May 26, 2025
पोखरा (हाम्रो खेलकुद)- घरेलु टोली गण्डकी प्रदेशले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ लगातार पाँचौं जित दर्ता गरेको छ। लगातारको जितमा गण्डकीले फाइनल पुग्ने संभावनालाई बलियो बनाएको छ। आज पोखरा रंगशालास्थित कभर्ड हलमा भएको पुरुषतर्फको पहिलो खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। २५-१३, २५-२० र २५-२० को सहज जितमा गण्डकीले ३ अंक […]
May 26, 2025
पोखरा (हाम्रो खेलकुद)- साविक विजेता नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगको महिलातर्फ लगातार चौंथो जित निकालेको छ। आज भएको अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३-२ ले हरायो। चौथो जितसँगै पुलिसले फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ। पोखरा रंगशालास्थित को कभर्ड हलमा भएको खेलमा पुलिसले आर्मीलाई २४-२६, २५-११, २५-१९, २१-२५ र १५-९ […]
May 26, 2025
पोखरा (हाम्रो खेलकुद)- एभरेष्ट भलिबल क्लबले नवौं पिएम कप एनभिए भलिबल लिगको महिलातर्फ दोस्रो जित हासिल गरेको छ। पोखरा रंगशालास्थित कभर्ड हलमा जारी प्रतियोगिताको आजको पहिलो खेलमा एभरेष्टले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले कर्णालीलाई २५-१४, २५-७,२५-२० ले पराजित गर्यो। महिला लिगमा समान ९ अंकसहित नेपाल पुलिस क्लब शीर्ष […]
May 25, 2025
पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ दोस्रो जित निकालेको छ। विभागीय डर्बीमा आर्मीले नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा हरायो। आजको अन्तिम खेलमा आर्मीले एपिएफलाई २५-१३, २५-२० र २५ -२२ मा माथ दियो। चौथो खेलमा दोस्रो जितका साथ आर्मीले ५ अंक बनाएको छ। चार खेलमा १ जित र […]
May 25, 2025
पोखरा (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ लगातार चौथो जित निकाल्दै फाइनल पुग्ने संभावनालाई मजबुत बनाएको छ। गण्डकीले मणिमुकुन्द भलिबल क्लबलाई सहजै ३-० ले हरायो। यो जितमा गण्डकीले टिप टप हेल्प नेपालले जत्तिकै १२ अंक जोडे पनि सेट अन्तरको कारण लिग तालिकाको दोस्रो स्थानमा छ। पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा […]
May 25, 2025
पोखरा (हाम्रो खेलकुद)- टिप टप हेल्प नेपालले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ विजयी यात्रालाई चौथो खेलसम्म पुर्याएको छ। आज हेल्प नेपालले कोशी प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले २५-२१-२५-२० र २५-२२ को सोझो सेटको जित दर्ज गर्यो। १२ अंकसहित हेल्प नेपाल लिग तालिकाको शीर्षस्थानमा रहेको छ। […]
May 25, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ दोस्रो जित हात पारेको छ। पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। पोखराको कभर्ड हलमा भएको खेलमा पुलिसले एकपक्षीय दबाब बनायो। विना दबाब १५-१९, १५-९ र २५-१९ को सहज जित आफ्नो पक्षमा पार्यो। यो जितमा पुलिसले ३ अंक जोडेको छ। पुलिसको यो […]
May 25, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिग अन्तर्गत महिलातर्फ लगातार तेस्रो जित दर्ज गर्दै फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ। विभागीय डर्बीमा पुलिसले नेपाल एपिएफ क्लबलाई ३-१ ले हरायो। यो जितमा पुलिस ९ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ। पोखराको कभर्ड हलमा भएको खेलमा २५-१९ ले पहिलो सेट पुलिसले जित्यो। तर दोस्रो […]
May 25, 2025
पोखरा (हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले नवौं पिएम एनभिए भलिबल लिगको महिलातर्फ लगातार तेस्रो जित निकालेको छ। पोखरा रंगशालास्थित कभर्ड हलमामा जारी लिगको चौथो दिन आजको पहिलो खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराएको छ। पहिलो सेट गुमाएर पनि न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको छ । […]
May 24, 2025
पोखरा (हाम्रो खेलकुद)- कोशी प्रदेशले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ पहिलो जित दर्ता गरेको छ। सुदूरपश्चिम प्रदेशलाई ३-१ ले हराउँदै कोशीले पहिलो जित निकालेको हो। पोखरा रंगशालास्थित कभर्ड हलमा शनिवार दिनको सातौं खेलमा पहिलो सेट गुमाएर पनि कोशी नतिजा आफ्नो पक्षमा पार्ने सफल भएको छ। २५-२७ ले पहिलो सेट गुमाएको कोशीले त्यसपछि २५-२०,२७-२५,२५-१७ ले […]