default_image

4 years ago

February 15, 2022

आइपिएल अक्सनका सर्वाधिक महँगा २० खेलाडी

180 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन आइतबार सम्पन्न भएको छ । शनिबार र आइतबार बेंगलोरमा चलेको अक्सनमा कुल ६ सय विदेशी खेलाडी सहभागी थिए । २ सय ४ खेलाडीलाई १० फ्रेन्चाइज टोलीले अक्सनमा खरिद गरेका छन् ।

अक्सनमा १ सय ३७ भारतीय र ७७ विदेशी खेलाडी ब्रिक्री भए । अक्सनमा कुल ५५१.७ भारु खर्च भएको छ । एक टोलीले बढीमा ९० करोड भारु खर्च गर्न पाउने थिए । मेगा अक्सनमा यो पटक सर्वाधिक महँगो मूल्यमा भारतीय युवा विकेटकिपर ईशान किशन बिक्री भए । उनलाई मुम्बई इन्डियन्सले १५ करोड २५ लाख भारुमा अनुबन्ध गर्यो । दीपक चाहरले पनि चेन्नईमा अप्रत्याशित मूल्य पाए ।

आइपिएल अक्सनमा महँगो मूल्य पाउने अधिकांश भारतीय खेलाडी छन् । फ्रेन्चाइज टोलीले यस पटक भारतीय खेलाडीलाई बढी प्राथमिकतामा राखेका थिए । अक्नसमा विक्ने अधिकांश अलराउन्डर छन् । तीव्र गतिका बलिङ अलराउन्डरले बढी मूल्य पाएका थिए । आइपिएल २०२२ को मेगा अक्सनमा सर्वाधिक महँगो मूल्य पाउने २० खेलाडी यस प्रकार छन्

२०. शिखर धवन, ८ करोड २५ लाख भारु

भारतीय बायाँ हाते अनुभवी ब्याटर शिखर धवनलाई पन्जाब किंग्सले ८ करोड २५ लाख भारुमा किनेको थियो । पछिल्लो दुई सिजन दिल्ली लगातार फाइनलमा पुग्दा धवनको योगदान महत्वपूर्ण थियो ।

दिल्लीलाई पहिलो पटक फाइनलमा पुर्याउन धवनले २०२१ मा उत्कृष्ट प्रदर्शन गरेका थिए । धवनले २०१९ देखि २०२१ सम्म दिल्लीबाट खेले । २०१४ देखि २०१८ सम्म हैदराबादबाट खेलेका थिए । २०१६ मा हैदराबादले उपाधि जित्दा धवन टोलीका महत्वपूर्ण सदस्य थिए ।

२०१४ देखि २०१७ सम्म धवनले १२ करोड ५० लाख भारु पाउँदै आएका थिए । २०१८ मा उनले ५ करोड २० लाख भारु पाएका थिए । धवनले गतवर्ष आइपिएलमा लगातार दुई शतक प्रहार गरेका थिए । जुन आइपिएल इतिहासमा लगातार दुई शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । सुरुवाती केहि समय लिएर खेल्ने धवन क्रिजमा टिकेपछि राम्रो अन्त्य गर्ने गर्दछन् ।

१९. टिम डेविड, ८ करोड २५ लाख भारु

सिंगापुर राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर टिम डेविडलाई मुम्बई इन्डियन्सले ८ करोड २५ लाखमा किनेको थियो । पछिल्लो समय विश्व क्रिकेटको विभिन्न फ्रेन्चाइज लिगमा प्रभाव जमाइरहेका डेविडले घरेलु क्रिकेट भने अष्ट्रेलियाबाट खेल्दै आएका छन् । सिंगापुरमा जन्मिएका डेविडले आफ्नो बाल्यकाल सिंगापुरमा बिताएका थिए । अष्ट्रेलियाकै नागरिक भएपनि जन्मस्थान सिंगापुर भएकाले आइसीसीको नियम अनुसार उनले सिंगापुरबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउँछन् ।

डेविडले सन् २०१९ मा विश्वकप छनोट दौरान नेपालविरुद्ध सानदार प्रदर्शन गरेका थिए । नेपालविरुद्ध महत्त्वपूर्ण खेलमा ४३ बलको सामना गर्दै ७७ रन जोडेका डेविड म्यान अफ द म्याच भएका थिए । उनी उक्त छनोट प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए । हाल पाकिस्तान सुपर लिगमा मुल्तान सुल्तानबाट पनि उत्कृष्ट प्रर्दशन गरि राखेका छन् ।

