4 years ago
September 10, 2021
यो खेलका क्रममा तयार पारिएको समाचार थियो । खेलको नतिजा यसप्रकार छ : सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित
काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनीसँगको दोस्रो ऐतिहासिक ओडिआई खेलमा खराब सुरुवात गरेको नेपाललाई युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कप्तान ज्ञानेन्द्र मल्लले सम्हाल्दै छन् । अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले सुरुवाती १३ ओभरमा २ विकेट गुमाउँदै ५२ रन बनाएको छ ।

कप्तान ज्ञानेन्द्र मल्ल ३७ बलमा ३ चौका सहित २१ रनमा अविजित छन् । रोहित कुमार पौडेल २६ बलमा १ छक्का सहित १३ रनमा खेलिरहेका छन् । तेस्रो विकेटका लागि रोहित र ज्ञानेन्द्रले ४३ रनको अविजित साझेदारी गर्दै नेपालको उकासेका छन् ।
खराब सुरुवात गर्नेक्रममा नेपालका दुवै ओपनर दोहोरो अंक बनाउन नपाउँदै आउट भएका थिए । तेस्रो ओभरको पहिलो बलमै ओपनर आसिफ शेख तीन रनमा क्याच आउट हुन पुगेका । तीव्र गतिका बलरमा कौना भागीको बलमा आसिफ सेसे बाउबाट क्याच आउट भएका थिए । कौनाले डेब्यू विकेट लिए ।
तीव्र गतिका बलर नर्मन भानुआको चौथो ओभरको पाँचौं बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर किप्लिङ डोरीयाबाट तीन रनमा क्याच आउट भएपछि नेपालले खराब सुरुवात गरेको थियो । कुशल आउट हुँदा नेपाल ९–२ को कमजोर अवस्थामा पुगेको थियो । त्यसपछि रोहित र ज्ञानेन्द्रले नेपाललाई सम्हाल्ने प्रयास गरेका छन् ।
नेपालले पहिलो पटक डे नाइट ओडिआई खेल खेलिरहेको छ । पहिलो खेलमा पपुवा न्युगिनीलाई नेपालले २ विकेटले पराजित गरेको थियो । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिजको तयारीको लागि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेलेको हो ।
पछिल्लो अपडेट : ज्ञानेन्द्र र रोहितको नयाँ कीर्तिमान
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]