default_image

4 years ago

September 11, 2021

विश्व कीर्तिमानी प्रदर्शनसँगै सन्दीप बने लगातार प्लेयर अफ द म्याच

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा लेगस्पिनर सन्दीप लामिछानेले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध लगातार प्लेयर अफ द म्याच बनेका छन् । पिएनजीविरुद्ध ऐतिहासिक डे नाइट (दिउँसो र रात) को खेलमा नेपाललाई १ सय ५१ रनको कीर्तिमानी जित दिलाउन सन्दीपले एक्लै ६ विकेट लिँदै विश्व कीर्तिमान बनाएका थिए ।

सन्दीपकै घातक बलिङमा जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको पिएनजी १९.१ ओभरमा ८२ रनमा अल आउट भयो । नेपालले पिएनजीलाई १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गर्दै कीर्तिमान कायम गरेको छ । जुन ओडिआईमा नेपालको सर्वाधिक ठूलो जित हो । यसअघि ओडिआईमा नेपालको ठूलो जित सन् २०१९ मा युएईविरुद्ध १ सय ४५ रनको अन्तर थियो ।

नेपाललाई कीर्तिमानी जित दिलाउन शुक्रबार सन्दीपले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिँदै आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन गरे । सन्दीपनै खेलको प्लेयर अफ द म्याच बने । यसअघि पिएनजीविरुद्ध पहिलो खेलमा पनि सन्दीप प्लेयर अफ द म्याच बनेका थिए । पहिलो खेलमा नेपालले दुई विकेटको संघर्षपूर्ण जित हात पार्दा सन्दीपले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिएका थिए ।

नेपाललाई सिरिज २-० ले जिताउन नायक बनेका सन्दीप लगातार प्लेयर अफ द म्याच बनेका हुन् । सन्दीप ओडिआईमा लगातार तेस्रो पटक प्लेयर अफ द म्याच चुनिएका छन् । गत वर्ष अमोरिकालाई ३५ रनमा अल आउट गर्न सन्दीपले ६ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

सन्दीपले सर्वोत्कृयट प्रदर्शन गर्दा ब्याटिङमा ८६ रनको महत्वपूर्ण इनिङ खेलेका युवा ब्याट्सम्यान ओझेलमा परेका हुन् । सन्दीपले ओडिआईमा लगातार तीन इनिङमा चार वा सोभन्दा बढी विकेट लिने विश्व कीर्तिमान बराबरी गरेका हुन् । ओडिआईमा लगातार चारभन्दा विकेट लिने कीर्तिमान लगातार तीन इनिङ छ ।

सन्दीप नेपालबाट ओडिआईमा दुई पटक पाँचमाथि विकेट लिने पहिलो बलर बनेका छन् । सोमपाल कामी नेपालबाट ओडिआईमा ५ विकेट लिने पहिलो खेलाडी हुन् । नेपालबाट ओडिआईमा एकै खेलमा पाँच विकेट लिने सोमपाल र सन्दीप मात्रै हुन् । नेपालले हालसम्म १२ ओडिआई खेल खेलेको छ । जसमा ७ खेलमा जित र ५ खेलमा हार छ । सन्दीप सर्वाधिक धेरै तीन पटक प्लेयर अफ द म्याच चुनिएका छन् । सोमपाल कामी दुई, पारस खड्का र करण केसी एक एक पटक प्लेयर अफ द म्याच चुनिएका छन् ।

अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.३ ओभरमा २ सय ३३ रनमा अल आउट भएको थियो । नेपालका लागि रोहित कुमार पौडेलले १ सय २३ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ८६ रनको इनिङ खेलेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल ४५ र करण केसीले ४२ रनको योगदान दिएका थिए ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिजको तयारीको लागि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेलेको हो । पहिलो खेलमा पपुवा न्युगिनीलाई नेपालले २ विकेटले पराजित गरेको थियो । पिएनजीसँग दुई खेलसँगै नेपालको तयारी पूरा भएको छ । नेपालले पहिलो खेल भदौ २८ मा अमेरिकासँग खेल्ने छ । दोस्रो खेल भदौ २९ मा ओमानसँग खेल्ने छ । असोजमा १ मा अमेरिका र असोज ३ मा ओमानसँग खेल्ने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस् :

सन्दीपको विश्व कीर्तिमान

सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.