१८. शिम्रन हेटमायर, ८ करोड ५० लाख भारु

वेस्टइन्डिजका विष्फोटक ब्याटर शिम्रन हेटमायरलाई राजस्थान रोयल्सले अक्सनमा ८ करोड ५० लाख भारु खर्चेको थियो । मध्यक्रममा विष्फोटक ब्याटिङको क्षमता राख्न सक्ने हेटमायरलाई दिल्लीले यस सिजनमा फुकुवा गरेको थियो ।

गत वर्ष दिल्लीले हेटमायरलाई ७ करोड ७५ लाखमा किनेको थियो । हेटमायरलाई २०२० मा दिल्लीले ७ करोड ७५ लाख भारुमा किनेको थियो । त्यसको अघिल्लो सिजन बेंगलोरबाट ४ करोड २० लाखमा खेलेका थिए । बायाँ हाते मध्यक्रमका भरपर्दा आक्रामक शैलीका ब्याटर सबै फ्रेन्चाइजलाई आवश्यक पर्दा महँगो मूल्य पाएका हुन् । उनले वेस्टइन्डिजबाट ४२ टि२० आईमा ६ सय ६६ रन बनाएका छन् ।

१७. राहुल त्रिपाठी, ८ करोड ५० लाख

आइपिएलमा ओपनर र शीर्षक्रममा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका राहुल त्रिपाठीलाई सनराइजर्स हैदराबादले ८ करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो । गतवर्ष कोलकताबाट राहुलले १७ खेलमा ३ सय ९७ रन बनाएका थिए ।

भरपर्दा ब्याटर हुँदा उनलाई लिन धेरै फ्रेन्चाइज टोलीले रुचि देखाएका थिए । न्यूनतम ४० लाख भारु मूल्य राखेका उनलाई कोलकता, चेन्नई र हैदराबादबीच प्रतिस्पर्धा भएपछि करोडको मूल्य पाएका थिए ।

१६. जेसन होल्डर, ८ करोड ७५ लाख भारु

वेस्टइन्डिजका अलराउन्डर जेसन होल्डरलाई लखनऊ सुपर जायन्टसले ८ करोड ७५ लाख भारु खर्चेर अनुबन्ध गर्यो । वर्तमान समयका एक उत्कृष्ट अलराउन्डर होल्डरले न्यूनतम मूल्य १ करोड ५० लाख रुपैयाँ राखेका थिए । मुम्बई, चेन्नई, राजस्थान र लखउनबीच प्रतिस्पर्धा भएको थियो ।

होल्डर तीव्र गतिसँगै आक्रामक ब्याटिङको क्षमता राख्छन् । अग्ला कदका होल्डरको पछिल्लो समय लय पनि उत्कृष्ट छ । केहि दिन अघिमात्र भारतसँग तेस्रो ओडिआई खेलमा चार विकेट र पहिलो ओडिआईमा ५७ रन बनाएपछि झन् बढी फ्रेन्चाइज टोली आर्कषित भएका थिए । जनवरी अन्तिममा इंग्ल्यान्डसँगको पाँच टि२० आई सिरिज वेस्टइन्डिजले ३–२ ले जित्दा होल्डर प्लेयर अफ द सिरिज चुनिएका थिए ।

पाँचौं खेलमा ह्याट्रिक सहित पाँच विकेट र पहिलो खेलमा ७ रन खर्चेर ४ विकेट लिएका थिए । दोस्रो खेलमा २, तेस्रोमा १ र चौथोमा ३ विकेट लिदै उत्कृष्ट प्रदर्शन गरेका थिए । ब्याटिङ र बलिङ दुबैबाट खेल जिताउन सक्ने खुबी भएको कारण उनले महँगो मूल्य पाएका हुन् । यसअघिको सिजन उनले हैदराबादबाट खेलेका थिए ।

१५. वासिङटन सुन्दर, ८ करोड ७५ लाख भारु

स्पिन अलराउन्डर वासिन्टन सुन्दरलाई सनराइजर्स हैदराबादले अक्सनमा ८ करोड ७५ लाख भारु खर्चेको छ । स्पिनसँगै तल्लोक्रममा ब्याटिङको क्षमता राख्ने सुन्दरले महँगो मूल्य पाएका हुन् । उनलाई बेंगलोरले फुकुवा गरेको थियो । सुन्दरले भारतीय र घरेलु क्रिकेट दुबैमा नयाँ बलरका साथ पावर प्लेमा उत्कृष्ट बलिङ गर्दै आएका छन् । तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता पनि राख्छन् । जसको कारण उनले महँगो मूल्य पाएका हुन् ।

