default_image

4 years ago

September 7, 2021

नेपालले पिएनजीसँग खेल्दै

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीचको पहिलो ओडिआई खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार बिहान ११:१५ मा अल अमरेत क्रिकेट मैदान ओमानमा सुरु हुने छ । नेपालको ज्ञानेन्द्र मल्ल र पिएनजीको असाद भालाले कप्तानी गर्ने छन् ।

नेपाल पहिलो ओडिआई खेलमा पिएनजीलाई पराजित गर्दै ओमान भ्रमणमा सानदार सुरुवात गर्न चाहन्छ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नुअघि तयारी स्वरुप पिएनजीसँग दुई ओडिआई खेल खेल्न लागेको हो । पिएनजीसँग दुई ओडिआई खेलपछि नेपालको सम्पूर्ण तयारी पूरा हुने छ । नतिजाले वरीयता बाहेक अन्यमा खासै फरक नपर्ने हुँदा टोलीमा कुनै दबाब छैन । यो खेल कमजोरी पहिचान र सुधार गर्ने राम्रो अवसर हुने छ ।

नेपालले १९ महिनापछि ओडिआई खेल खेल्न लागेको हो । पिएनजी सोमबार अमेरिकासँग ७ विकेटले पराजित भएको थियो । पछिल्लो पटक नेपालले ओडिआई २०२० फेब्रुअरीमा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकासँग टियु मैदानमा खेलेको थियो । त्यसपछि नेपालले पहिलो पटक ओडिआई खेल खेल्न लागेको हो । वैशाखमा नेपालले मलेसिया र नेदरल्यान्ड्सँग टि२० आई त्रिकोणात्मक सिरिजमा सानदार ब्याटिङ गर्दै उपाधि जितेको थियो । सुरुवात दुई खेलमा सहज जित निकालेको नेपालले अन्तिम तीन खेलमा लगातार २ सय माथिको योगफल कटाएको थियो ।

नेपाल उच्च मनोबलका साथ ओमानमा छ । टि२० आईको प्रदर्शन ओडिआईमा निरन्तरता दिन चाहन्छ । ब्याटिङमा नेपालले ठूलो अपेक्षा राखेको छ । नेपालका दुबै ओपनर आसिफ शेख र कुशल भर्तेलको ओडिआईमा डेब्यू गर्ने सम्भावना छ । कुशल भुर्तेल र आसिफ शेखले टि२० आईमा सर्वोत्कृष्ट प्रदर्शन गरेको हुँदा ओडिआईमा निरन्तरता दिने देखिन्छ ।

कुशलले ५ खेलमा ४ मा अर्धशतक सहित सनसनी मच्चाएका थिए । उनी डेब्यूको सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने टि२० आईको पहिलो खेलाडी हुन् । आसिफले पनि राम्रो प्रदर्शन गरेका थिए । डेब्यूमै अर्धशतक बनाएका आसिफ एकदिवसिय शैलीका परिचित खेलाडी हुन् । पछिल्ला दुई एकदिवसिय घरेलु प्रतियोगितामा पनि उनको प्रदर्शन उत्कृष्ट छ ।

आसिफ र कुशलले सुरुवाती दुई खेलमा शतकीय साझेदारी गर्दै विश्व कीर्तिमान कायम गरेका थिए । नेपाल ओडिआईमा पनि ओपनरबाट उच्च शतकीय साझेदारी चाहन्छ । कप्तान ज्ञानेन्द्र मल्लले तेस्रो नम्बरमा ब्याटिङ गर्ने सम्भावना छ । पूर्वकप्तान पारस खड्का सन्न्यास लिएपछि उक्त भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । ज्ञानेन्द्रलाई ठूलो इनिङको दबाब छ ।

मध्यक्रममा उपकप्तान दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, शरद भेषावकर, रोहित कुमार पौाडेल र पवन सरार्फ मध्य दुईले मौका पाउने छन् । अनुभवको कारण शरदको स्थान पक्का पक्किनै छ । दीपेन्द्र चोट सामान्य रहेको बुझिएको छ । उनी उपलब्ध नभए आरिफको सम्भावना देखिन्छ । तल्लोक्रममा कुशल मल्ल, विनोद भण्डारी, सोमपाल कामी र करण केसी छन् ।

चार खेलाडी आक्रामक ब्याटिङको लागि चर्चित छन् । कुशल ओडिआई र टि२० आई दुबैमा अर्धशतक प्रहार गर्ने विश्वका कम उमेरका खेलाडी हुन् । टि२० त्रिकोणात्मक सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध आक्रामण अर्धशतक जोडेका थिए । उनी बायाँ हाते र राम्रो स्पिनर हुँदा टोलीमा स्थान पक्का देखिन्छ । पछिल्ला दुई घरेलु प्रतियोगितामा दुबैमा शतक प्रहार गर्ने विनोद एक्लो खेलाडी हुन् ।

