default_image

1 year ago

November 28, 2022

हेमन्तको घातक बलिङमा प्रदेश एक ५१ रनमा अल आउट

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर हेमन्त धामीको सानदार बलिङमा सुदूरपश्चिम प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगिता प्रदेश एकलाई २ सय १३ रनको फराकिलो जित हात पारेको छ ।

लगातार चौथो जितसँगै सुदूरपश्चिम फाइनल नजिक पुगेको छ । जितको लागि २ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एक १६.३ ओभरमा ५१ रनमा अल आउट भयो ।

प्रदेश एकका भुपाल दंगालले ३२ बलमा १० रन बनाए । प्रदेश एकका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । टियु एण्डबाट आएका तीव्र गतिका बलर हेमन्त धामीले शीर्षक्रमका पाँच ब्याटर आउट गरेपछि सुदूरले सानदार जित हात पारेको हो ।

सुदूरका हेमन्तले पहिलो ओभरको अन्तिम बलमा आइस्टान रिजाललाई शून्यमा बोल्ड गरे । तेस्रो ओभरको चौथो बलमा हेमन्तले सोनु अन्सारीलाई तीन रनमा बोल्ड गरे । लगत्तै फैजल रहमान शून्यमा बोल्ड भए । हेमन्त त्यतिमा रोकिएनन् ।

सुभन गहतराजलाई नौं रनमा क्याच गराउँदै सुरुवात चार विकेट लिँदै १६-४ को दयनीय अवस्थामा पुर्याए । हेमन्तले कप्तान दीपेश कंडेललाई सेकेन्ड स्लिपमा ५ रनमा क्याच गराउँदै पाँच विकेट पूरा गरेका थिए ।

सुदूरका हेमन्त धामीले ७ ओभरमा २२ रन खर्चेर ५ विकेट लिए । आकाश चन्दले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिए । मिलन बोहराले १.३ ओभरमा १ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६४ रन बनायो । सुदूरको लागि कप्तान अनुराग सिंहले १ सय १२ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिए । मिलन बोहराले ७६ बलमा ८ चौकार १ छक्कासहित ६४ रनमा आउट भए ।

तेस्रो विकेटका लागि मिलन र अनुरागसिंहले १ सय ३ रनको शतकीय साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए । मिलन दीपेश कंडेलको बलमा बोल्ड भएपछि शतकीय साझेदारी तोडिएको थियो । अनुराग अभिनय राजवंशीको बलमा कट एण्ड बोल्ड आउट भएपछि शतक बनाउन चुकेका थिए ।

दीपक बोहरा ३५ बलमा ३ चौका र १ छक्कासहित ३२, विशाल ऐर १३, ओपनर दीपक बोहरा १, सुनिल चन्द ४ र हेमन्त धामी २ रनमा आउट भए । गजेन्द्र बोहरा १६ बलमा २ चौका र १ छक्कासहित २४ र आकाश चन्दले १४ बलमा २ छक्कासहित २० रनमा आउट भए ।

प्रदेश एकका अभिनय राजवंशीले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर ४ विकेट लिए । आषिश मगरले ९ ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । दीपेश कंडेलले १० ओभरमा १ मेडन राख्दा ३३ रन खर्चेर २ विकेट लिए ।

सुदूरपश्चिमले अव बुधबार मधेश र शुक्रबार बागमतीसँग खेल्नेछ । दुई मध्य एक खेलमा जितले फाइनलमा पुग्नेछ । सुदूर ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । बागमती ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । ७ प्रदेश सहभागी प्रतियोगिता शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

May 12, 2024

एपिएफको विजयी सुरुवात 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा वर्षाका कारण ढिलो सुरु भएर ५ ओभरमा घटाइएको खेलमा एपिएफले कोशी प्रदेश विरुद्ध २४ रनको जित दर्ता गर्दै विजयी सुरुवात गरेको हो ।  टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले इन्दु वर्माको […]

May 12, 2024

ललितपुर मेयर्स-११ को सुदुरपश्चिम विरुद्ध हार 

काठमाडौँ (हाम्रो खेलकुद) – शनिवार भएको पहिलो खेलमा विजयी सुरुवात गरेको ललितपुर मेयर्स-११ ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा दोस्रो खेलमा भने पराजित भएको छ । वर्षाले प्रभावित खेलमा ललितपुर सुदुरपश्चिम प्रदेश विरुद्ध डकवर्थ-लुइस-स्टाइन पद्दतिका आधारमा १६ रनले पराजित भएको हो ।    सुदुरपश्चिम प्रदेशले दिएको १२३ रनको लक्ष्य पछ्याएको ललितपुरले ११ ओभरमा २ विकेटको […]

May 12, 2024

कोलकत्ता प्लेअफमा पुग्ने पहिलो टोली

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत शनिवारको एकमात्र खेलमा कोलकत्ता नाइट राइडर्स विजयी हुँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । वर्षाले प्रभावित खेलमा कोलकत्ताले मुम्बई इण्डियन्स विरुद्ध १८ रनको जित दर्ता गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो । वर्षाका कारण ढिलो सुरुवात भएर १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले […]

Success

Thank you for your time.