4 years ago
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचन चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजको प्रशिक्षण टोलीमा समावेश भएका छन् ।

पोखरा निर्देशक तथा नेपाली क्रिकेट टोलीका पूर्व खेलाडी दीपेन्द्र चौधरीले शक्ति बलिङ प्रशिक्षकको रुपमा टोलीमा समावेश भएको जानकारी दिए । पोखरा मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक उमेश पटवाल छन् । फिल्डिङ प्रशिक्षकमा गण्डकी प्रदेशका रिजन प्रजु रहेका छन् ।
आफ्नो जमानाका सफल खेलाडी शक्तिले पछिल्लो पटक सन् २०१८ मा अन्तिम घरेलु प्रतियोगिता खेलेका थिए । शक्तिले इपिएलमा पोखराकै जर्सीमा अन्तिम खेल खेल्दै खेलाडीको रुपमा विश्राम लिएका थिए । ‘बलिङ युनिटलाई कसरी बलियो बनाउने भन्ने मेरो उदेश्य हुने छ । राम्रो गरौं भन्ने छ । नयाँ जिम्मेवारीको लागि उत्साहित पनि छु’, शक्तिले हाम्रो खेलकुदसँग भने ।
शक्ति गृहनगर भैरहवामा स्टार एकेडेमी सञ्चालन गर्दै आएका छन् । वर्तमान नेपाली क्रिकेट टोलीका स्पिनर सुशान भारी र स्टार युवा अलराउन्डर कुशल मल्ल शक्तिले उत्पादन गरेका खेलाडी हुन् । छोटो समयमै स्टार क्रिकेट एकेडेमीले भिन्न पहिचान बनाइसकेको छ । ‘म पोखरामा यसअघि आवद्ध थिए । मलाई टिमले विश्वास राखेको छ । मेरो अन्तर्राष्ट्रिय अनुभवलाई एउटा प्रशिक्षकको रुपमा दिन खोजेको छु, शक्तिले भने ।’

शक्ति नेपाली क्रिकेट इतिहासकै एक सफल खेलाडी हुन् । शक्तिले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट भने २०१८ मा नेदरल्यान्ड्सँगको पहिलो ऐतिहासिक ओडिआई खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । झण्डै दुई दशक नेपाली क्रिकेटबाट खेलेका शक्तिले नेपाललाई नयाँ उचाईमा पुर्याएका थिए । नेपालालई टि२० विश्वकप देखि ओडिआई मान्यता सम्म दिलाउन शक्तिको योगदान निकै महत्त्वपूर्ण थियो । शक्तिलाई आगमी दिनमा नेपाली यू१९ टोलीको प्रशिक्षकको बलियो दाबेदारको रुपमा समेत हेरिएको छ ।
पोखरामा विकेटकिपर विनोद भण्डारी, सुनिल धमला, रित गौतम, किशोर महतो, विक्रम सोब, विपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव, विपिन रावल, अर्जुन कुमाल, रविन्द्र जंग शाही लगायतका स्वदेशी खेलाडी छन् । विदेशी खेलाडीको रुपमा दक्षिण अफ्रिका ओपनर रिचर्ड लेभी र वेस्टइन्डिजका अलराउन्डर केस्रिक विलियम्सको नाम सार्वजनिक गरि सकेको छ ।
पोखराले बाँकी विदेशी खेलाडी पनि सार्वजनिक तयारी गरेको छ । इपिएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ । इपिएल विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
यो पनि पढ्नुहोस्ः
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]