5 years ago
February 18, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन आज (बिहिबार) चेन्नईमा हुँदैछ । नेपाली समयअनुसार अक्सन दिउँसो ३:१५ मा सुरु हुनेछ । अक्सनमा कुल २ सय ९२ खेलाडी छन् ।

अक्सनमा १ सय ६४ भारतीय र १ सय २५ विदेशी खेलाडी छन् । त्यसमध्य तीन खेलाडी एसोसिएट देशका छन् । अक्सनबाट २२ विदेशी सहित ६१ खेलाडी बिक्ने छन् । ८ फ्रेन्चाइज टोलीको अक्सनमा खर्च गर्न पाउने कुल रकम १९६ करोड ६० लाख भारु छ ।
अक्सन कुनैपनि टोली सन्तुलन, बलियो र उत्कृष्ट बनाउने अन्तिम र सबैभन्दा राम्रो मौका र अवसर हो । अक्सनमा जुन टोलीको मालिक, प्रशिक्षक र कप्तानले राम्रो खेलाडी छनोट गर्न सक्छन् त्यहिँ टोली पछि च्याम्पियन बन्ने गर्दछ ।
अक्सनमा आफूलाई आवश्यक भएको कोटाको खेलाडी छनोट गर्न नसके टोली कमजोर बन्ने गर्दछन् । गतवर्ष कमजोर देखिएका पन्जाब, राजस्थान, चेन्नई, कोलकता, बेंगलोरले अक्सनमा निकै ध्यान दिनुपर्ने हुन्छ । अक्सन अघि किंग्स इलेभेन पन्जाबले आफ्नो नाम र लोगो परिवर्तन गर्दै पन्जाब किंग्स राखेको छ ।
कोरोना महामारीको कारण लगातार तेस्रो पटक मिनि अक्सन भएको हो । तीन वर्षको अन्तरमा आइपिएलमा मेगा अक्सन हुने गर्दछ । सन् २०२२ मा मेगा अक्सन हुनुको साथै फ्रेन्चाइज टोली बढेर १० पुग्ने छ । एसोसिएटबाट नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अमेरिका तीव्र गतिका बलर अली खान र संयुक्त अरव (यूएई) का युवा स्पिनर कार्तिक मयप्यन छन् । यी तीनै खेलाडीलाई निकै महत्त्वपूर्ण रुपमा हेरिएको छ ।

सबै टोलीको खर्च गर्न पाउँने रकम र खेलाडी बाँकी कोटा
पन्जाबले सर्वाधिक ५३ करोड २० लाख भारु खर्च गर्न पाउने छ । पन्जाबमा पाँच विदेशी र ४ भारतीय खेलाडीको कोटा छ । बेंगलोरले अक्सनमा खर्च गर्न पाउने बाँकी रकम ३५ करोड ९० लाख भारु छ । बेंगलोरमा ४ विदेशी सहित कुल १३ खेलाडीको कोटा बाँकी छ ।
दिल्लीले अक्सनमा १२ करोड खर्च गर्न पाउने बाँकी रकम छ । दुई विदेशी सहित कुल ६ खेलाडीको कोटा बाँकी छ । २२ करोड ९० लाख भारु भएको चेन्नई सुपर किंग्सले एक विदेशी खेलाडी सहित ७ खेलाडी टोलीमा नयाँ थप्न सक्ने छन् ।
कोलकाता नाइट राइडर्ससँग १० करोड ७५ लाख भारु छ । २ विदेशी सहित कुल ८ खेलाडी टोलीको कोटा खाली छ । पाँच पटकको च्याम्पियन मुम्बईले अक्सनमा खर्च गर्न पाउने बाँकी रकम १५ करोड ३५ लाख भारु छ । मुम्बईको कोटामा ४ विदेशी र तीन भारतीय गरि कुल ७ खेलाडी कोटा खाली छ ।
सनराइजर्स हैदराबादको खाली कोटा एक विदेशी खेलाडी सहित ३ जना छन् । हैदराबादसँग १० करोड ७५ लाख भारु मात्र बाँकी छ । राजस्थान रोयल्ससँग ३४ करोड ८५ लाख भारु छ । तीन विदेशी गरि कुल ८ खेलाडीको कोटा बाँकी छ ।

सर्वाधिक बेस प्राइस (न्यूनतम मूल्य) तोकेका खेलाडी
अक्सनमा १० खेलाडीले सर्वाधिक न्यूनतम मूल्य तोकेका छन् । अष्ट्रेलिया शीर्षक्रमका ब्याट्सम्यान स्टिभ स्मिथ, आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल, बंगलादेशका स्पिन अलराउन्डर सकिब अल हसन, इंग्ल्यान्डका स्पिनर मोईन अली, विकेटकिपर साम विलिंग्स, तीव्र गतिका बलर लियाम प्लेन्केट, जेसन रोय, मार्क वुड, भारतीय स्पिनर हरभजन सिंह र केदार जाधवले सर्वाधिक २ करोड भारतीय न्यूनतम मूल्य तोकेका छन् ।
महँगो मूल्यमा विक्न सक्ने खेलाडी
अक्सनमा म्याक्सवेल, स्मिथ, झेय रिचर्डसन, काइल जामिसन, सकिब, डेभिड मलान, नाथन कुल्टर नाइल लगायतका खेलाडी महँगो मूल्यमा विक्न सक्छन् ।
सर्वाधिक आवश्यक?
अक्सनमा सबैभन्दा बढी आवश्यक तीव्र गतिका बलर देखिन्छ ।

