4 years ago
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत तेस्रो खेलमा आज अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ः १५ पछि ओमानको अल अमरेत क्रिकेट मैदान मस्कटमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । ओमानसँग नेपाल ५ विकेटले पराजित हुन पुगेको थियो । ओमानले अमेरिकालाई बिहीबार राती ४ विकेटले हराएको थियो । अमेरिकाले नेपालसँगको खेलको तुलनामा बलिङमा धेरै सुधार गरेको थियो । अमेरिकाले प्रस्तुत गरेको १ सय ७९ रनको विजयी लक्ष्य ओमानले ४९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।
ओमानसँग नेपालको बलिङ सम्झन लायक थिएन । पहिलो १० ओभरमै १ सय ८ रन खर्चेको थियो । ओमानसँग खेलमा नेपालले कमजोर प्रदर्शन गरेको हुँदा टोलीमा परिवर्तनको सम्भावना बढी छ । नेपालले आज टोलीमा दुई परिवर्तन गर्ने सम्भावना देखिन्छ । युवा अलराउन्डर कुशल मल्लको स्थानमा अनुभवी ब्याट्सम्यान शरद भेषावकरलाई मौका दिनसक्छ । कुशलले मौका पाएका चार खेलमा खराब प्रदर्शन गरेका छन् । कुशल सुरुवाती तीन खेलमा एक एक र ओमानविरुद्ध ४ रनमा आउट भएका थिए । त्यसैले उनलाई विश्राम दिने सम्भावना बढीछ । मध्यक्रम ब्याटिङ केहि कमजोर हुँदा अनुभवी ब्याट्सम्यान शरदलाई मौका दिने सम्भावना बढी रहन्छ ।
मध्य गतिका बलर विक्रम सोबलाई पनि बेन्चमा राख्ने सम्भावना छ । ओमानसँग नेपालका तीनै मध्यगतिका बलरले खराब प्रदर्शन गरेका थिए । तीन बलरले सुरुवाती १० ओभरमा १ सय ८ रन खर्चेका थिए । सोमपाल कामी, करण केसी र विक्रम सोब तीनैको प्रदर्शन खराब थियो । सोमपाल र करण ब्याटिङ राम्रो गर्ने गर्दछन् । अर्कोतर्फ यी दुई खेलाडी पहिलो रोजाईका बलर हुन् । त्यसैले विक्रमलाई बेन्चमा राख्दै युवा तीव्र गतिका गुलशन झालाई डेब्यू दिनसक्छ । विक्रमले ओमानसँग खेलमा २.१ ओभरमा २९ रन खर्चेका थिए । गुलशन तीव्र गतिसँगै बाउन्सरका लागि सिपालु छन् । नयाँ बलले उनले राम्रो प्रदर्शन गर्ने गर्दछन् ।

नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले नै गर्नेछन् । अमेरिकासँग आसिफ र कुशलले ६६ रनको कीर्तिमानी साझेदाी गरेका थिए । कुशलले नेपाललाई जित दिलाउन ८४ रनको महत्वपूर्ण यागदान दिएका थिए । आसिफ राम्रो सुरुवात दिनेक्रममा २३ रन बनाउँदै आउट भएका थिए । ओमानविरुद्ध आसिफले सर्वाधिक ९० रनको योगदान दिएका थिए । आसिफ र कुशलको प्रदर्शनले टोलीको नतिजामा धेरै प्रभाव पार्नसक्छ । यी दुबै ओपनर शतक नजिक पुगेर असफल भएका छन् । आजको खेलमा दुबै खेलाडी उक्त गल्ती सुधार गर्दै शतक बनाउन चाहन्छन् ।
कप्तान ज्ञानेन्द्र मल्ल तेस्रो नम्बरमा खेल्ने छन् । ज्ञानेन्द्रले सुरुवात राम्रो गरेपनि ठूलो इनिङमा बदल्न सकि रहेका छैनन् । ओमानसँग खेलमा पनि २१ रन बनाउँदै आउट भएका थिए । ज्ञानेन्द्र टोलीका प्रमुख ब्याट्सम्यान र कप्तान हुँदा उनको प्रदर्शनले अन्य खेलाडी र विपक्षी टोलीको मनोबलमा समेत प्रभाव पार्ने गर्दछ । ओमान भ्रमणमा सानदार प्रदर्शन गरि रहेका रोहित चौथो नम्बरमा खेल्ने छन् । चौथो नम्बरमा रोहितले पिएनजीविरुद्ध ८६ र अमेरिकाविरुद्ध ६२ रन बनाउदै नेपाललाई सानदार जित दिलाएका थिए । ओमानविरुद्ध २० रनमा आउट भएका थिए । युवा ब्याट्सम्यान रोहितबाट नेपालले ठूलो आशा राखेको छ । पाँचौ नम्बरमा शरद खेल्ने सम्भावना छ ।

तल्लोक्रममा करण केसी र सोमपाल कामी हुने छन् । करण ठूला सर्टका लागि चर्चित नेपाली अलराउन्डर हुन् । यी दुईबाट नेपालले उत्कृष्ट अन्त्य चाहन्छ । पिएनजीसँगको पहिलो खेलपछि सोमपालबाट अपेक्षा अनुसार प्रदर्शन हुन सकेको छैन । तुलनात्मक रुपमा करण र सोमपालको बलिङ पनि कमजोर छ । बलिङमा करण र सोमपालले सुधारिएको प्रदर्शन गर्न निकै आवश्यक छ । सोमपालले पहिलो खेलमा ४ ओभरमा ३८ रन खर्चेका थिए । जसमा एकै ओभरमा ३० रन सामेल थियो । करणले ५ ओभरमा ५२ रन खर्चेर २ विकेट लिएका थिए । विक्रमको स्थानमा गुलशनको सम्भावना छ ।
स्पिनर सन्दीप लामिछानेको प्रदर्शन निकै महत्वपूर्ण हुने छ । ओमानसँगको खेलमा उनी पेटको दुखाईको कारण बलिङ गरेका थिएनन् । सन्दीप अभ्यासमा फर्कि सकेका छन् । सुशान भारीले सन्दीपलाई राम्रो साथ दिन आवश्यक देखिन्छ । सन्दीप नेपालका मुख्य हतियार हुन् । अमेरिकाले सबैभन्दा बढी तयारी पनि सन्दीपविरुद्धनै गर्ने देखिन्छ । त्यसैले अन्य बलर पनि त्यतिनै चनाखो हुनुपर्ने हुन्छ । नेपाल र अमेरिकाबीच कडा प्रतिस्पर्धा हुने आशा राखिएको छ ।
नेपालको प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, शरद भेषावकर, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, गुलशन झा, सन्दीप लामिछाने र सुशान भारी ।
यो पनि : नेपालले सुधार गनुपर्ने पाँच कमजोरी
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]