default_image

2 years ago

July 3, 2022

नेपालको मध्यम सुरुवात, कुशल सस्तैमा आउट

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडा भ्रमणमा रहेको नेपालले ओन्टारियो क्रिकेट क्लबसँग टि२० अभ्यास खेलमा मध्यम सुरुवात गरेको छ । किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले सुरुवाती ६ ओभरमा १ विकेट गुमाउँदै ४३ रन बनाएको छ ।


नेपालका तेस्रो नम्बरका ब्याटर देव खनाल १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा अविजित छन् । ओपनर पवन सरार्फ १९ बलमा २ चौकासहित १९ रनमा अविजित छन् ।

नेपाललाई पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र पवन सरार्फले २.५ ओभरमा १६ रनको साझेदारी गरेका थिए । कुशल रेमाण्ड बाइनको बलमा जश शाहबाट २ रनमा क्याच आउट भए । ओपनर आसिफ शेखलाई बेन्चमा राखेको हुँदा नेपालले आज पवन र कुशललाई ओपनिङ पठाएको थियो ।

एकदिवसिय अभ्यास खेलमा भने नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराएको थियो । यो अभ्यासा खेल हुँदा सन्दीप र आसिफ शेख मात्र वैकल्पिक सूचिमा छन् । अन्य भने सबै खेलाडीले ब्याटिङ र बलिङ पाउनेछन् । यो अभ्यास खेल हुँदा ११ खेलाडीले मात्र गर्न पाउने भन्ने हुँदैन ।

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

Success

Thank you for your time.