default_image

पौडी

August 14, 2017

गौरिका र सुजलसहित ५ खेलाडी पिपुल्स च्वाइस अवार्डका लागि मनोनित

काठमाडौं (हाम्रो खेलकुद)– रियो ओलम्पिकमा सहभागी सबै भन्दा कान्छी खेलाडी पौडीकी गौरिका सिंहसहित विभिन्न ५ खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता चुनिने पिपुल्स च्वाइस अवार्डको सोमबार सार्वजनिक गरिएको मनोनयनमा नेपालले सोलिडारिटी कप जित्दा फाइनलमा गोल गर्ने फुटबलमा सुजल श्रेष्ठ, गत […]

August 13, 2017

पौडीमा नयाँ नियम प्रयोग गर्ने तयारी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पौडी संघले बिहिबारदेखि शुरु हुने २० औं राष्ट्रिय पौडी प्रतियोगिताबाट नयाँ नियम लागु गर्ने तयारी गरेको छ । नयाँ नियम अनुसार एक खेलाडीले कुनै चार इभेन्टमा मात्रै सहभागिता जनाउन पाउनेछ । फिना, ओलम्पिक लगायत अन्य खेलहरुमा खेलाडीले जुनसुकै खेलमा खेल्न पाउने प्रावधान छ । पौडी संघले ल्याउन लागेको नियम फिना च्याम्पियनसिप […]

August 11, 2017

हिटिङ स्विमिङ पुलको सिलान्यास

काठमाडौं (हाम्रो खेलकुद)– डेढ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित हिटिङ स्विमिङ पुलको शुक्रबार सिलान्यास गरिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाता भित्र रहेको पौडी पोखरीको दक्षिणतर्फ रहेको खाली जग्गामा निर्माण गर्न लागिएको हिटिङ पुलको सिलान्यास युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले गरे । दस लेनको पुल २५ मिटर लम्बाइ र २५ मिटर चौढाईं रहने […]

July 24, 2017

पौडीमा टिसाको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – हंगेरीको बुढापेष्टमा जारी १७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नेपालकी टिसा शाक्यले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । सोमबार भएको महिला १ सय मिटर ब्रेष्टस्ट्रोकमा टिसाले अघिल्लो वर्ष ओलम्पियन गौरिका सिंहले सन् २०१५ मा काठमाडौंमा सम्पन्न २० औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा राखेको कीर्तिमानलाई भंग गरेकी हुन् । टिसाले निर्धारित दुरी […]

July 23, 2017

पौडीमा अनुभव र शुभमको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी अनुभव सुब्बा र शुभम श्रेष्ठले हंगेरीको बुढापेस्टमा जारी १७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउका छन् । पुरुषतर्फ ५० मिटर बटरफ्लाई २८.२६ सेकेन्डमा पूरा गर्दै अनुभवले राष्ट्रिय कीर्तिमान रचे । उनले सन् २००९ मा काठमाडौंमा भएको पाँचौं राष्ट्रिय खेलकुदको पौडीमा चन्द्रसिंह महतोले बनाएको २८.४३ सेकेन्डको कीर्तिमान […]

July 14, 2017

खेलाडी नभएको भए लफङ्गा हुन्थे – ओलम्पियन शिरीषसँग १२–२७ कुरा

काठमाडौं (हाम्रो खेलकुद)– सानै उमेरबाट चर्चामा रहँदै आएका ओलम्पियन पौडी खेलाडी शीरिष गुरुङ भविष्यमा पनि नेपाली खेलकुदसँगै जोडिरहन चाहन्छन् । ५ बर्षको उमेरमा गाडी चलाएर धेरैलाई चकित पारेका शीरिषले उमेर बढ्दै जाँदै खेलकुदबाट पनि ख्याती कमाए। गत बर्ष भएको सातौं राष्ट्रिय खेलकुदमा पौडीका १७ मध्ये १६ मा भाग लिए र भाग लिएका सबैमा स्वर्ण पदक […]

June 15, 2017

शीरिष फाउन्डेसन र ह्याम्सबीच सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुद विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको शीरिष फाउन्डेसनसँग ह्याम्स हस्पिटल प्रा.लीले खेलाडीको स्वास्थ्य उपचारमा सहकार्य गर्ने भएको छ । पहिलो चरणमा प्रतिभावान खेलाडीलाई छात्रबृति दिएर स्थापनाको पहिलो बर्षमै काम अघि बढाएको शीरिष फाउन्डेसनले छात्रबृति दिएका खेलाडीलाई ह्याम्सले निशुल्क स्वास्थ्य सेवा दिने सहमति भएको छ । शीरिष फाउन्डेसनका अध्यक्ष ओलम्पियन […]

June 8, 2017

सातौं राष्ट्रिय खेलकुद सकिएको छ महिनापछि पुरस्कार, शीरिषले सर्वाधिक ३ लाख ५० बुझे

काठमाडौं (हाम्रो खेलकुद)– पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद सम्पन्न भएको छ महिनापछि पदक विजेताका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पूर्व घोषित नगद पुरस्कार वितरण गरेको छ । पुस ८ देखि १५ गते सम्म सञ्चालित सातौं राष्ट्रिय खेलकुदमा समावेश ३४ खेलका स्वर्ण पदक विजेता र कीर्तिमानी खेलाडीलाई पुरस्कार वितरण गरिएको हो । पूर्व घोषित पुरस्कार […]

May 7, 2017

शीरिष फाउन्डेसनको औपचारिक उद्घाटन सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन पौडी खेलाडी शीरिष गुरुङको अध्यक्षतामा स्थापना भएको शीरिष फाउन्डेसनको औपचारिक उद्घाटन आज एक कार्यक्रम बीच सम्पन्न भएको छ। फाउन्डेसनको दर्ता प्रक्रिया पुरा भएसंगै पहिलो चरणमा केही किशोर खेलाडीलाई दीर्घकालिन खेलकुद छात्रवृत्ति प्रदान गर्ने जानकारी दिइएको थियो। फाउन्डेसनले हाललाई १५ व्यक्तिगत खेलकुदमा आफ्ना योजना रहेको जानकारी दियो। सुझाव संकलन तथा खेलाडी छनोटको […]

April 20, 2017

शीरिष फाउन्डेसनले खेलाडीलाई छात्रबृति दिने

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन पौडी खेलाडी शीरिष गुरुङको अध्यक्षतामा स्थापना भएको शिरिष फाउन्डेसनले पहिलो चरणमा केही किशोर खेलाडीलाई दीर्घकालिन खेलकुद छात्रवृत्ति प्रदान गर्ने भएको छ । दर्ता प्रक्रिया पुरा भएपनि औपचारिक उद्घाटनमार्फत फाउन्डेसन स्थापनाको जानकारी दिने तयारी गरिरहेको फाउन्डेनसले छात्रवृतिका लागि प्रक्रिया भने थालिसकेको छ । फाउन्डेसनले आफ्ना योजनावारे छलफल गरी सुझाव संकलन तथा खेलाडी […]

Success

Thank you for your time.