default_image

3 years ago

October 23, 2021

भारतले टि२० विश्वकप जित्न सक्ने पाँच बलिया आधार

एजेन्सी – भारत विश्व क्रिकेटको पावर हाउस हो । भारतले अन्तर्राष्ट्रिय तीनै शीली (टेस्ट, ओडिआई र टि२० आई) मा घरेलु भूमि र विदेश दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । त्यसैले भारत हरेक प्रतियोगिता उपाधि दाबेदार टोलीमा अग्रस्थानमा आउँछ । भारत संयुक्त अरव इमिरेट्स (युएई) मा जारी आइसिसी टि२० विश्वकप २०२१ को उपाधिको पनि प्रमुख […]

60 views

0 Bookmark

एजेन्सी – भारत विश्व क्रिकेटको पावर हाउस हो । भारतले अन्तर्राष्ट्रिय तीनै शीली (टेस्ट, ओडिआई र टि२० आई) मा घरेलु भूमि र विदेश दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । त्यसैले भारत हरेक प्रतियोगिता उपाधि दाबेदार टोलीमा अग्रस्थानमा आउँछ । भारत संयुक्त अरव इमिरेट्स (युएई) मा जारी आइसिसी टि२० विश्वकप २०२१ को उपाधिको पनि प्रमुख दाबेदार टोली हो ।

भारतले पछिल्लो समय आइसिसी उपाधिको रुपमा सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो । त्यसपछि २-२ एकदिवसिय र टि२० विश्वकप, एक च्याम्पियन्स ट्रफी र टेस्ट च्याम्पियनसिप जस्ता ठूला आइसिसीका प्रतियोगिता सम्पन्न भए । तर भारत च्याम्पियन बन्न सकेन । पहिलो संस्करण अर्थात २००७ को टि२० विश्वकप भारतले जितेको थियो ।

त्यसपछि २००९, २०१०, २०१२, २०१४ र २०१६ मा टि२० विश्वकप भएको थियो । भारत २०१४ मा फाइनलमा श्रीलंकासँग पराजित भएको थियो । अन्य प्रतियोगितामा फाइनल यात्रा पनि तय गर्न सकेन । भारतले २०११ मा एकदिवसिय विश्वकप च्याम्पियन बनेको थियो । भारतले यी तीनै उपाधि महेन्द्रसिंह धोनीको कप्तानीमा हात पारेको थियो ।

क्रिकेटमा लगानी, समर्थक, लगातार उत्कृष्ट प्रदर्शन र विश्व स्टार क्रिकेटरको बाहुल्ता भएको भारतलाई विश्वकप उपाधि अव आवश्यकतानै बनि सकेको छ । सिरिज र आइसिसीको प्रतियोगिता लिगमा उत्कृष्ट प्रदर्शन गर्ने भारत नकआउट, दबाबका खेल र उपाधि नजिक पुगेर चुक्दै आएको छ । विश्वका स्टार क्रिकेटरले भरिभराउ भारत यस विश्वकपमा समर्थकलाई निराश बनाउन चाहँदैन । कप्तान विराट कोहली पनि विश्वकप उपाधिका साथ टि२० शैलीको कप्तानीबाट बिटमार्न चाहन्छन् ।

आक्रामक शैलीका कप्तान कोहलीले आइसिसी उपाधि जित्न नसकेपनि आफ्नो नेतृत्वमा भारतीय क्रिकेटमा धेरै परिवर्तन ल्याएका छन् । टि२० विश्वकप अघि युएईमा इन्डियन प्रिमियर लिग (आइपिएल) भएको हुँदा भारतीय खेलाडीलाई केहि फाइदा पुग्नेछ । सुपर १२ को समूह बी मा रहेको भारतले सेमिफाइनलमा स्थान बनाउन पाकिस्तान र न्युजिल्यान्ड मध्य एकलाई पछि पार्नुपर्ने हुन्छ ।

