default_image

1 year ago

January 17, 2023

भारतले आइपिएलका शतकधारीलाई टोलीमा बोलायो

एजेन्सी – भारतले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ का शतकधारी रजत पाटिदारलाई घरेलु मैदानमा न्युजिल्यान्डसँग हुने तीन ओडिआई खेलको सिरिजको लागि टोलीमा बोलाएका छ । मध्यक्रमका प्रमुख ब्याटर श्रेयस ऐर घाइते भएपछि भारतले पाटिदारलाई उनको स्थानमा बोलाएको हो । पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका ऐरले ब्याक इन्जुरीको कारण न्युजिल्यान्डसँगको तीन ओडिआई खेलको सिरिज गुमाउनु […]

95 views

0 Bookmark

एजेन्सी – भारतले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ का शतकधारी रजत पाटिदारलाई घरेलु मैदानमा न्युजिल्यान्डसँग हुने तीन ओडिआई खेलको सिरिजको लागि टोलीमा बोलाएका छ । मध्यक्रमका प्रमुख ब्याटर श्रेयस ऐर घाइते भएपछि भारतले पाटिदारलाई उनको स्थानमा बोलाएको हो ।

पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका ऐरले ब्याक इन्जुरीको कारण न्युजिल्यान्डसँगको तीन ओडिआई खेलको सिरिज गुमाउनु परेको छ । भारतले पाटिदारलाई गत असोजमा पहिलो पटक दक्षिण अफ्रिका भ्रमण टोलीमा बोलाएको थियो । तर त्यो भ्रमणमा उनले मौका भने पाएनन् ।

आइपिएलमा रोयल च्यालेन्ज बेंगलोर र घरेलु क्रिकेट मध्यप्रदेशबाट खेल्दै आएका छन् । पाटिदारले घरेलु क्रिकेटमा लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । गतवर्ष बेंगलोरलाई दोस्रो क्वालिफायरमा पुर्याउन पाटिदारले एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सविरुद्ध ५४ बलमा १२ चौका र ७ छक्कासहित १ सय १२ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेलेका थिए ।

पाटिदारले ५१ लिष्ट ए खेलमा ३ शतक र ८ अर्धशतकसहित १ हजार ६ सय ४८ रन बनाएका छन् । ५० प्रथम श्रेणीको खेलमा ११ शतक र २० अर्धशतकसहित ३ हजार ६ सय ६८ रन बनाएका छन् । उनले भारत ए बाट पनि लगातार सानदार प्रदर्शन गर्दै आएका छन् ।

गत सेप्टेम्बरमा न्युजिल्यान्ड ए विरुद्ध प्रथम श्रेणीमा १ सय ७६ र १ सय ९ रनको शकीय इनिङ खेलेका थिए । गतवर्ष पहिलो पटक रणजी ट्रफीको उपाधि मध्य प्रदेशलाई जिताउन मुम्बईविरुद्ध पाटिदारले फाइनलको पहिलो इनिङमा १ सय २२ रनको शतकीय इनिङ खेलेका थिए । भारत र न्युजिल्यान्डबीचको पहिलो ओडिआई खेल बुधबार हैदराबादमा हुनेछ ।

 दोस्रो खेल २१ जनवरी मा रैपुर र तेस्रो खेल २४ जनवरीमा इन्डोरमा हुनेछ । भारत र न्युजिल्यान्डबीचको पहिलो टि२० आई खेल २७ जनवरीमा राँची, दोस्रो खेल २९ जनवरीमा लखनउ र एक फेब्रुअरीमा अहमदाबादमा हुनेछ ।

अष्ट्रेलिया र भारतबीचको टेस्ट सिरिज ९ फेब्रुअरी देखि ९ मार्च सम्म चल्नेछ । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ को फाइनल खेल्न भारतले कम्तिमा तीन खेल जित्नु पर्ने हुन्छ ।

पाटिदारको क्रिकेट जीवनी : अनसोल्ड पाटिदारले दिएको ‘शतकीय पार्टी’

भारतको ओडिआई टोली –

रोहित शर्मा (कप्तान), शुभमन गिल, ईशान किशन, विराट कोहली, रजत पाटिदार, सूर्यकुमार यादव, केएस भरत, हार्दिक पान्ड्या, वासिन्टन सुन्दर, शहबाज अहमद, शार्दुल ठाकुर, युजभेन्द्र चहल, कुलदीप यादव मोहम्मद शामी, मोहम्मद शिराज र उमरान मलिक ।

भारतीय टि२० टोली –

हार्दिक पान्ड्या (कप्तान), सूर्यकुमार यादव, ईशान किशन, ऋतुराज गायकवाड, शुभमन गिल, दीपक हुडा, राहुल त्रिपाठी, जितेश शर्मा, वासिन्टन सुन्दर, कुलदीप यादव, युजभेन्द्र चहल, अर्शदीप सिंह, उमरान मलिक, शिवम माभी,पृथ्वी शा र मुकेश कुमार ।

भारतको टेस्ट टोली –

रोहित शर्मा, लोकेश राहुल, शुभनम गिल, चेतेश्वर पुजारा, विराट कोहली, श्रेयस ऐर, केएस भरत, ईशान किशन, रविचन्द्रन आश्विन, अक्षर पटेल, कुलदीप यादव, रविन्द्र जडेजा, मोहम्मद शामी, मोहम्मद शिराज, उमेश यादव, जयदेव उनादकट र सूर्यकुमार यादव ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.