default_image

2 years ago

February 25, 2022

लगातार तेस्रो जितसँगै एपिएफ फाइनलमा

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब काठमाडौंमा जारी दोस्रो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा लगातार तेस्रो जितका साथ फाइनलमा पुगेको छ । एपिएफले तेस्रो खेलमा ललितपुर मेयर्स–११ लाई ७ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

जितको लागि ८१ रनको सामान्य विजयी लक्ष्य एपिएफले १३ अ‍ेभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । एपिएफको जितमा ओपनर ज्योति पाण्डे ४५ बलमा ११ चौकासहित ५६ रनमा अविजित रहिन् । सिताराना मगर १, ममता चौधरी ५ र सरिता मगर ८ रनमा आउट भइन् । रोमा थापले १७ बलमा १ चौकासहित ११ रनमा अविजित रहिन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाउँदै ८० रन बनाएको थियो । ललितपुरको लागि सुमन खतिवडाले ३५ बलमा २ चौकासहित सर्वाधिक ३० रन बनाइन् । आरती बिडारी २४ बलमा २ चौकासहित २१ रनमा अविजित रहिन् । एपिएफकी करुणा भण्डारी र सुमन विष्टले १–१ विकेट लिए ।

एपिएफ ३ खेलमा ३ मा नै जितका साथ शीर्षस्थानमा छ । एपिएफले अन्तिम खेलमा लुम्बिनी प्रदेशसँग आइतबार प्रतिस्पर्धा गर्नेछ । एपिएफले पहिलो खेलमा प्रदेश १ र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई समान ६ विकेटले हराएको थियो । लगातार तेस्रो हारसँगै ललितपुर भने सेमिफाइनल दौडबाट बाहिरिएको छ ।

ललितपुर पहिलो खेलमा सुदूरपश्चिमसँग ५८ रन र दोस्रो खेलमा लुम्बिनीसँग २ रनले पराजित भएको थियो । ललितपुरले आफ्नो अन्तिम खेल आइबार प्रदेश १ सँग खेल्नेछ । ललितपुर महानगरपालिका आर्थिक सहयोगमा यो प्रतियोगिता क्यानले गरेको आयोजना गरेको हो ।

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

Success

Thank you for your time.