default_image

भलिबल

April 3, 2019

राष्ट्रिय महिला भलिबलका लागि दि रिगल इंक र प्रतिष्ठान बीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताले दि रिगल इंकको साथ पाएको छ । बुधवार द रिगल इंकका निर्देशक आशुतोष अग्रवाल र प्रतिष्ठानकी उपाध्यक्ष सिता खड्काबीच सम्झौता भएको छ । सम्झौतासंगै दरवारमार्गमा रहेको द रिगल इंकले उपाधि बिजेता टिमका सदस्यलाई ४ लाख ५६ हजार बराबरको १६ जोर सुटपिस उपलब्ध गराउने सम्झौता पत्रमा […]

March 29, 2019

नेपाली भलिबल टोली क्रोएसिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबल इतिहासमै पहिलोपटक उमेर समूहको अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आइएसएप वोर्ल्ड स्कुल भलिबल च्याम्पियनसिप सहभागिता जनाउन नेपालको प्रतिनिधित्व गर्दै न्यु डायमण्ड एकेडेमीका खेलाडी शुक्रबार साँझ क्रोएसिया प्रस्थान गरेका छन् । नेपाली टोलीको कप्तानी सेटर सजिना श्रेष्ठले गरेकी छन् भने टिम प्रशिक्षकको भूमिकामा न्यु डायमण्ड एकेडेमीका प्रिन्सिपल समेत रहेका कुमार राई गरेका […]

March 29, 2019

एपीएफलाई उपाधि, रेश्मा सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल एपिएफ क्लबले जितेको छ । शुक्रबार सम्पन्न फाईनल खेलमा होंगवाजी न्यु डायमन्डलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफलले उपाधि जितेको हो । एपीएफले न्यु डायमन्डलाई २५-१२,२५-११ र २५-११ ले पराजित गरेको हो । विजेता एपिएफले २ लाख ५० हजार […]

March 28, 2019

एपीएफ र न्यु डायमन्ड उपाधिका लागि भिड्ने

काठमाडौ (हम्रो खेलकुद ) – घरेलु महिला भलिबलका दुई महारथी विभागीय नेपाल एपीएफ क्लब र होङग्वान्जी न्यु डायमन्ड एकेडेमी छैटौं सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । हल्चोकस्थित एपीएफ क्लबको भलिबल कोर्टमा बिहीबा भएको सेमिफाइनलमा एपीएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाइ तथा होङग्वान्जी न्यु डायमन्ड एकेडेमीले […]

March 27, 2019

एपीएफ र न्यु डायमन्ड समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब र होङग्वान्जी न्यु डायमन्ड एकेडेमी छैठौं सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । हल्चोकस्थित एपीएफ क्लबको भलिबल कोर्टमा बुधबार भएको समुह चरणको अन्तिम खेलमा उपाधिको दावेदार एपीएफले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ […]

March 27, 2019

भलिबल खेल्न क्रोएसिया जाने टिमलाई बिदाई

काठमाडौं नेपाली भलिबल इतिहासमै पहिलोपटक उमेर समूहको अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आइएसएप वल्र्ड स्कुल भलिबल च्याम्पियनसिप खेलन जाने नेपालको यु–१५ गल्र्स टोलीलाई बुधबार बिदाई गरिएको छ । क्रोएसियाको सोरेकमा हुने उमेर समूहको प्रतियोगितामा नेपालले गल्र्सतर्फ मात्र सहभागिता जनाउदै छ । शुक्रबार प्रतियोगितास्थल प्रस्थान गर्ने नेपाली यु–१५ टोलीलाई नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठ काजी, मदन […]

celebration new diamond

March 26, 2019

नेपालले क्रोएसियामा उमेर समूहको भलिबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको यु–१५ गल्र्स टोलीले क्रोएसियामा हुने आइएसएप वल्र्ड स्कुल भलिबल च्याम्पियनसिप प्रतियोगिता खेल्ने भएको छ । अर्काे सातादेखि हुने प्रतियोगितामा नेपालको तर्फबाट नेपाली महिला भलिबलमा चर्चित तथा लोकप्रिय न्यु डायमन्ड एकेडेमीका खेलाडीहरु हुनेछन् । इन्टरनेशनल स्कुल अफ स्पोर्टस् फेडेरेसन (आइएसएफ) ले नेपाल स्कुल स्पोर्टस् फेडेरेसन (एनएसएफ) सँग समन्वय गर्दै नेपालको तर्फबाट […]

March 25, 2019

एपीएफ र न्यु डायमन्ड विजयी

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा सोमबारबाट शुरु भएको सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा उपाधिको दावेदार विभागीय नेपाल एपीएफ क्लब र होङग्वान्जी न्यु डायमन्ड एकेडेमीले विजयी शुरुवात गरेको छ । हल्चोकस्थित एपीएफको भलिबल कोर्टमा सोमबार भएको खेलमा नेपाल एपीएफ क्लवले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै […]

March 23, 2019

आयोजक दुप्चेश्वरलाई खुल्ला पुरुष भलिबलको उपाधि

नुवाकोट (हाम्रो खेलकुद) – आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटारले दोस्रो दुप्चेश्वर खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कल्याण माध्यमिक विद्यालय समुन्द्रटारमा शनिबार भएको फाइनलमा आयोजक दुप्चेश्वरले सोसल सर्भिसलाई ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो । एकपक्षीय बनेको खेलमा दुप्चेश्वरले पहिलो सेट २५–२२ ले जितेको थियो । दोस्रो र तेस्रो सेट क्रमशः २५–२३ […]

March 22, 2019

दुप्चेश्वर र सोसल सर्भिस फाइनलमा

नुवाकोट (हाम्रो खेलकुद) – आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटार र सोसल सर्भिस दोस्रो दुप्चेश्वर खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । कल्याण माध्यमिक विद्यालय समुन्द्रटारमा शुक्रबार भएको सेमिफाइनलमा आयोजक दुप्चेश्वरले पञ्चकन्यालाई ३–० को सेटमा पराजित गर्दै उपाधिनजिक पुगेको हो । एकपक्षीय बनेको खेलमा दुप्चेश्वरले पहिलो सेट २५–१९ ले जितेको थियो । दोस्रो र तेस्रो […]

Success

Thank you for your time.