default_image

पदक

June 24, 2020

गोदावरी नगरद्वारा सागका पदक विजेता खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको गोदावरी नगरपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ । नगरसभाका क्रममा बुधबार सागका पदक विजेता निकेश श्रेष्ठ र प्रशिक्षकद्वय दीपक श्रेष्ठ र गंगाराम महर्जनलाई नगदसहित सम्मान गरेको हो । उनीहरुलाई नगरपालिकका मेयर गजेन्द्र महर्जनले सम्मान गरेका थिए । गत वर्ष […]

June 11, 2020

सागका स्वर्ण पदक विजेता मन्डेकाजी र जुनी ड्युटीमा

काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ नेपाल प्रहरीको ड्युटीमा खटिएका छन् । हवल्दारसमेत रहेका मन्डेकाजीसहित सागकी अर्की स्वर्णधारी जुनी राईले पनि बिहीबारदेखि नै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्र महाराजगन्जमा ड्युटी थालेका हुन् । कोरोना महामारीको त्रासका कारण गएको चैत ११ गतेदेखि […]

June 4, 2020

गण्डकी प्रदेशको घोषणाले साग पदकधारी खेलाडीमा खुसी

विजय नेपाली, पोखरा प्रदेश सरकारले नगद सहित सम्मान गर्ने भएपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता गण्डकी प्रदेशका खेलाडी दंग परेका छन् । गत मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागमा नेपालले अहिले सम्मै उच्च प्रदर्शन गर्ने क्रममा ५१ स्वर्ण, ६० रजत र ९६ कास्यसहित २ सय ७ पदक जितेको थियो । […]

June 1, 2020

गण्डकीले साग पदक विजेतालाई नगदसहित सम्मान गर्ने

विजय नेपाली , पोखरा गण्डकी प्रदेश सरकारले स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) छ महिना भन्दा लामो समयपछि पदक जित्ने आफ्ना खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने घोषणा गरेको छ । आइतबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गर्ने बताएका हुन् । मंसिर १५ […]

May 18, 2020

सागका ६८ प्रशिक्षकको खातामा पुरस्कार रकम, ५४ को अझै बाँकी

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीले पाएको एक महिना पछि प्रशिक्षकले पुरस्कार रकम सोमबार प्राप्त गरेका छन् । यद्दपी सबै प्रशिक्षकल् भने पुरस्कार पाएका होइनन् । सागका १ सय १२ प्रशिक्षक मध्ये ६८ जनाले मात्र अहिले पुरस्कार पाएका छन् ।  पदक विजेता खेलाडीलाई सरकारले गत […]

April 15, 2020

सागका पदकधारीले पाउन थाले पुरस्कार, गौरिकालाई ६२ लाख पक्का

काठमाडौं (हाम्रो खेलकुद) – चार महिनाअघि स्वदेशमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीले नेपाल सरकारले घोषण गरेको पुरस्कार पाउन  थालेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयले चैत मसान्तभित्र सागमा जित्न सफल भएका सबै ४ सय ३५ खेलाडीलाई खातामा रकम जम्मा गर्ने बताएपनि वैशाख पहिलो साता सकिनै लाग्दा खेलाडीले […]

March 19, 2020

‘सागको पुरस्कार प्रक्रिया अघि बढिसक्यो’- खेलकुद मन्त्रालय

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै ४ महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी, प्रशिक्षक र संघलाई घोषणा गरिएको पुरस्कार राशी उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । १३ औं सागका सम्पन्न भएको भोली पल्ट (मंसिर २५ गते) पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले […]

February 16, 2020

सागका आफ्ना पदक विजेतालाई शसस्त्रको २५ लाख

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियायाली खेलकुदका पदक जित्ने आफ्ना खेलाडीलाई सशस्त्र प्रहरी बल (एपिएफ) नेपालले पुरस्कृत गरेको छ । एपिएफका विभिन्न खेलबाट ८० खेलाडीले पदक जितेका थिए । जसमा ८ स्वर्ण, १५ रजत र २२ कास्य पदक रहेको छ । एपिएफले झन्डै २५ लाख रुपैयाँ पुरस्कारमा वितरण गरेको छ । […]

February 12, 2020

सागका पदक विजेतालाई बागमति प्रदेशको सम्मान

हेटौडा (हाम्रो खेलकुद)– बागमति प्रदेशले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने आफ्ना प्रदेशका खेलाडीलाई बुधबार नगदसहित सम्मान गरेको छ । काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ गते देखि २४ गते सम्म १३ औं साग आयोजना भएको थियो । बागमति प्रदेशले राजधानी हेटौडामा आयोजित कार्यक्रममा स्वर्ण पदक जित्ने ४० खेलाडीलाई जनही १ लाख, […]

February 9, 2020

एन्फाले सागमा स्वर्ण जित्नेलाई जनही ५ लाख ५० हजार दिने

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक जित्ने यू २३ फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही ५ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । नौं महिनापछि आइतबार बसेको एन्फाको बैठकले सागको रजत पदक विजेता महिला टोलीका सदस्यलाई भने जनही १ लाख ५० हजार रुपैयाँ दिने […]

Success

Thank you for your time.