सन्दीपको सम्भावना ?
सन्दीप तीन वर्षे दिल्लीको यात्रा पछि अक्सनमा सहभागी हुँदै छन् । नेपाली समर्थकको ध्यान सन्दीप माथि हुने छ । सन्दीपले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु तोकेका छन् । तर स्पिनरको कोटा खाली हेर्दा मुम्बई र पन्जाबमा झिनो सम्भावना देखिन्छ । विश्वस्तरिय स्पिनरको प्रतिस्पर्धा बढी हुँदा सन्दीप नबिक्ने सम्भावना यस सिजनमा उच्च देखिन्छ ।
लाइभ?
सम्पूर्ण लाइभ (प्रत्यक्ष प्रसारण) स्टार स्पोर्टस्को च्यानहरुबाट हुने छन् । लाइभ अपडेट आइपिएलको आधिकारी सामाजिक सञ्जाल, इएसपिएन, क्रिकबज लगायतका एप्स लगायतका विभिन्न सामाजिक सञ्जाल, भारतीय सञ्चार माध्यमबाट हुने छ ।

अक्सन अघि सम्पूर्ण टोलीको नामावली :
पन्जाब : लोकेश राहुल, क्रिस गेल, निकोलस पुरन, मोहम्मद शामी, क्रिस जोर्डन, मन्दीपसिंह, मयंक अग्रवाल, रबि बिश्रोई, प्रभसिम्रन सिंह, दिपक हुडा, शरफराज खान, अर्शदीप सिंह, मुरुगन आश्विन, दर्शन नलकान्डे, ईशान पोरल र हरप्रित बार ।
कोलकाता : ओइन मोर्गन, आन्द्रे रसेल, दिनेश कार्तिक, कमलेश नगरकोटी, कुलदीप यादव, लोकी फर्गुसन, नितेश राना, प्रसिंद्ध कृष्ण, रिंकु सिंह, सन्दीप वारिवर, शिवम माभी, सुभमन गिल, सुनिल नारायण, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, बरुणचक्रवर्ती र टिम सिफर्ट ।
चेन्नई : महेन्द्रसिंह धोनी, रविन्द्र जडेजा, सुरेश रैना, फाप डु प्लेसिस, साम करन, ड्वेन ब्राभो, जोश हेजलवुड, लुन्गी एनगिडी, अम्बाती रायुडू, करण शर्मा, मिचेल सान्टनार, शार्दुल ठाकुर, रितुराज गायकवाड, नारायण जगदिशन, इमरान ताहिर, दिपक चाहर, केएम आशिफ र आर शाई किशोर ।
हैदराबाद : प्रियम गर्ग, अभिषेक शर्मा, अब्दुल समाद, डेभिड वार्नर, मोहम्मद नाबी, मिचेल मार्श, केन विलियम्सन, ऋद्धिमान शाह, मनिष पान्डे, जोनी बेयरस्टो, श्रीवात्स गोस्वामी, शहबाज नदिम, भुवनेश्वर कुमार, सिद्धार्थ कौल, सन्दीप शर्मा, विजय शंकर, विराट सिंह, वसिल थाम्पी, राशिद खान, टि नटराजन र खलिल अहमद ।
राजस्थान : रोविन उथप्पा, महिपाल लोमरोर, मनान बोहरा, रियान पराग, मयंक मरकान्डे, श्रेयस गोपाल, बरुण आरोन, जयदेव उनादकट, कात्र्तिक त्यागि, आकाश सिंह, राहुल टेवाटिया, यशस्वी जैसवाल, सन्जु स्यामसन, अनुज रावत, डेविड मिलर, जोफ्रा आर्चर, एन्ड्रुय टाई, बेन स्टोक्स र जस बटलर ।
दिल्ली : शिखर धवन, कागिसो रबाडा, पृथ्वी शाह, अजिक्या रहाने, ऋषभ पन्त, श्रेयस ऐर, एनरिच नोर्किया, मार्कस स्टोइनिस, शिम्रन हेटमायर, अक्षर पटेल, अमित मिश्रा, ईशान्त शर्मा, रविचन्द्रन आश्विन, ललित यादव, हर्षल पटेल, क्रिस वोक्स, ड्यानियल साम्स, आवेश खान र प्रविन दुबे ।
मुम्बई : रोहित शर्मा, काइरन पोलार्ड, हार्दिक पान्ड्या, ट्रेन्ट बोल्ट, क्विन्टन डी कक, सूर्य कुमार यादव, जस्प्रित बुमराह, राहुल चहर, इशान किशन, कु्रनाल पान्ड्या, क्रिस लिन, धवल कुलकर्णी, मोहसिन खान, अनुकुल रोय, आदित्य तारा, सौरभ तिवारी, जयन्त यादव र अनोमलप्रित सिंह ।
बेंगलोर : विराट कोहली, एबि डिभिलियर्स, युजभेन्द्र चहल, देवदत्त पाडिक्कल, वासिन्टन सुन्दर, मोहम्मद सिराज, नवदीप सैनी, एडम जाम्पा, शहवाज नदिम, जोश फिलिपे, केन रिचर्डसन, पवन देशपान्डे ।
यो पनि :
आइपिएलमा सन्दीपलाई किन्न सक्ने तीन टोली
सन्दीप आइपिएलमा ‘अनसोल्ड’ हुने तीन आधार
महँगो मूल्यमा विक्न सक्ने ५ भारतीय खेलाडी
आइपिएल अक्सनमा अप्रत्याशित मूल्य पाउन सक्ने तीन खेलाडी
आइपिएल अक्सन : जो फुकुवा भएपनि महँगोमा बिक्छन्
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]