default_image

2 years ago

February 25, 2022

ईश्वरीको उत्कृष्ट बलिङमा प्रदेश १ माथि सुदूरपश्चिमको सहज जित

100 views

0 Bookmark

काठमाडौं( हाम्रो खेलकुद) – बायाँ हाते तीव्र गतिकी बलर ईश्वरी विष्टको उत्कृष्ट बलिङको सहयोगमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा प्रदेश १ माथि ६ विकेटको सहज जित हात परेको छ । यो जितसँगै सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

५३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको सुदूरले १० ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । उसको जितमा विन्दु रावलले २८ बलमा ४ चौकासहित २७ रन बनाइन् । रेवति धामी ४, रुवि पोद्दार २ र ऋतु कनोजिया ९ रनमा आउट भइन् । कविता कुँवर ६ र सम्झना खड्का १ रनमा अविजित रहिन् । प्रदेश १ की कप्तान रुविना क्षेत्रीले सर्वाधिक २ विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश-१ ले १८.४ ओभरमा ५२ रनमा अल आउट भयो । प्रदेश १ की सङ्गिता राइले २९ बलमा सर्वाधिक १२ रन बनाइन् । सबनम राईले १८ बलमा १० रन बनाइन् । कप्तान रुविना क्षेत्री बेलबासे ८, काजल श्रेष्ठ ७, अप्सरी बेगम २ रनमा आउट भइन् । राष्ट्रिय महिला टोलीका पाँच खेलाडी सम्मिलित प्रदेश १ ईश्वरीको उत्कृष्ट बलिङको सहयोगमा ५२ रनमै अल आउट भएको थियो ।

ईश्वरीले रुविना, निग्मा तामाङ र लखिता राजवंशीलाई बोल्ड आउट गरेकी थिइन् । काजल श्रेष्ठलाई सम्झना खड्बाट क्याच गराइन् । शीर्ष पाँच मध्य चार विकेट लिएपछि प्रदेश १ सस्तैमा समेटिएको थियो । ईश्वरीले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ४ विकेट लिइन् । कविजा जोशी र सम्झना खड्काले २–२ विकेट लिइन् । कविता कुँवर र ऋतु कनोजियाले १–१ विकेट लिए ।

सुदूरले शनिबार लुम्बिनी प्रदेशलाई हराए फाइनलमा स्थान बनाउने छ । सुदूरले पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई ५८ रनले पराजित गर्दा एपिएफसँग ६ विकेटले हारेको थियो । एपिएफ ३ खेलमा ६ अंकका साथ एक खेल अगावै फाइनलमा पुगि सकेको छ ।

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

Success

Thank you for your time.