default_image

2 years ago

February 24, 2022

किशनको उत्कृष्ट ब्याटिङसँगै श्रीलंकालाई विशाल लक्ष्य

81 views

0 Bookmark

एजेन्सी – युवा विकेटकिपर तथा ओपनर ईशान किशनको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले पहिलो टि२० आई खेलमा श्रीलंकालाई २ सय रनको विशाल लक्ष्य दिएको छ । लखनऊमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९९ रन बनायो ।

भारतका ईशान किशनले ५६ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ८९ रनको उत्कृष्ट ब्याटिङ गरे । किशनको यो टि२० आई करिअरको उच्च प्रदर्शन समेत हो । अर्का युवा ब्याटर श्रेयस ऐर २८ बलमा ५ चौका र २ छक्कासहित ५७ रनमा अविजित रहे ।

ओपनर रोहित शर्मा र किशनले पहिलो विकेटका लागि ११.५ ओभरमा १ सय ११ रनको शतकीय साझेदारीको साथ उत्कृष्ट सुरुवात दिलाए । रोहितलाई लाहिरु कुमाराले ४४ रनमा बोल्ड आउट गरे । बोल्ड हुनुअघि रोहितले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

किशन कप्तान दासुन शनकाको १७ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्नेक्रममा जनिथ लियानागेबाट क्याच भएपछि शतक बनाउन ११ रनले चुकेका थिए । रविन्द्र जडेजा ३ रनमा अविजित रहे ।

श्रीलंका लाहिरु कुमारा र दासुन शनकाले १–१ विकेट लिए ।

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

Success

Thank you for your time.