१४ . राहुल टेवाटिया, ९ करोड भारु

अलराउन्डर राहुल टेवाटियालाई नयाँ टोली गुजरात टाइटन्सले ९ करोड भारु खर्चेको थियो । न्यूनतम मूल्य ४० लाख राखेका टेवाटियालाई किन्न चेन्नई, पन्जाब र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा भएको थियो ।

टेवाटिया लेगस्पिनसँगै तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता राख्छन् । दुई वर्षअघि राजस्थान रोयल्सले पन्जाबलाई ४ विकेटले पराजित गर्दै कीर्तिमान रच्दा टेवाटिया नायक बनेका थिए । जितका लागि २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १९।३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।

राजस्थानको जितमा राहुल टेवाटिया ३१ बलमा ७ छक्का ५३ रनको महत्त्वपूर्ण योगदान दिए । १८ औं ओभरमा राहुल तेवटियाले तीव्र गतिका बलर शेल्डन कटरेललाई एकै ओभरमा ५ छक्का सहित ३० रन जोडेपछि उनी एक एक चर्चामा आएका थिए ।

१३. शाहरुख खान, ९ करोड भारु

पन्जाब किंग्सले शाहरुख खानलाई अक्सनबाट टोलीमा फर्काउन ९ करोड भारु खर्चेको थियो । भारतीय युवा फिनिसर शाहरुख खानलाई किन्न अक्सनमा ४० लाख न्यूनतम मूल्य राखेका थिए ।

उनलाई अक्सनमा किन्न पन्जाब, चेन्नई र कोलकताबीच प्रतिस्पर्धा भएको थियो । २६ वर्षिय शाहरुख खानले तामिल नाइडुबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । गतवर्ष पन्जाबले उनले ११ खेलमा १ सय ५३ रन बनाएका थिए । घरेलु क्रिकेटमा हार्ट हिटरको छवी बनाएपछि उनलाई किन्न अक्सनमा प्रतिस्पर्धा भएको थियो । गत वर्ष उनलाई पन्जाबले ५ करोडमा किनेको थियो ।

१२. कागिसो रबाडा – ९ करोड २५ लाख

दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडालाई पन्जाब किंग्सले ९ करोड २५ लाख भारुमा अनुबन्ध गरेको छ । रबाडा तीव्र गति, योर्कर र म्याच विनर बलर हुन् । रबाडाले आइपिएलमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । दिल्लीले सबैलाई आश्चर्य पार्दै रबाडालाई फुकुवा गरेको थियो ।

रबाडाले अक्सनमा २ करोड भारु न्यूनतम मूल्य राखेका थिए । रबाडालाई किन्न गुजराज, दिल्ली र पन्जाबबीच प्रतिस्पर्धा भएको थियो । रबाडा लगातार १ सय ५० प्रतिघण्टा किलोमिटरको रफ्तारमा बलिङ गर्नसक्ने खुबी भएका खेलाडी हुन् । रबाडा डेथ ओभरका विश्वकै घातक बलरमा पर्दछन् ।

डेथ ओभरमात्र होईन नयाँ बल र मध्यक्रममा पनि त्यतिनै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । २०२० मा दिल्लीलाई पहिलो पटक फाइनलमा पुर्याउन रबाडाले १७ खेलमा ३० विकेट लिँदै पर्पल क्याप जितेका थिए । रबाडाले २०१९ मा १२ खेलमा २५ विकेट लिँदै सानदार प्रदर्शन गरे । दिल्लीले २०१८ मा ४ करोड २० लाखमा अनुबन्ध गरेको थियो । उनी तल्लोक्रममा ठूला सटको क्षमता पनि राख्छन् ।

. आवेश खान – १० करोड भारु

भारतीय तीव्र गतिका बलर आवेश खानलाई नयाँ टोली लखनउ सुपर जायन्टले १० करोड भारु किन्यो । आवेश खानले धेरैलाई आश्चर्य पार्दै न्यूनतम मूल्य २० लाख राखेका थिए ।

