default_image

2 years ago

February 17, 2022

अनुभवी ज्ञानेन्द्र र शरदमाथि प्रशिक्षक पुबुदुको विश्वास

मस्कट (हामो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा अनुभवी ब्याटर शरद भेषावकर र ज्ञानेन्द्र मल्ल टोलीलाई आवश्यक रहेको बताएका छन् । ओमानसँग खेल्नुअघि पुबुदुले शरद र ज्ञानेन्द्र दुबैलाई राख्नुको बारे बताउँदै उक्त प्रतिक्रिया दिएका हुन् । नेपालले दुई दिनअघि युवा बायाँ हाते ब्याटर कुशल […]

126 views

0 Bookmark

मस्कट (हामो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा अनुभवी ब्याटर शरद भेषावकर र ज्ञानेन्द्र मल्ल टोलीलाई आवश्यक रहेको बताएका छन् । ओमानसँग खेल्नुअघि पुबुदुले शरद र ज्ञानेन्द्र दुबैलाई राख्नुको बारे बताउँदै उक्त प्रतिक्रिया दिएका हुन् ।

नेपालले दुई दिनअघि युवा बायाँ हाते ब्याटर कुशल मल्ललाई वैकल्पिक खेलाडीमा राख्दै ज्ञानेन्द्र र शरद दुबैलाई अन्तिम १४ मा राखेको थियो । चार देश सम्मिलित टि२० आई सिरिजमा खराब प्रदर्शनका बाबजुद पनि दुवै खेलाडी अन्तिम १४ मा रहेपछि चर्को आलोचना भएको थियो । तर प्रशिक्षक पुबुदुले अनुभवको कारण आवश्यक रहेको बताउँछन् ।

‘ज्ञानेन्द्र र शरदमा मलाई धेरै विश्वास छ । किनभने यो प्रतियोगिता युवा प्रतिभाले मात्र खेल्न सकिदैन । मलाई विश्वास छ अहिले बाहिर रहेका युवा खेलाडीले नेपाली क्रिकेटका लागि लामो समय खेल्नेछन् । राम्रो प्रदर्शन पनि गर्नेछन् । तर अहिलेको प्रतियोगितामा ब्याटिङ क्रममा अनुभवी खेलाडीको आवश्यक छ । पछिल्ला तीन खेलको प्रदर्शनबाट बलिङबाट खुसी छु’, पुबुदुले शरद र ज्ञानेन्द्र दुबैलाई अन्तिम १४ मा राखेको कारण बताए ।

‘शरद ३–४ ओभरमा ३०–३५ रन बनाउन सक्छन् । इपिएल र अभ्यास खेलमा राम्रो गरेका छन् । अनुभवको कारण टोलीमा परेका हुन् । आसिफ शेख र कुशल भर्तेल यस प्रतियोगिता उत्कृष्ट ओपनर हुन् । दीपेन्द्रले चौथो नम्बरमा राम्रो ब्याटिङ गरेका छन्,’तेस्रो नम्बरमा ज्ञानेन्द्र आउने संकेत गर्दै उनले भने, ‘मध्यक्रममा अनुभवी खेलाडीको आवश्यक छ । यो उच्च दबाब भएको प्रतियोगिता हो । अनुभवले फरक पार्छ ।’

‘मलाइ लाग्छ अहिले सम्मको टिमबाट म सन्तुष्ट छु । चार देश सम्मिलित टि२० सिरिजले सहयोग गरेको छ । यो प्रतियोगिता राम्रो गर्ने सोचमा छौं, पुबुदुले टिमबारे भने, ‘मलाई लाग्छ १७ जना खेलाडीलेनै कडा मिहिनेत गरेका छन् । अहिलेको अवस्थामा यो हाम्रो राम्रो टोली हो ।’

नेपालले ओमान टि२० सिरिजमा आरिफ शेखलाई तीव्र गतिको बलिङ अलराउन्डरको रुपमा प्रयोग गरेको थियो । उनको भूमिका टोलीलाई आवश्यक परे अनुसार प्रयोग गर्न सकिने पुबुदुले बताए । ‘आरिफ पक्कैपनि बल र ब्याट दुवै योगदान दिन सक्ने खेलाडी हुन् । हामी उनीबाट मध्यक्रममा ब्याटिङ र केहि ओभर बलिङ आशा गछौं । अलराउन्डर विवेक यादव पनि राम्रो छ । टिम धेरै सन्तुलित छ,’ पुबुदुले भने ।

नेपालले तीनै खेलमा फिल्डिङमा भने कमजोर प्रदर्शन गरेको छ । युएईसँग हार्नुमा कमजोर फिल्डिङ एक कारण थियो । पुबुदुले फिल्डिङ महत्त्वपूर्ण प्रभाव पार्ने बताउँछन् । ‘फिल्डिङ महत्त्वपूर्ण हुन्छ । मलाई लाग्छ बलिङमा मौका बनाउने अवसर हो । हामीले सामान्य फिल्डिङ गरेका थियौं । त्यो कन्डिसनमा भर पर्छ । केहि समय समाउन कठिन पर्न सक्छ । हामी हरेक क्याच समाउन चाहन्छौं । पछिल्लो केहि दिनमा फिल्डिङमा सुधार गरेका छौं । मैले हाम्रो टोली प्रतियोगिताकै उत्कृष्ट फिल्डिङ टोली हुने अपेक्षा गरेको छु’, उनले भने ।

पुबुदुले ओमानसँगको खेलले धेरै प्रभाव पर्ने बताए । ‘ओमानसँगको खेल धेरै महत्त्वपूर्ण छ । सर्वाधिक महत्वपूर्ण ओमानसँगको खेल हो । क्यानडा कमजोर मान्नु हुँदैन । उनीहरु धेरै राम्रो हुन् । ओमानविरुद्ध हामीले उत्कृष्ट क्रिकेट खेल्न आवश्यक छ’, पुबुदुले भने ।

नेपाल र ओमानबीचको खेल मध्यान्ह ११:४५ मा अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । समूह ए मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । समूह बी मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स छन् । नेपालले शुक्रबार ओमान, शनिबार फिलिपिन्स र सोमबार क्यानडासँग खेल्नेछ । शीर्ष दुईमा रहनसके मंगलबार सेमिफाइनल खेल्नेछ । फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपाल पनि दाबेदार टोली हो ।

यो पनि : कुशललाई बाहिर राख्दै शरद र ज्ञानेन्द्रमाथि जोखिम

आसिफले देखाएको खेल भावनाको चौतर्फी प्रशंसा

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.