default_image

2 years ago

February 19, 2022

कुशल बने ‘प्लेयर अफ द म्याच’

152 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल आइसिसी टि२० विश्वकप छनोट ए मा फिलिपिन्सविरुद्ध खेलको प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई १ सय ३६ रनको फराकिलो जित दिलाउन शतक प्रहार गरेका कुशल खेलको प्लेयर अफ द म्याच चुनिएका हुन् ।

मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो । ओपनर कुशल भुर्तेल ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेलेका थिए । कुशलले ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका गरेका थिए । कुशल नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी हुन् । टि२० आईमा शतक प्रहार गर्ने पारस खड्का पहिलो र ज्ञानेन्द्र मल्ल दोस्रो खेलाडी हुन् ।

अर्का युवा ब्याटर दीपेन्द्रसिंह ऐरी ४७ बलमा ६ चौका र ४ छक्का सहित ८३ रनमा आउट भए । तेस्रो विकेटका लागि कुशलले दीपेन्द्रले मिलेर १ सय ७१ रनको कीर्तिमानी शतकीय साझेदारी गरेका थिए । जुन नेपाली टि२० आईमा कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।

२ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रन बनायो । फिलिपिन्सका ओपनर ड्यानियल स्मिथले २७ बलमा २ चौकासहित २० रन बनाए । जोर्डन अलेग्रा ३२ बलमा २ चौका सहित सर्वाधिक २७ रनमा अविजित रहे । कप्तान जोनाथन हिलले २९ बलमा ११ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

सन्दीप लामिछानेले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । नेपालका अभिनाश बोहरा, गुलशन झा, कुशल मल्ल, जितेन्द्र मुखिया र दीपेन्द्रसिंह ऐरीले –१ विकेट लिए ।

नेपाल समूह बी मा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल सोमबार क्यानडासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपाल समूह विजेता रुपमा सेमिफाइनल खेल्नेछ । पराजित हुँदा पनि नेटरनरेटको आधारमा सेमिफाइनल खेल्ने सम्भावना उच्च छ ।

यो पनि :

ओमानको सानदार जित, रोमान्चक सेमिफाइनल समिकरण

फिलिपिन्समाथि नेपालको फराकिलो जित

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

Success

Thank you for your time.