

October 2, 2019

दशैंमा पनि रंगशालाको काम नरोकिने !

काठमाडौं (हाम्रो खेलकुद)– दशैले सबैलाई छोइसकेको छ । यसको धार्मिक, सास्कृति महत्व त छ नै त्यसबाहेक मिठो खाने, राम्रो लगाउने, पिङमा रमाउने र आफन्तसँगको भेटघाट गर्ने दशैको अरु विशेषता हुन् । विदेशमा रहेका कतिपय दशैकै लागि स्वदेश फर्कने क्रम बढ्दो छ । यतिमात्र होइन, काठमाडौंबाट गाँउ फर्कनेको लर्को झनै बढीह हुन्छ । नेपाली खेलकुद पनि […]

September 30, 2019

सागका लागि ब्याडमिन्टनको छनोट सुरु

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल ब्याडमिन्टन संघले १३ औं दक्षिण दक्षिण एसियाली खेलकुद (साग) का लागि सोमबारबाट खेलाडी छनोट प्रतियोगिता सुरु गरेको छ । पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदबाट छनोट गरिएका १७ पुरुष र १७ महिला खेलाडीहरु परिषद्बाट संचालन गरिएको बन्द प्रशिक्षणमा प्रशिक्षणरत थिए । सोही प्रशिक्षणरत ३४ खेलाडीहरुबाट १३ औं सागका लागि १० पुरुष र […]

September 29, 2019

खेलकुद मन्त्री विश्वकर्मा र साग समितिका सचिवको बैठक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिका सचिव र युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) बीच बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा मन्त्री विश्वकर्माले साग राष्ट्रियको प्रतिष्ठाको विषय भएको भब्यताका साथ सफल पार्न गम्भीर भएर सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु पर्नेमा जोड दिदै […]

September 29, 2019

ओलम्पियनद्धारा मासिक भत्ता उपलब्ध गराउन आग्रह

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा परिचय दिलाउन सबै भन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चार ओलम्पियनले मासिक भत्ता उपलब्ध नगराएकोमा गुनासो गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पिकमा भाग लिने खेलाडी तथा दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता दिने परम्पराको सुरुवात गरेकोमा धन्यवाद दिदै पुर्व ओलम्पियन वैकुण्ठ मानन्धर,संगिना […]

Success

Thank you for your time.