कागजी रुपमा मजबुत भारतलाई सेमिफाइनल यात्रा भने कठिन देखिदैन । विश्वकपमा सबै टोलीका खेलाडी हेर्दा भारत सर्वाधिक सन्तुलित र बलियो टोली देखिन्छ । भारतले टि२० विश्वकप २०२१ को उपाधि जित्न सक्ने पाँच बलिया आधार यस प्रकार छन् ।

५. बुमराह बलिङ हतियार

Kohli and Bumrah

कुनैपनि टोलीले विशाल योगफल बनाउन र पूरा गर्न राम्रो सुरुवात गरेर मात्र हुँदैन । अन्त्य पनि त्यतिनै उत्कृष्ट हुनुपर्छ । अन्त्य राम्रो गर्न डेथ ओभरमा ठूला सट र विष्फोटक ब्याटिङ गर्न सक्नुपर्छ । तर भारतविरुद्ध डेथ ओभरमा रन जोड्न कुनैपनि विपक्षी टोलीलाई सहज देखिदैन ।

तीव्र गतिका बलर जस्प्रित बुमराह भारतका प्रमुख हतियार हुन् । बुमराह विश्व क्रिकेटका वर्तमान समयकै एक उत्कृष्ट बलरमा पर्दछन् । विपक्षी स्टार ब्याटर पनि बुमराह बलमा रन बनाउन भन्दा विकेट जोगाउन बढी ध्यान दिने गर्दछन् । सटिक योर्कर बुमराह खुबी हो । उनले आफ्नो योर्करमा विपक्षी स्टार ब्याटरलाई पनि निराश बनाउने गर्दछन् ।

बुमराहले ५० टि२० आई खेलमा ५९ विकेट लिएका छन् । इकोनमी ६.६६ को छ । बुमराहले १ सय ८६ टि२० खेलमा २ सय ३० विकेट लिएका छन् । बुमराह डेथ ओभर मात्र नभएर पावर प्ले र मध्यक्रममा पनि त्यतिनै उत्कृष्ट बलिङ गर्दै आएका छन् । बुमराह राम्रो सुरुवात र अन्त्य गर्दै कम योगफलमा समेट्न सक्छन् । टि२० क्रिकेटका योर्कर किंग र डेथ ओभर स्पेलिष्ट बुमराहले उत्कृष्ट प्रदर्शनमा भारतले टि२० विश्वकप जित्न सक्छ ।

४.सन्तुलिन बलिङ आक्रमण

ब्याटिङमात्र बलियो भएर च्याम्पियन बन्न सक्दैन । बलिङ र फिल्डिङ पनि त्यतिनै उत्कृष्ट हुनुपर्छ । टि२० विश्वकपमा भारतको बलिङ आक्रामण सन्तुलित छ । भारतको तीव्र गतिको बलरमा जस्प्रित बुमराह, मोहम्मद शामी, भुवनेश्वर कुमार र शार्दूल ठाकुर छन् । बुमराह, शामी र भुवनेश्वर कुमार पावर प्ले, मध्यक्रम र डेथ ओभर जुनसुकै अवस्थामा उत्कृष्ट बलिङ गर्न सक्छन् । विश्वकपमा यी तीन तीव्र गतिका बलर पहिलो रोजाईमा खेल्नेछन् । प्रदर्शन पनि निकै महत्वपूर्ण हुनेछ ।

शामी अनुभवी तीव्र गतिका बलर हुन् । कठिन समयमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । बुमराह लगातार योर्कर फ्याँल्न सक्छन् । भुवनेश्वर स्वींगका लागि माहिर छन् । यी तीन मध्य एकले खराब प्रदर्शन गर्दा शार्दूल राम्रो विकल्पमा छन् । शार्दूल राम्रो ब्याटिङको क्षमता पनि राख्छन् ।

