default_image

भलिबल

September 24, 2024

शिखर इन्स्योरेन्सद्वारा पुलिस टोली नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- शिखर इन्स्योरेन्स कम्पनीले माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोलीलाई मंगलवार नगदसहित सम्मान गरेको छ। शिखर इन्स्योरेन्सले पुलिस टोलीका हरेक खेलाडी , प्रशिक्षक अफिसियललाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । पूर्व मन्त्री रामकुमारी झाँक्री,शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल, सिइओ दिप प्रकाश पाण्डेलगायतले खेलाडीलाई सम्मान गरेका थिए। शिखर इन्स्योरेन्सले […]

September 23, 2024

चितवन शक्तिको ट्यालेन्ट हन्टबाट नितिशा छनोट

सुशील पन्त क्षेत्री, चितवन एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि चितवन शक्तिको ट्यालेन्ट हन्टबाट नितिशा महतो छनोट भएकी छन् । भरतपुर २२ को कभर्ड हलमा आज सम्पन्न ट्यालेन्ट हन्टबाट नितिशा चितवन शक्तिका लागि छनोट भएकी हुन् । ट्यालेन्ट हन्टमा चितवनका ३४ भलिबल खेलाडी सहभागी थिए । प्रशिक्षक अर्जुन घिमिरे र कप्तान अरुणा शाहीले उनीहरु […]

September 23, 2024

काभा क्लब च्याम्पियन पुलिस टोलीको भव्य स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोली सोमवार स्वदेश फर्केको छ। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठ, पुलिस क्लबका खेलाडी लगायतले भव्य स्वागतको गरेका थिए। माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित […]

September 23, 2024

काभा क्लब च्याम्पियन पुलिस टोली स्वदेश फर्कंदै

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोली आज स्वदेश आइपुग्नेछ । पुलिस टोली सोमवार बिहान १०:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल भलिबल संघले जानकारी दिएको छ। माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै च्याम्पियन बन्न सफल […]

September 22, 2024

चन्द नेतृत्वको उपसमितिले प्रतिवेदन बुझायो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दको संयोजकत्वमा गठित उपसमितिले भलिबल कभर्ड हल निर्माणका लागि सम्भावित जग्गाहरुको सुचीसहितको प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुझाएको छ । एक महिनाको स्थलगत अध्ययनपछि तयार पारिएको प्रतिवेदन चन्द नेतृत्वको टोलीले आइतबार राखेप सदस्य सचिव टंकलाल घिसिङलाई बुझाएको छ । सदस्य सचिव स्तरीय निर्णयले चन्दको संयोजकत्वमा अन्तर्राष्ट्रिय […]

September 22, 2024

ज्याक्युशा ललितपुर क्विन्सको ट्यालेन्ट हन्ट बाट छनोट

काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा भलिबल सिकेकी ज्याक्युशा थापाले ललितपुर क्विन्स बाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। जावलाखेल भलिबल तालिम केन्द्रमा शनिवार भएको ट्यालेन्ट हन्ट मार्फत ज्याक्युशा ललितपुर क्विन्सका लागि छनोट भएकी हुन् । करिब ४५ जना सहभागीबाट ज्याक्युशा छनोट हुन सफल भएकी हुन् । ललितपुर स्थित नखिपोटमा बस्ने ज्याक्युशाको बुवा सिंगापुर […]

September 22, 2024

डिभि ट्राभल्सलाई पार्क भलिबल उपाधि, सन्जुविक्रम सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – डिभि ट्राभल्सले फोर ए साइड पुरुष पार्क भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार भएको फाइनलमा युके लन्डन टिमलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो । उपाधिसँगै डिभि ट्राभल्सले १ लाख १ हजार रुपैयाँ, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो […]

September 22, 2024

काभा क्लब च्याम्पियनसिप- उषा सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी उषा भन्डारी काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको थियो । विधागत उत्कृष्ट खेलाडीको पुलिसको बर्चस्व रह्यो । उषाबेस्ट अपोजिट हिटर घोषित भइन् । सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ […]

September 21, 2024

पुलिस काभा महिला क्लब च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब काभा महिला क्लब च्याम्पियनसिपमा च्याम्पियन बनेको छ। माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै च्याम्पियन बन्न सफल रह्यो । पहिलो सेट २५-१६ ले जितेको पुलिसले दोस्रो सेट २५-२२ ले जितेको थियो । तेस्रो सेटमा २५-२३ को जित […]

September 21, 2024

मधेश युनाइटेडकाे ट्यालेन्ट हन्टबाट छानिइन् मीना

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि मधेश युनाइटेडले ट्यालेन्ट हन्टबाट मीना चौधरीलाई छनोट गरेको छ । शुक्रबार वीरगंजको ज्ञानदा एकेडेमीमा भएको ट्यालेन्ट हन्ट कार्यक्रमबाट मधेश टिमका मुख्य प्रशिक्षक भरत यादव र टिम व्यवस्थापकहरुको टोलीले मीनालाई छनोट गरेको हो । एक दिन ट्यालेन्ट हन्ट कार्यक्रममा यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नखेलेका प्रतिभावाना खेलाडीहरु उपस्थित […]

Success

Thank you for your time.