सोमपाल र करण दुबै तल्लोक्रममा राम्रो इनिङको लागि चिनिदै आएका छन् । नेपालले तेस्रो तीव्र गतिका बलरमा अभिनाश र गुलशन झा मध्य एकलाई मौका दिने छ । पिएनजी तुलनात्मक रुपमा कमजोर हुँदा बाउन्सर र तीव्र गातिका लागि परिचित युवा बलर गुलशनले नेपालको लागि डेब्यू गर्न सक्छन् । स्पिनरमा सन्दीप लामिछानेको स्थान पक्का छ । दीपेन्द्र, कुशल मल्ल र शरद पार्टटाइम स्पिनरको रुपमा छन् । दीपेन्द्र फिट नभए एक ब्याट्सम्यानलाई बेन्चमा राख्दै स्पिनर सुशान भारीलाई मौका दिन सक्छ ।

नेपालको कमजोरीको रुपमा अनुभवी खेलाडीको कम देखिन्छ । शरद, ज्ञानेन्द्र र विनोद बाहेक अन्य युवा खेलाडी छन् । दबाबमा सम्हालिन कठिन पर्न सक्छ । लामो समयपछि ओडिआई खेल्दै र पछिल्लो पटक टि२० आई खेलेको हुँदा ब्याट्सम्यानलाई केहि समस्या हुन सक्छ । सन्दीप, सोमपाल र शरद नेपालका प्रमुख खेलाडी हुन् ।

यता पिएनजी पहिलो खेलबाट पाठ सिक्दै दोस्रो खेलमा नेपाललाई हराउन चाहन्छ । कप्तान असाद भाला वान म्यान आर्मी मानिन्छन् । शीर्षक्रमका अनुभवी भाला ब्याटिङ र बलिङ दुबैमा उच्च प्रदर्शन गर्दै एक्लै टोलीलाई सहज जित दिलाउन सक्छन् । पहिलो खेलमा अमेरिकासँग भालाले ६१ रनको इनिङ खेलेका थिए । भालाले स्पिन बलिङ गर्ने गर्दन् ।

पिएनजीको ओपनिङ टोनी उरा र लेगा सियकाले गर्ने छन् । टोनी टोलीका प्रमुख ब्याट्सम्यान हुन् । उनी ठूलो इनिङको लागि चिनिन्छन् । चाल्र्स अमिनि, सेसे बाउ, किप्लिङ डोरिका मध्यक्रमका ब्याट्सम्यान हुन् । स्पिनरमा हिरी हिरी छन् । हरि पिएनजीको यस सिजनको घरेलु टि२० प्रतियोगिता उत्कृष्ट बलर चुनिएका थिए । तीव्र गतिका बलर नर्मन भानुआ, नोसैना पोकना र दानेम राभूमा निर्भर छ । पिएनजी सिमित खेलाडीमा बढी निर्भर छ । भाला, उरा र भानुआ प्रमुख खेलाडी हुन् ।

नेपाल र पिएनजीबीचको पछिल्लो नतिजा

ओडिआईमा नेपाल र पिएनजीबीच पहिलो पटक भिड्न लागेका हुन् । नेपालले अन्तिम पटक २०१८ मा आइसिसी विश्वकप ग्लोबल छनोटको निर्णायक खेलमा पिएनजीलाई ६ विकेटले हराउँदै ओडिआई मान्यता पाएको थियो । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल २०१५ मा पिएनजीसँग दुबै खेलमा पराजित भएको थियो । त्यसैवर्ष नेपाल टि२० विश्वकपको ग्लोबल छनोटमा पनि पिएनजीसाँग पराजित भएको थियो ।

प्रत्यक्ष प्रसारण : नेपालमा यस खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्ने छ । इन्टरनेमा फ्यान कोडको एप्सबाट हेर्न सकिने छ ।

विश्व ओडिआई वरीयतामा नेपाल १६ औं र पिएनजी पुछारमा २० औं स्थानमा छ । आइसीसी विश्वकप लिग–२ मा नेपालले चार खेलमा समान दुई मा जित र हार बेहोरेको छ । पिएनजीले ८ खेल खेल्द सबैमा पराजित भएको छ ।

नेपालको टोली : ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल ।

पिएनजीको टोली : असाद भाला (कप्तान), टोनी उरा, लेगा सियाका, सेसे बाउ, किप्लिङ डोरिया (विकेटकिपर), गौडी टोका, हिरी हिरी, जेसन किला, दामेन राभू, नोसैन पोकना, नर्मन भानुआ, काबुआ मोरिया, चन्द सोपार र साइमन अताइ ।

यो पनि : नेपाली ब्याटिङ र युवा पुस्ताको असली परिक्षा

नेपाललाई घातक बन्न सक्ने पिएनजीका पाँच खेलाडी

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.