स्पिनरमा बरुण चक्रवर्ती, राहुल चाहर, रविन्द्र जडेजा र रविचन्द्रन आश्विन छन् । जडेजा वर्तमान समयका उत्कृष्ट अलराउन्डर हुन् । जडेजा बलिङ र ब्याटिङ मात्र होईन उत्कृष्ट फिल्डिङमा खेललाई मोड्न सक्छन् । २०१७ पछि भारतीय सिमित ओभरको क्रिकेट नखेले पनि आश्विनले आइपिएलमा उच्च प्रदर्शन गर्दै आएका छन् ।

राहुल र बरुण आइपिएलमा उच्च प्रदर्शनका साथ भारतीय विश्वकप टोलीमा परेका हुन् । आश्विन र शामी जस्ता अनुभवी बलरले दबाबमा अनुभवको भरपूर्ण फाइदा उठान सक्छन् । भारतको स्पिन र तीव्र गतिको बलिङ आक्रामण सन्तुलित हुँदा उपाधि जित्न सक्छ ।

३. उत्कृष्ट शीर्ष तीनका ब्याटर

भारतको शीर्षक्रमका ब्याटरलेनै उत्कृष्ट प्रदर्शनमा सहज जित दिलाउन सक्छन् । विश्वका तीन स्टार ब्याटर विराट कोहली, रोहित शर्मा र लोकेश राहुल शीर्षक्रममा खेल्नेछन् । यी तीन मध्य एक खेलाडी चलेको खण्डमा भारतले उत्कृष्ट सुरुवात र राम्रो योगफल बनाउन सक्छ ।

राहुलले भारतीय टोली र आइपिएलमा पन्जाब किंग्सबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पछिल्लो समय राहुल अझ आक्रामक रुपमा ब्याटिङ गर्दै आएका छन् ।

राहुल र रोहितले भारतको ओपनिङ गर्नेछन् । ओपनिङ प्रर्दशनले टोलीको योगफलमा धेरै प्रभाव पार्ने गर्दछ । यी दुई ओपनरले राम्रो सुरुवात दिँदा मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई खेल्न सहज हुनेछ । रोहित टि२० आईमा चार शतक प्रहार गर्ने विश्वको एक्लो खेलाडी हुन् । विष्फोटक ब्याटिङका लागि चर्चित रोहित क्रिजमा जमेपछि हतपत विकेट गुमाउँदैनन् ।

रोहित र राहुलको तालमेल पनि राम्रो रहँदै आएको छ । रोहित र राहुलले २० टि२० आई खेलमा ओपनिङ गर्दा कुल १ हजार ४७ रन बनाएका छन् । जसमा तीन पटक शतकमाथि र ५ पटक ५० माथिको साझेदारी गरेका छन् । उत्कृष्ट साझेदारी १ सय ६५ रन छ । राहुलले ४९ टि२० आईमा २ शतक र १२ अर्धशतक सहित कुल १ हजार ५ सय ५७ रन बनाएका छन् ।

राहुलको ब्याटमा क्लास र जिम्मेवारी बढी छ । राहुलको लय रोक्न कठिन देखिन्छ । राहुल सर्वाधिक घातक बन्न सक्ने खेलाडी हुन् । हिटम्यानको उपनामले चिनिले रोहितले १ सय ११ टि२० आई खेलमा ४ शतक र २२ अर्धशतक सहित २ हजार ८ सय ६४ रन बनाएका छन् । रोहित क्रिजमा टिकेमा विशाल इनिङका साथ एक्लै खेल जिताउन सक्छन् ।

यी दुई मध्य एक ब्याटर सस्तैमा आउट हुँदा तेस्रो नम्बरमा विराट कोहली आउनेछन् । कोहली टि२० आई क्रिकेटका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनको खेल्ने शैली अन्य ब्याटरको भन्दा फरक पाइन्छ । उनी क्रिजमा रहँदा मात्र पनि विपक्षीलाई दबाब हुन्छ । कोहली संयमित र आक्रामक दुबै ब्याटिङ गर्नेगर्दछन् । कोहली बाउन्ड्री मात्र नभएर डबल सिंगल आक्रामक रुपमा जोड्दै विपक्षीलाई दबाबमा राख्न सक्ने खुबी भएका विश्वका एक उत्कृष्ट ब्याटर हुन् ।

