February 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फुटबलका नवयुग श्रेष्ठ, पौडीकी गौरिका सिंह, जुडोकी फुपुल्हामु खत्री, उसुकी निमा घर्तीमगरसहित विभिन्न २२ खेलका खेलाडी एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडीबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले फागुन १७ गते राजधानीमा एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ आयोजना गर्दै सम्मान गर्ने जनाएको छ । पछिल्लो एकदशक यता नेपाली खेलाडीको […]
December 28, 2016
इटहरी (हाम्रो खेलकुद) – पौडी खेलाडी शिरिष गुरुङ्गले एथलेटिक्स खेलाडीहरुलाई खेल सामाग्री सहयोग गरेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सका खेलाडीहरु आर्थिक अभावका कारण दौडमा लगाउने स्पाईक नलगाई खेलेको भनि विभिन्न संचार माध्ययमबाट समाचार सम्प्रेषण भए पछि गुरुङ्गले शिरिष फाउन्डेशन मार्फत सहयोग गरेका हुन् । उनले करिब ४५ हजार बराबरको स्पाईक, झोला, टिसर्ट […]
December 1, 2016
काठमाडौं(हाम्रो खेलकुद)- फुटबल खेलाडी असिमजंग कार्की र पौडी तथा ट्राइथोलन खेलाडी खेलाडी सोनिरा विष्ट बिहिबार विवाह बन्धनमा बाँधिएका छन् । भक्तपुरका असिम र ललितपुर डोलाहिटीकी सोनिराबीच एक बर्षदेखि प्रेम सम्बन्ध थियो । सन् २०१४ को इन्चोन एसियन खेलकुदमा सहभागी हुँदा चिनजान गरेका उनीहरु पछिल्लो एक बर्षदेखि उनीहरुबिच प्रेम सम्बन्ध थियो।
October 24, 2016
काठमाडौं (हाम्रो खेलकुद) दुई अलग अलग खेलका राष्ट्रिय खेलाडीबीच अर्को महिना विवाह हुने भएको छ । फुटबलका असिमजंग कार्की र पौडी तथा ट्राइथोलनकी खेलाडी सोनिरा विष्टबीच आइतबार इंगेजमेन्ट भएको छ । इंगेजमेन्टमा दुई परिवारका सदस्य, इष्टमित्र र साथीहरुको उपस्थिति थियो । भक्तपुरका असिम र ललितपुर डोलाहिटीकी सोनिराबीच एक बर्षदेखि प्रेम सम्बन्ध थियो । सन् […]
October 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) –श्रीलंका हुने दक्षिण एसियाली अक्वेटिक च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । मंगलबारबाट कोलम्बोमा सुरु हुने प्रतियोगितामा नेपालका ४ खेलाडीले भाग लिने भएका छन् । नितेश मानन्धर, देवेश मानन्धर, अनुभव सुब्बा र सुभम श्रेष्ठले अलग अलग इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । पौडी प्रमुख प्रशिक्षक ओङ्गदेन लामा टोलीको प्रशिक्षक र नेपाल पौडी संघका […]
September 24, 2016
निहारिका तुलाधरले ५० मिटर ब्रेस्ट स्ट्रोकमा शुक्रबार रियो ओलम्पिक्सको कान्छी सहभागी गौरिका सिंहको राष्ट्रिय किर्तिमानमा सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन । सातदोबाटोमा एनएसए कप खुला तथा उमेर समुह पौडी प्रतियोगितामा निहारिकाले ५० मिटर ब्रेस्ट स्ट्रोक ३८ दशमलव ०६ सेकेन्डमा पुरा गरिकी हुन । यसअघी करिब ७ महिना अगाडी गौरिकाले १२औं दक्षिण एसियाली खेलकुदमा […]
August 25, 2016
कान्तिपुर टेलिभिजनमा दिल भुसन पाठकसङ कार्यक्रम ‘टफा टक’ मा बोल्दै गौरिकाले आफुले आफ्नो खेल अवधी भरी नेपालको लागी खेल्ने प्रतिबद्धता जनाएकी छिन । पाठकको ‘के तपाइ कुनै समयमा बेलायतको लागी खेल्नु हुन्छ ? ‘ भन्ने प्रश्नमा उनले आफु नेपाली भएको ले सधै नेपालको लागी खेल्ने भनेकी छिन । “म बेलायतमा बस्छु भनेर म अङ्रेजी हुदिन । म […]
August 14, 2016
काठमाडौं, साउन ३० गते । लिटिल एन्जल्स (एलए) स्कुलले दोश्रो ललितपुर जिल्लाव्यापी अन्तरविद्यालय पौडी प्रतियोगिताको उपाधि आइतबार जितेको छ । इमाडोल स्विमिङ पुलमा भएको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन एलएले १ सय ६३ अंक जोड्दै उपाधि रक्षा गर्यो । ४५ अंकसाथ प्रिमियर दोश्रो भयो भए भने तेश्रो स्थानको युलेन्सले ४४ अंक बटुल्यो । ललितपुर जिल्ला पौडी संघद्वारा […]
August 9, 2016
ब्राजिलमा जारि रियो ओलम्पिक २०१६को पौडी अन्तर्गत पुरुष १०० मिटर फ्रिस्टाइलमा नेपालका शिरिष गुरुङले प्रतिस्पर्धा गरेका थिए। मोजाम्बिकका इगोर मोन्याले उक्त हिट जितेका थिए भने शिरिषले अन्तिम स्थानमा रहँदै हिट पुरा गरे। उनको व्यक्तिगत र राष्ट्रिय किर्तिमान् ५८:२२ रहँदै आएकोमा उनले आज ५७:७६ मिनेटमा पुरा गर्दै नयाँ राष्ट्रिय किर्तिमान कायम गरे।
August 6, 2016
काठमाडौं (हाम्रो खेलकुद )– रियो ओलम्पिक खेल्नुअघि नै इतिहास बनाइसकेकी नेपाली पौडी खेलाडी गौरिका सिंह आज पौडीको १ सय मिटर ब्याक स्ट्रोकको हिटमा प्रतिस्पर्धा गर्दैछिन् । रियो ओलम्पिकको सबै भन्दा कान्छी खेलाडी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम चर्चा पाएकी प्रतिस्पर्धाको दिन १३ बर्ष २ सय ५५ दिन पुगेकी छिन् । शुक्रबार सुरु भएको रियो ओलम्पिकमा १० हजार […]