उनलाई अक्सनम किन्न चेन्नई, हैदराबाद र मुम्बईले पनि इच्छा देखाएपछि लखनउले १० करोड खर्चिनु परेको हो । गतवर्ष दिल्लीलाई फाइनल सम्म पुर्याउन आवेश खानले १६ खेलमा २४ विकेट लिँदै दोस्रो स्थानमा थिए । जारी सिजनमा सर्वाधिक महँगो मूल्य पाउने अनक्याप्ड खेलाडी पनि हुन् ।


१०. लोकी फर्गुनसन, १० करोड भारु

न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनलाई गुजरात टाइटन्सले १० करोड मूल्य टोलीमा भित्र्याउन सफल भयो । प्रतिघण्टा १ सय ५० माथिको गतिमा बलिङ गर्ने फर्गुसनले यसअघि कोलकताबाट आइपिएल खेलेका थिए ।

कोलकतामा यसअघि उनले १ करोड ६० लाखमात्र मूल्य पाएका थिए । तर यो सिजन उनलाई किन्न दिल्ली, गुजरात र बेंगलोरबीच प्रतिस्पर्धा भएपछि न्यूनतम मूल्य २ करोडबाट १० करोडमा पुगेका थिए । फर्गुसनले न्युजिल्यान्ड र आइपिएलमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।

९. प्रसिद्ध कृष्ण, १० करोड भारु

भारतीय तीव्र गतिका बलर प्रसिद्ध कृष्णलाई राजस्थान रोयल्सले १० करोड मूल्य अक्सनमा खर्चिएको छ । न्यूनतम १ करोड मूल्य राखेका उनलाई किन्न लखउन र राजस्थानबीच प्रतिस्पर्धा भएको थियो । यसै साता वेस्टइन्डिजसँगको तीन ओडिआई खेलमा उच्च प्रदर्शन गर्दै प्लेयर अफ द सिरिज चुनिएछि उनको मूल्य झनै बढेको थियो । उनी गति र बाउन्सरका लागि चिनिन्छन् । यसअघि कोलकतामा उनले न्यूनतम २० लाख मात्र पाएका थिए ।

८. हर्षल पटेल, १० करोड ७५ लाख भारु

२०२१ का पर्पल क्याप विजेता हर्षल पटेललाई टोलीमा फर्काउन रोयल च्यालेन्जर्स बेंगलोरले १० करोड ७५ लाख भारु खर्चिनु पर्यो । पटेलले २०२१ मा १५ खेलमा ३२ विकेट लिँदै कीर्तिमान कायम गरेका थिए ।

एकै सिजनमा सर्वाधिक विकेट लिने बलरको कीर्तिमान ड्वेन ब्राभोसँग बराबरी गरेका थिए । पटेलले मध्यक्रम र डेथ ओभरमा राम्रो बलिङ गर्दै आएका छन् । तल्लोक्रममा ब्याटिङको क्षमता पनि राख्छन् । गतवर्ष उत्कृष्ट प्रदर्शनपछि उनले भारतीय टोली हुँदै अक्सनमा महँगो मूल्य पाएका हुन् ।

७. शार्दुल ठाकुर, १० करोड ७५ लाख भारु

भारतीय तीव्र गतिका बलर शार्दुल ठाकुर महँगो मूल्यका साथ दिल्ली क्यापिटल्समा अनुबन्ध भएका छन् । पछिल्लो समय भारतीय टोलीमा तीव्र गति र तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्दै आएका ठाकुरलाई दिल्लीले १० करोड ७५ लाखमा भित्र्याएको हो । भारतले गतवर्ष अष्ट्रेलियामा टेस्ट सिरिज जित्दा उनी नायक बनेका थिए ।

तल्लोक्रममा ठूला ठूला सट प्रहार गर्ने गर्दछन् । ठाकुरले यस सिजनमा न्यूनतम मूल्य २ करोड भारु राखेका थिए । दिल्ली, पन्जाब र चेन्नईबीच प्रतिस्पर्धा भएको थियो । २०२१ मा चेन्नईलाई च्याम्पियन बनाउन उनले १६ खेलमा २१ विकेट लिदै उत्कृष्ट प्रदर्शन गरेका थिए । चेन्नईमा उनले २ करोड ६० लाख भारु पाउँदै आएका थिए ।