कोहलीले ९० खेलमा २८ अर्धशतकका साथ ३ हजार १ सय ५९ रन बनाएका छन् । भारतको शीर्षक्रम ब्याटिङ निकै शक्तिशाली छ । यी तीन खेलाडी मध्य एक खेलाडी चलेमात्र पनि जितको आधार तय गर्नसक्छन् । जसले गर्दा उपाधि सहज देखिन्छ ।

२. उत्कृष्ट ब्याटिङ लाइनअप र गहिराई

भारतको ब्याटिङ मजबुतका साथै गहिराई पनि छ । भारत सिमित ब्याटरमा निर्भर छैन । भारतमा राहुल देखि रविन्द्र जडेजा सम्मका खेलाडीले उत्कृष्ट ब्याटिङमा जित पक्का गराउन सक्छन् । भारतको ओपनिङ रोहित र राहुलले गर्नेछन् । कोहलीले तेस्रो नम्बरमा गर्नेछन् । यी तीन खेलाडी सस्तैमा आउट भएपनि भारतले बलियो योगफल बनाउन सक्छ ।

किनभने ब्याटिङमा गहिराई छ । सम्भव त चौथो नम्बरमा ईशान किशन, पाँचौं नम्बरमा सूर्यकुमार यादव र छैटौं नम्बरमा ऋषभ पन्त हुनेछन् । किशन, सूर्यकुमार र ऋषभ टि२० विशेष ब्याटर हुन् । यी तीनै युवा स्टार आक्रामक ब्याटिङका लागि चर्चित छन् । ईशान ओडिआई र टि२० आई डेब्यू दुबैमा अर्धशतक प्रहार गर्ने खेलाडी हुन् ।

ईशान राम्रो लयमा पनि छन् । वार्मअप खेलमा इंग्ल्यान्डविरुद्ध ७० रनको अविजित इनिङ खेलेका थिए । आइपिएलमा मुम्बई इन्डियन्सबाट अन्तिम खेलमा हैदराबादविरुद्ध ३२ बलमा ११ चौका र ४ छक्का सहित ८४ रनको विष्फोटक इनिङ खेलेका थिए । किशन युवा पुस्ताका विष्फोटक ब्याटरमा पर्दछन् ।

सूर्यलाई भारतीय टोलीका एवि डिभिलियर्स भन्ने गरिन्छ । सूर्य मैदानको जुनसुकै स्थानमा आक्रामक रुपमा सट प्रहार गर्नसक्छन् । पन्त टि२० विशेष मानिन्छन् । सूर्य र ईशानको आगमनले भारतको मध्यक्रम निकै बलियो बनेको छ । तल्लोक्रम पनि भारतको त्यतिनै उत्कृष्ट छ ।
हार्दिक पान्ड्या, रविन्द्र जडेजा र रविचन्द्रन आश्विन तल्लोक्रमका खेलाडी हुन् । हार्दिक विश्वकै एक उत्कृष्ट फिनिसर हुन् ।

हार्दिकले एकै ओभरमा छक्का र चौका वर्षाको साथ ठूलो ओभरमा बदल्न सक्छन् । जडेजा पनि त्यतिनै आक्रामक ब्याटिङको क्षमता राख्छन् । आश्विनबाट पनि तल्लोक्रममा रनको आशा गर्न सकिन्छ । तीव्र गतिका बलर शार्दूलले भारतीय टोलीबाट आक्रामक ब्याटिङ गर्दै आएका छन् ।

