default_image

भलिबल

April 12, 2020

महिला भलिबलले आशा जगाएको वर्ष

काठमाडौं (हाम्रो खेलकुद) – भलिबल नेपालको राष्ट्रिय खेल । यही राष्ट्रिय खेल भलिबलका लागि वर्ष २०७६ उल्लेखनीय वर्षको रुपमा रह्यो । पहिलोपटक एभीसी एसियन सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको सफल आयोजना, सेन्ट्रल जोनको साभरणसभा, महिला भलिबल टोलीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक अन्तर्राष्ट्रिय स्वर्णपदक र सागमा रजतपदक । यसबाट पनि भलिबलको लागि उल्लेख्य वर्ष रहेको […]

April 9, 2020

दुई उत्कृष्ट अवार्डसहित कृपाको सहायक सेनानी कोर्स पूरा

काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड एकेडेमीकी उत्पादन तथा राष्ट्रिय भलिबल स्टार कृपा अधिकारीले दुई उत्कृष्ट अवार्डसहित नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) पदको कोर्ष पुरा गरेकी छिन् । कृपाले बुधबार २४ महिने लामो क्याडेट कोर्स पुरा गरेकी हुन् । कोर्समा महिलातर्फ पहिलो भएकी कृपाले दुई अवार्ड ‘केन अफ अनर’ र ‘बेस्ट इन एकेडेमिक अवार्ड’ […]

March 13, 2020

विनिताको खुट्टाको शल्यक्रिया गरियो

काठमाडौं (हाम्रो खेलकुद) – चोट लागेको एक सातापछि नेपाल एपिएफ क्लबकी कप्तान विनिता बुढाथोकी खुट्टाको शल्यक्रिया भएको छ । बलम्बुस्थित नेपाल एपिएफ अस्पतालमा बिहीबार उनको दायाँ खुट्टाको कुर्कुच्चामाथि शल्यक्रिया भएको एपिएफ महिला टोलीका व्यवस्थापक विजय केसीले जानकारी दिए । उनको खुट्टामा प्लास्टर पनि गरिएको जानकारी दिँदै केसीले भने, ‘शल्यक्रिया राम्रो भएको डाक्टरहरुले बताउनुभएको छ । […]

March 10, 2020

विनिताको खुट्टाको शल्यक्रिया बिहीबार

काठमाडौं (हाम्रो खेलकुद) – चोट लागेको एक सातापछि नेपाल एपिएफ क्लबकी कप्तान विनिता बुढाथोकी खुट्टाको शल्यक्रिया हुने भएको छ । बलम्बुस्थित नेपाल एपिएफ अस्पतालमा बिहीबार उनको शल्यक्रिया हुने एपिएफ महिला टोलीका व्यवस्थापक विजय केसीले जानकारी दिए । गत बुधबार नेपाल पुलिस क्लबविरुद्ध छैटौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको फाइनल खेल्ने क्रममा विनिता घाइते भएकी थिइन् […]

March 7, 2020

मानबहादुर र दिलको जोडी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्युटन पब्लिक स्कुल ‘बी’ का मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी प्रथम न्युटन–बाग्लुङ कप टु ‘ए’ साइड पुरुष खुला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग) को बिच भलिबलको समेत जोडी रहेको मानबहादुर र दिल सुनारको जोडी गण्डकी प्रदेशका सन्जुविक्रम शाह र होम पुनको जोडीलाई पराजित […]

March 6, 2020

बिच भलिबलः सन्जु र होमको जोडी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाका सन्जुविक्रम शाह र होम पुनको जोडी न्युटन–बाग्लुङ कप टु ‘ए’ साइड पुरुष खुला भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । यस्तै एपीएफका विजय थापा र राजकुमार निरौलाले पनि अन्तिम चारमा स्थान बनाएको छ ।   बालुवाटरस्थित आयोजक न्युटन हाइ स्कुलमा भएको खेलमा विजय र राजको जोडीले छन्त्याल समाज म्याग्दीका […]

March 6, 2020

स्याङ्जा स्तब्ध, बाग्लुङलाई मणिमुकुन्द भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार स्याङ्जालाई स्तब्ध पार्दै बाग्लुङले सातौ संस्करणको मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।  बिहीबार राति तिलोत्तमा २ देवकोटा पथ शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा भएको खेलमा स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै बाग्लुङले उपाधि जितेको हो । स्याङ्जामा सन्जुविक्रम शाह, हरि पाण्डे, कमल सुनार, योकेन्द्र […]

March 5, 2020

आर्मीलाई इनरुवा मेयर कप भलिबल उपाधि, राजेन्द्र सर्वाेत्कृष्ट

इनरुवा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले तेस्रो संस्करणको इनरुवा रात्रिकालिन मेयर कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सुनसरीस्थित इनरुवामा बुधबार राति भएको फाइनलमा आर्मीले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।  आर्मीले पछिल्लो एक सातामा दोस्रो उपाधि जित्न सफल भएको हो । यसअघि आर्मीले […]

March 4, 2020

एपिएफकी कप्तान विनिता पनि घाइते

नेपालगन्ज (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबकी कप्तान विनिता बुढाथोकी पनि घाइते भएकी छिन् । नेपाल पुलिस क्लबविरुद्ध बुधबार छैटौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको फाइनल खेल्ने क्रममा विनिता घाइते भएकी थिइन् । खेलको तेस्रो सेटमा पुलिस २२–१४ ले अगाडि रहेको बेलामा उनी घाइते भएकी थिइन् । विनिताको दायाँ खुट्टाको कुर्कुच्चा भन्दा केहि माथि मांशपेशीमा चोट […]

March 4, 2020

पुलिसकी उषा सर्वोत्कृष्ट

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी उषा भण्डारी छैटौ संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपालगन्जस्थित कभर्डहलमा बुधबार भएको फाइनलमा एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दा उषाले उच्च प्रदर्शन गरेकी थिइन् । युवा प्रतिभावान खेलाडी उषाले पछिल्लो समय उच्च प्रदर्शन गर्दै आएकी छिन् । सर्वाेत्कृष्ट […]

Success

Thank you for your time.