default_image

2 years ago

February 24, 2022

सन्दीप बने खेलको ‘प्लेयर अफ द म्याच’

145 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो स्थानको लागि ओमानसँग भएको खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई ९ विकेटको सहज जित दिलाउन सन्दीपले बलिङमा उच्च प्रदर्शन गरेका थिए ।

सन्दीपले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिएपछि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस जितेर पहिला ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको थियो ।

सन्दीप विश्वकप छनोटमा पाँच मध्य दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिएका हुन् । यसअघि सन्दीप क्यानडाविरुद्ध आफ्नो टि२० आई करिअरकै पहिलो टि२० आई प्लेयर अफ द म्याच चुनिएका थिए । उक्त खेलमा क्यानडा १५ ओभरमा ८० रनमा अल आउट गर्न सन्दीपले ४ ओभरमा १२ रन खर्चेर मध्यक्रमका महत्वपूर्ण ३ विकेट लिएका थिए ।

ओमानले प्रस्तुत गरेको ८८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्दै तेस्रो बन्यो । नेपालको जितका ओपनर कुशल भुर्तेल ५३ बलमा ३ चौका र २ छक्कासहित ५५ रनमा अविजित रहे । विजयी चौका प्रहार गरेका आरिफ शेख २७ बलमा १ चौकासहित २१ रनमा अविजित रहे ।

नेपाल पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरव इमिरेट्स ९(युएई) सँग ६८ रनले पराजित हुँदै आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकपबाट बन्चित भएको थियो । नेपाल समूह बी बाट अपराजित रहँदै सेमिफाइनल खेलेको थियो । नेपालले समूह चरणमा ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले हराएको थियो ।

नेपालले अव मार्च तेस्रो साता आइसिसी विश्वकप लिग २ अन्तर्गत युएईमा पपुवा न्युगिनी त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । नेपालले पपुवा न्युगिनीसँग १६ मार्चमा खेल्दै सिरिजको सुरुवात गर्नेछ ।

ओमानलाई हराउँदै नेपाल विश्वकप छनोटमा तेस्रो

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

Success

Thank you for your time.