default_image

4 years ago

February 25, 2022

आइपिएलमा चेन्नई र बेंगलोर एकै समूहमा

232 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोर एकै समूहमा परेका छन् । आइपिएलका १० फ्रेन्चाइज टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोर एकै समूहमा परेका छन् ।

आइपिएलको १५ औं संस्करण मार्च २६ देखि २९ मे सम्म हुने भएको छ । समूह ए मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट छन् । समूह बी मा चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बेंगलोर, पन्जाब किंग्स र गुजरात टाइटन्स छन् ।

आइपिएल लिगका ७० खेल चार स्टेडियममा हुनेछ । वानखडे स्टेडियम मुम्बईमा सर्वाधिक २० खेल हुनेछन् । हरेक टोलीले चार खेल वानखडे स्टेडियममा खेल्नेछन् । हरेक फ्रेन्चाइज टोलीले कुल १४ खेल खेल्नेछन् । ७ होम र ७ अवे मैदानमा खेल्नुपर्ने हुन्छ । लिगका ७० खेलसँगै प्लेअफका ४ खेल हुनेछन् ।

पाँच टोलीले दुई दुई खेल खेल्नेछन् । अन्य बाँकी चार टोलीबीच एक एक खेल हुनेछन् । जसमा दुईमा दुई होम र दुई अवेमा हुनेछन् । आइपिएल जितेको टोली र फाइनल खेलेको संख्याको आधारमा दुई समूहमा विभाजन गरिएको हो । आइपिएलमा सर्वाधिक उपाधि मुम्बईले ५ र चेन्नईले ४ जितेका छन् । मुम्बईले ६ पटक फाइनल र चेन्नईले ९ पटक फाइनल खेलेका थिए ।

आइपिएल अक्सनका सर्वाधिक महँगा २० खेलाडी

आइपिएलमा नबिकेका राष्ट्रिय टोलीका ४ कप्तान

सन्दीप आइपिएलमा नबिक्नुको प्रमुख पाँच कारण

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.