६. निकोलस पुरन, १० करोड ७५ लाख भारु

वेस्टइन्डिजका विकेटकिपर ब्याटर निकोलस पुरनलाई सनराइजर्स हैदराबादले १० करोड ७५ लाख भारुमा अनुबन्ध गरेको छ । पुरनलाई २०१९ को अक्सनमा पन्जाब किंग्सले ४ करोड २० लाख भारुमा अनुबन्ध गरेको थियो । बायाँ हाते पुरन आक्रामक ब्याटिङ, उत्कृष्ट फिल्डिङ र कप्तानका विकल्प भएका युवा स्टार हुन् ।

पुरनले अक्सनमा न्यूनतम मूल्य १ करोड ५० लाख राखेका थिए । उनलाई किन्न चेन्नई, हैदराबाद र कोलकताबीच प्रतिस्पर्धा भएको थियो । अन्तिममा हैदराबादले बाजी मार्यो । पुरन कप्तानको लागि राम्रो विकल्प पनि हुन् । वेस्टइन्डिजका उपकप्तान पुरनले काइरन पोलार्डको अनुपस्थितीमा राम्रो प्रभाव छाडेका छन् ।

. वानिन्दु हसरंगा, १० करोड ७५ लाख भारु

श्रीलंका लेगस्पिन अलराउन्डर वानिन्दु हसरंगालाई रोयल च्यालेन्जर्स बेंगलोरले १० करोड ७५ लाख भारुमा किन्यो । आइपिएल इतिहासमा वानिन्दु श्रीलंकाबाट सर्वाधिक महँगो मूल्यमा विक्ने खेलाडी हुन् । वानिन्दु वर्तमान टि२० आइसिसी विश्व वरियता शीर्षस्थानका बलर हुन् । वानिन्दुले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार म्याच विनिङ प्रदर्शन गर्दै आएका छन् ।

वानिन्दुले ८३ टि२० खेलमा तीन अर्धशतक सहित ९ सय ७९ रन बनाउनुको साथैं १ सय १० विकेट लिएका छन् । गत वर्ष एडम जाम्पाको अनुपस्थित भएपछि उनको स्थानमा बेंगलोरबाट वानिन्दुले किनेका हुन् । उनले अक्सनमा १ करोड न्यूनतम मुल्य राखेका थिए । तर पन्जाब, हैदराबद र बेंगलोरबीचको लडाईंले महँगो मूल्य पाएका हुन् ।

४. श्रेयस ऐर, १२ करोड २५ लाख भारु

श्रेयस ऐर

भारतीय युवा ब्याटर श्रेयस ऐरलाई कोलकता नाइट राइडर्सले १२ करोड २५ लाख भारुमा खर्चियो । अक्सनमा ऐरलाई किन्न दिल्ली क्यापिटल्स, लखनऊ सुपर जायन्ट, कोलकता नाइट राइडर्सबीच कडा प्रतिस्पधा भएको थियो । ऐरको कप्तानीमा दिल्ली क्यापिटल्स २०२० मा पहिलो पटक फाइनलमा पुगेको थियो ।

२०१५ देखि दिल्लीबाट अइपिएल खेल्दै आएका ऐरले ८७ खेलमा १६ अर्धशतक सहित २ हजार ३ सय ७५ रन बनाएका छन् । ऐरले न्यूनतम मूल्य २ करोड राखेका थिए । उनले दिल्लीमा ७ करोड भारु मूल्य पाएका थिए । ऐर मध्यक्रमका भरपर्दा ब्याटर हुन् । कप्तानका भारतीय पहिलो रोजाईका ब्याटर हुन् । कोलकताले उनलाई नै कप्तानी दिने लगभग निश्चित छ ।

३. लियाम लिभिङस्टोन -११ करोड ५० लाख भारु

इंग्ल्यान्डका शीर्षक्रमका ब्याटर लियाम लिभिङस्टोनलाई पन्जाब किंग्सले ११ करोड ५० लाख भारु खर्चियो । उनले अक्सनमा न्यूनतम मूल्य १ करोड भारु तोकेका थिए । उनलाई अक्सनमा चेन्नई, कोलकता,पन्जाब र गुजरात टाइटन्सबीच कडा प्रतिस्पर्धा भएपछि यस सिजनको सर्वाधिक महँगो विदेशी खेलाडी बन्न पुगेका हुन् । उनी आक्रामक ब्याटिङको लागि माहिर छन् । अग्ला कदका लिभिङस्टोन ठूला ठूलाको क्षमता राख्छन् । पार्टटाइम बलरमा उनले लेगस्पिनर र अफ स्पिन दुबै गर्दछन् ।