तल्लोक्रम सम्म भारतको उत्कृष्ट ब्याटिङ हुँदा विपक्षी बलर र टोलीलाई निकै दबाब हुने देखिन्छ । ब्याटिङमा गहिराई हुँदा ब्याटर स्वतन्त्र रुपमा खेल्न पाउछन् । त्यसले अझ उत्कृष्ट प्रदर्शन हुनेगर्दछ । भारतले आफ्नो उत्कृष्ट ब्याटिङमा यस विश्वकप जित्न सक्छ ।

१.धोनी सल्लाहकारको रुपमा हुनु

कुनैपनि टोली बलियो भएर मात्र च्याम्पियन बन्न सक्दैन । उसलाई नेतृत्व गर्ने कप्तान, प्रशिक्षण टोली र व्यवस्थापन टोली पनि त्यतिनै उत्कृष्ट हुनुपर्छ । भारत २०१९ को विश्वकप जित्न नसक्नुमा मैदान भित्र भन्दा बाहिर कमजोरी बढी थियो । कुनैपनि खेलाडी राम्रो र उत्कृष्ट भएर हुँदैन । अझ कठिन समयमा सहि निर्णय लिनसक्ने हुनुपर्छ । विश्वकप टोलीमा भारतका सर्वाधिक सफल पूर्व कप्तान महेन्द्रसिंह धोनी सल्लाहकारको रुपमा छन् ।

आइसिसीको तीनै शैलीको उपाधि जित्ने विश्वको एक्लो कप्तान धोनी टोलीमा हुँदा भारत थप मजबुत बनेको छ । च्याम्पियन धोनीको सल्लाह र सुझावमा भारतले थप उत्कृष्ट प्रदर्शन गर्ने देखिन्छ । धोनीले टोलीको कमजोरी सुधारको लागि सल्लाह सुझाव दिनेछन् । महान् खेलाडीको सानो सल्लाह पनि खेलाडीको करिअर र नतिजामा टर्निङ प्वाइन्ट बन्नसक्छ । आइपिएलमा चेन्नईलाई चार पटक च्याम्पियन बनाएका धोनी सल्लाहकारको रुपमा हुँदा डे«सिङ वातावरण फेरिने छ ।

धोनी टोलीमासँगै हुँदा खेलाडीको आत्माविश्वास र मनोबल बढ्नेछ । धोनी कप्तानमा मात्र नभएर प्रशिक्षणको रुपमा पनि च्यम्पियन बन्न सक्छन् । धोनी आफ्नो अनुभव खेलाडीलाई बाढ्नेछन् । धोनीले हरेक खेलाडीलाई निखारता ल्याउने गर्दछन् । धोनी त्यस्ता कप्तान हुन् जसले चाँदिलाई हिरामा बदल्न सक्ने गुण छ । सर्वाधिक सफल कप्तान र तथा महान् खेलाडी धोनी हुँदा भारत उपाधिको बलियो सम्भावना बोकेको टोली हो ।

भारतको विश्वकप टोली :

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), लोकेश राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), ईशान किशन (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्रन आश्विन, शार्दूल ठाकुर, बरुण चक्रवर्ती, जस्प्रित बुमराह, भुवनेश्वर कुमार र मोहम्मद शामी

भारतको खेल तालिका :

अक्टोबर २४ (आइतबा), पाकिस्तानसँग, दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम

अक्टोबर ३१ (आइतबार), न्युजिल्यान्डसँग, दुबई

नोभेम्बर ३ (बुधबार), अफगानिस्तानसँग, आबूधाबी

नोभेम्बर ५ ( शुक्रबार ), स्कटल्यान्डसँग, दुबई

नोभेम्बर ८ (सोमबार), पहिलो चरणको समूह एको उपविजेतासँग, दुबई

यो पनि पढ्नुहोस् : टि२० विश्वकप उपाधि जित्न सक्ने पाँच टोली

टि२० विश्वकपमा नभएका पाँच स्टार खेलाडी

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.