default_image

2 years ago

September 10, 2022

आसिफ पोखराको मार्की खेलाडी

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको पोखरा एभेन्चर्सले मार्की खेलाडीको रुपमा युवा ओपनर तथा विकेटकिपर आसिफ शेखलाई अनुबन्ध गरेको छ । पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा १५ लाखमा ६ मार्की खेलाडी किनेका छन् ।

पोखरा एभेन्चर्सले आसिफलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । १५ लाखमै शरद भेषवाकरलाई अनुबन्ध गरेपनि मार्की खेलाडी आसिफलाई बनाएको छ ।

आसिफ पहिलो पटक मार्की खेलाडी बनेका हुन् । आसिफले २०१६ देखि नेपाली फ्रेन्चाइज र घरेलु क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् । उनी नेपाली फ्रेन्चाइज लिगमा शतक हान्ने पहिलो खेलाडी समेत हुन् । नेपालको लागि यू–१९ टोलीको कप्तानी गरि सकेका आसिफ गतवर्षदेखि सिनियर टोलीमा लगतार खेल्दै आएका छन् ।

काठमाण्डु कान्तिपुरले ज्ञानेन्द्र मल्ललाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अलस्टार्सले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । अलराउन्डर करण केसीलाई फार वेस्टन युनाइटेड, रोहित कुमार पौडेललाई विराटनगर किंग्स र तीव्र गतिका बलर सोमपाल कामीलाई जनकपुर रोयल्सले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

दोस्रो राउन्डको ड्राफ्ट आइतबार हुनेछ । दोस्रो राउन्डमा ९२ खेलाडीबाट अनुबन्ध गर्नुपर्ने हुन्छ । बी ग्रेडमा २४ र सी ग्रेडमा ३६ खेलाडी अनुबन्ध हुनेछन् । एक फ्रेन्चाइज टोलीले बी बाट ४ र सी बाट ६ खेलाडी अनुबन्ध गर्न पाउँछन् ।

नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुने यसअघि नै सार्वजनिक भएको थियो । प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउन्ड रोबिनको आधारमा हुनेछ ।

प्रतियोगितामा ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेगमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ पाउने छन् । एक टोलीमा ११ नेपाली खेलाडी र ५ विदेशी खेलाडी रहनुपर्छ

यो पनि : ज्ञानेन्द्र कान्तिपुरको मार्की खेलाडी

नेपाली टि२० लिगमा १५ लाखमा बिके ७ खेलाडी

May 16, 2024

दोस्रो अभ्यास खेलमा नेपाल टस जितेर ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको दोस्रो अभ्यास खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका सागर ढकाल र करण केसी टोलीबाट बाहिरिएका छन् […]

May 16, 2024

एपिएफ लिग चरणका सबै खेलमा विजयी 

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर्स कपमा नेपाल एपिएफ क्लबले राउण्ड रोबिन चरणको सबै खेलमा जित दर्ता गरेको छ । लगातार तीन जित दर्ता गर्दै फाइनल प्रवेश गरिसकेको एपिएफले बिहीबार चौथो खेलमा सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदुरपश्चिमले दिएको ११२ रनको लक्ष्य एपिएफले दुई बल बाँकी छँदै पुरा […]

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र […]

Success

Thank you for your time.