गत जुलाईमा उनले पाकिस्तानविरुद्ध पहिलो टि२० आई खेलमा पाँचौं नम्बरमा ब्याटिङ गर्दै ४३ बलमा ६ चौका र ९ छक्कासहित १ सय ३ रनको उत्कृष्ट इनिङ खेलेका थिए । टि२० विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनी मध्यक्रमका भरपर्दा ब्याटर हुन् । विष्फोटक ब्याटिङ शैली र बलिङमा भेराइटी हुँदा सबै फ्रेन्चाइजले किन्न खोजेपछि महँगो मूल्यमा बिकेका हुन् । उन क्रिजमा टिकेमा एक्लै खेल जिताउन सक्ने खुबी भएका खेलाडी हुन् ।

२. दीपक चाहर, १४ करोड भारु

तीव्र गतिका बलर दीपक चाहर अक्सनमा सर्वाधिक मूल्य पाउने भारतीय बलर हुन् । दीपक पावर प्लेमा नयाँ बलका साथ स्विङ र तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । तीव्र गतिको बलिङ अलराउन्डरको कारण उनलाई अक्सनमा चेन्नईले १४ करोड खर्चेर फिर्ता लिएको थियो । यसअघि चेन्नईबाट खेल्दै दीपकले महत्वपूर्ण योगदान दिँदै आएका थिए ।

दीकपकले चेन्नईमा यसअघि ८० लाख मात्र मूल्य पाउँदै आएका थिए । यस सिजनमा फुकुवा गरेपनि उनले २ करोड न्यूनतम मूल्य राखेका थिए । सुरुमा दिल्ली र हैदराबादबीच कडा प्रतिस्पर्धा भएको थियो । तर ११ करोडपछि चेन्नईले पनि रुचि देखाउँदै १४ करोडमा भित्र्याएको थियो ।

दीपकले गत जुलाईमा श्रीलंकासँग दोसो ओडिआई खेल जिताउन ६९ रन बनाउनुको साथै २ विकेट लिएका थिए । अघिल्लो महिना दक्षिण अफ्रिकासँग ५४ र केहि दिनअघि वेस्टइन्डिजसँग ३८ रन बनाएपछि सबै फ्रेन्चाइज टोलीले नजर लगाएका थिए ।

१. ईशान किशन, १५ करोड २५ लाख भारु

भारतीय बायाँ हाते ब्याटर ईशान किशनलाई मुम्बई इन्डियन्सले कीर्तिमानी मूल्यमा फर्काएको छ । मुम्बईले किशनलाई १५ करोड २५ लाख भारुमा खर्चेको थियो । ईशान किशनलाई किन्न पन्जाब किंग्स, सनराइजर्स हैदराबाद र मुम्बईबीच कडा प्रतिस्पर्धा भएको थियो । ईशान किशन आइपिएल अक्सन इतिहासमा विकेटकिपरको रुपमा सर्वाधिक मूल्य पाउने खेलाडी भएका छन् ।

ईशान किशनलाई मुम्बईले रिलिज गरेको थियो । यसअघि मुम्बईमा किशनले ६ करोड २० लाख भारु पाएका थिए । किशन टि२० का भारतीय विशेष पर्दछन् । मुम्बईलाई २०२० को उपाधि जिताउन ईशानले १४ खेलमा ५ सय १६ रनका साथ उत्कृष्ट प्रदर्शन गरेका थिए । किशन ओपनिङ र मध्यक्रम दुबैमा राम्रो ब्याटिङ गर्नेगर्दछन् ।

किशन ओडिआई र टि२० आई डेब्यूमै अर्धशतक प्रहार गर्ने पहिलो भारतीय खेलाडी हुन् । किशनले २ करोड न्यूनतम मूल्य राखेका थिए ।

यो पनि : सन्दीप आइपिएलमा नबिक्नुको प्रमुख पाँच कारण

एकै रातमा ३१ करोडको मालिक बने चाहर दाजुभाइ

आर्चर र‌ बुमराहले एकै टोलीबाट आइपिएल खेल्ने

आइपिएलमा नबिकेका राष्ट्रिय टोलीका ४ कप्तान

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.