default_image

2 years ago

February 24, 2022

ओमानलाई हराउँदै नेपाल विश्वकप छनोटमा तेस्रो

135 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले घरेलु टोली ओमानलाई हराउँदै आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो बनेको छ । तेस्रो स्थानको लागि भएको खेलमा नेपालले बिहीबार ओमानलाई ९ विकेटले हराउँदै नेपाल विश्वकप छनोट अन्त्य गरेको हो ।

८८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितका ओपनर कुशल भुर्तेल ५३ बलमा ३ चौका र २ छक्कासहित ५५ रनमा अविजित रहे । कुशलले ४२ औं बलमा आफ्नो टि२० आई करिअरको पाचौं अर्धशतक पूरा गरेका थिए । उनी नेपालबाट टि२० आईमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाड बनेका छन् ।

विजयी चौका प्रहार गरेका आरिफ शेख २७ बलमा १ चौकासहित २१ रनमा अविजित रहे । ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.३ ओभरमा ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । आसिफ १८ बलमा १ चौकासहित १३ रनमा क्याच आउट भए ।

त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस जितेर पहिला ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको थियो। ओमानका कप्तान जिशान मकसुदले २८ बलमा ३ चौकासहित सर्वाधिक २१ रन बनाए । कलिमुल्लाह १४ र नसिम खुसी १५ रनमा आउट भए । अन्य ब्याटरले सम्झन योग्य प्रदर्शन गर्न सकेनन् ।

दोस्रो ओभरको दोस्रो बलमा ओपनर कश्याप प्रजापतिसँग तालमेल नमिल्दा जतिन्दर सिंह दुई रनमा रन आउट भए । कमलसिंह ऐरीको तेस्रो ओभरको चौथो बलमा ठूलो सट खेलेका शोएब खान तीन रनमा सन्दीप लामिछानेबाट क्याच आउट भए । अभिनाश बोहराको पाँचौं ओभरको चौथो बलमा कश्याप प्रजापति सन्दीप लामिछानेबाट पाँच रनमा आउट भए ।

सन्दीपले मोहम्मद नदिमलाई १ रनमा ज्ञानेन्द्र मल्लबाट क्याच गराए । जिशान मकसुदलाई आरिफ शेखले दीपेन्द्रबाट २१ रनमा क्याच गराउँदै ओमानलाई ११.५ ओभरमा ४२–५ को कमजोर अवस्थामा पुर्याएका थिए । तल्लोक्रमका अयान खान १६, सन्दीप गौड १ र नेस्टर धम्बा ५ रनमा आउट भए । नसिम खुसी १५ बलमा १ छक्कासहित १५ रनमा आउट भए ।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरी, अभिनाश बोहरा आरिफ शेख र सागर ढकालले १–१ विकेट लिए ।

नेपाल पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) सँग ६८ रनले पराजित हुँदै आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकपबाट बन्चित भएको थियो । नेपाल समूह बी बाट अपराजित रहँदै सेमिफाइनल खेलेको थियो । नेपालले समूह चरणमा ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले हराएको थियो ।

तर जित्नै पर्ने खेलमा युएईसँग पराजित भएपछि विश्वकप पुग्न सकेन । नेपालले अव मार्च तेस्रो साता आइसिसी विश्वकप लिग २ अन्तर्गत युएईमा पपुवा न्युगिनी त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । नेपालले पपुवा न्युगिनीसँग १६ मार्चमा खेल्दै सिरिजको सुरुवात गर्नेछ ।

यो पनि : नेपालले युएईमा खेल्ने विश्वकप लिग–२ को खेल तालिका सार्वजनिक

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

Success

Thank you for your time.