default_image

भलिबल

May 29, 2022

अमेरिकामा नेपाली समुदयाबीच भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको क्यालिफोर्नियामा नेपाली समुदायबीच भलिबल प्रतियोगिता हुने भएको छ ।क्यालिफोर्नियास्थित एलामेडा प्वाइन्ट जिमको इन्डोर कभर्डहलमा हुने नेप्लिज कम्युनिटी भलिबल प्रतियोगितामा अमेरिकामा रहेका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीले सहभागिता जनाउनेछ । दुई दिन २८ र २९ मार्चमा हुने प्रतियोगितामा पुर्व राष्ट्रिय खेलाडी रोमन श्रेष्ठसँगै नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका पुर्व कप्तान […]

May 29, 2022

कामनाको पुलिससँग उषाको टोलीको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टसम्मिलित पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा अर्काे जित निकालेको छ । माल्दिभ्सको मालेमा शनिबार राति भएको खेलमा कामना सम्मिलित पुलिसले नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारीसम्मिलित दिबेही सिफान्जी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले पहिलो […]

May 27, 2022

अरुणा सोमबार नेदरल्यान्ड्स जाने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि सोमबार नेदरल्यान्ड्स जाने भएकी छन् । नेपाल भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन् । पाँच वर्ष अघि राष्ट्रिय टोलीकी सदस्य प्रतिभा मालीले पनि नेदरल्यान्ड्समा प्रशिक्षण लिएकी थिइन् । नेदरल्यान्ड्स भलिबल संघका प्रबन्धक पिटर भान तरेल नेपाल […]

May 27, 2022

कामनासम्मिलित पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टसम्मिलित पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा विजयी सुरुवात गरेको छ । माल्दिभ्सको मालेमा बिहीबार राति भएको खेलमा पुलिसले क्लब इगललाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा पुलिस २५–१९ ले विजयी भयो । दोस्रो […]

May 26, 2022

उषासम्मिलित दिबेही सिफान्जीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारीसम्मिलित दिबेही सिफान्जी क्लबले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ सुखद सुरुवात गरेको छ । माल्दिभ्सको मालेमा भएको खेलमा दिबेही सिफान्जीले आफ्नो पहिलो खेलमा क्लब हाल्फलाइन लिक्केजलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । एकपक्षीय बनेको खेलमा दिबेहीले २५–५, २५–१३ र […]

May 22, 2022

भलिबल दिवसमा विविध कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद) – जेठ ८ अर्थात भलिबल दिवस आज देशैभर विविध कार्यक्रम गरि मनाइएको छ । सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि सोही दिनलाई भलिबल दिवसको रुपमा देशैभर मनाउँदै आइरहेको छ । तत्कालिन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पहलमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले मन्त्रीपरिषदबाट २०७४ साल […]

May 22, 2022

भलिबल दिवसमा आज विविध कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद) – आज जेठ ८ अर्थात भलिबल दिवस । सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा आज भलिबल दिवसलाई विविध कार्यक्रम गरेर मनाईदैछ । नेपाल भलिबल संघले कुनै औपचारिक कार्यक्रमको जानकारी नगराएपनि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले मैत्रीपूर्ण खेल लगायत, विविध कार्यक्रमको आयोजना गरिने जनाएको छ । यस्तै महिला भलिबलमा छुट्टै पहिचान बनाउन […]

May 17, 2022

उषा र कामनाले माल्दिभ्सको भलिबल लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली तथा नेपाल पुलिस क्लबका स्पाइकरद्वय उषा भण्डारी र कामना विष्टले माल्दिभ्सको भलिबल लिग खेल्ने भएका छन् । घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट व्यवसायिक खेल खेल्दै आएकी उषा र कामनाले पहिलोपटक विदेशी लिग खेल्न लागेकी हुन् । माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मे १९ देखि ३१ […]

May 17, 2022

कप्तान अरुणा प्रशिक्षणका लागि नेदरल्यान्ड्स जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि नेदरल्यान्ड्स जाने भएकी छन् । नेपाल भलिबल संघको पहलमा नेदरल्यान्ड्स जान लागेको अरुणाले बताएकी छिन् । नेदरल्यान्ड भलिबल संघको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन् । उनी जाने मिति भने तय हुन बाँकी छ । पाँच वर्ष अघि राष्ट्रिय टोलीकी सदस्य प्रतिभा मालीले […]

May 10, 2022

प्रतिभालाई समेट्दै एसियाडलाई भलिबलको खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – चोटबाट पूनरागमन गर्ने प्रयासमा रहेकी स्टार प्रतिभा मालीलाई समेट्दै नेपाल भलिबल संघले चीनको हाङ्गझाउमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) का लागि पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ । संघका महासचिव जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल […]

Success

Thank you for your time.