default_image

4 years ago

October 24, 2021

भारत र पाकिस्तान विश्वकपमा भिड्दै

151 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ समूह बी को पहिलो खेलमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकै प्रतिष्ठित र प्रतिक्षा गरिएको यस खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबई इन्टरइनेशनल क्रिकेट मैदानमा सुरु हुनेछ । यस खेल टि२० विश्वकपकै सवैभन्दा बढी प्रतिक्षा गरिएको खेलमा पर्दछ ।

विश्वमा भारत र पाकिस्तानबीचको जुनसुकै खेल पनि निकै महत्वपूर्ण रुपमा लिइन्छ । पाकिस्तान र भारतबीचको खेल एक अर्का प्रतिष्ठा र साखको लडाईं हुने गर्दछ । आन्तरिक राजनीतिको कारण भारत र पाकिस्तानले सन् २०१२–१३ पछि दुईपक्षीय सिरिज खेलेका छैनन् । २०१३ पछि यी दुई देशले आइसिसीका प्रमुख प्रतियोगिता मात्र खेल्दै आएका छन् । त्यसैले पनि भारत र पाकिस्तानबीचको खेललाई विश्व क्रिकेटमा निकै महत्वपूर्ण रुपमा हेरिने गरिन्छ ।

विश्व क्रिकेटमा पाकिस्तान भन्दा भारत धेरै हाबी हुँदै आएको छ । तर टि२० क्रिकेटमा पाकिस्तानको प्रदर्शन भारतको भन्दा कम छैन । भारतले कुनैपनि विश्वकपमा पाकिस्तानसँग हारेको इतिहास छैन । भारत त्यस इतिहासलाई निरन्तरता दिन चाहन्छ । पाँच टि२० विश्वकप र ७ एकदिवसिय विश्वकपमा गरि कुल १२ खेलनै जितेको छ ।

तर युवा खेलाडीको बाहुल्यता भएको पाकिस्तान विश्वकपमा भारतविरुद्ध जितको खडेरी तोड्दै इतिहास रच्न चाहन्छ । सन् २००९ मा श्रीलंका खेलाडी चडेको बसमा कराँचीमा बम आक्रमण भएपछि पाकिस्तानले युएईलाई आफ्नो घरेलु मैदान बनाउँदै आएको छ । युएई पाकिस्तानको दोस्रो घरेलु मैदान हो । त्यसको भरपूर्ण फाइदा उठाउँदै पाकिस्तान भारतलाई विश्वकपमा पहिलो हारको स्वाद चखाउन चाहन्छ । दुबईको मैदान र वातावरण बारे राम्रोसँग जानकार भएको पाकिस्तान इतिहास रच्ने दाउमा छ ।

तर विश्व स्टार खेलाडीको बाहुल्यता भएको भारतमाथि पाकिस्तानलाई जित निकाल्न सहज हुनेछैन । यी दुई टोलीले १–१ पटक टि२० विश्वकप उपाधि जितेका छन् । सन् २००७ मा भारतले फाइनलमा पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो । २००९ मा पाकिस्तानले फाइनलमा श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।

पाकिस्तानले विश्वकप जित्दाका सोएब मलिक यस पटक पनि टोलीमा छन् । भारतले उपाधि जित्दाका कप्तान महेन्द्रसिंह धोनी अहिले सल्लाहकारको रुपमा छन् । रोहित वर्तमान समयका प्रमुख खेलाडी हुन् । भारतका कप्तान विराट कोहली र पाकिस्तानका कप्तान बाबर आजम दुबै टोलीका प्रमुख हतियार हुन् । पछिल्लो समय बाबरलाई विराटसँग तुलना पनि गर्न थालिएको छ । त्यसले पनि आजको खेल दुबै ब्याटरको लागि निकै महत्वपूर्ण छ । भारत सिमित ब्याटरमा निर्भर छैन । तर पाकिस्तान शीर्ष तीन ब्याटरमा बढी निर्भर छ । त्यसैले भारतका खेलाडीलाई दबाब कम र स्वतन्त्र धेरै छ । पाकिस्तानका प्रमुख खेलाडीमा दबाब बढी रहनेछ ।

पाकिस्तानको प्रमुख हतियार ओपनर बाबर आजम, मोहम्मद रिजवान र तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी हुन् । यी तीन खेलाडीको उच्च प्रदर्शनको सहयोगमा पाकिस्तानले भारतलाई स्तब्ध पार्नसक्छ । पाकिस्तानको ओपनिङ बाबर र रिजवानले गर्नेछन् । यी दुई ब्याटरको राम्रो सुरुवात र प्रदर्शन विना पाकिस्तानलाई ठूलो योगफल बनाउन कठिन देखिन्छ । यी दुई ब्याटर उत्कृष्ट लयमा छन् । त्यो नै पाकिस्तानको जितको प्रमुख आधार हो ।

बाबर र रिजवानको साझेदारी र तालमेल पनि जम्दै आएको छ । २०२१ मा टि२० आईमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा यी दुई खेलाडी शीर्ष स्थानमा छन् । रिजवानले २०२१ मा १४ टि२० आई इनिङमा ६ पटक अविजित रहँदै १ शतक र ७ अर्धशतक सहित कुल ७ सय ५२ रन बनाएका छन् ।

बाबरले समान इनिङमा १ शतक र ४ अर्धशतक सहित ५ सय २३ रन बनाएका छन् । यस वर्ष टि२० आईमा तीन पटक शतकीय साझेदारी गरेका छन् । गत अप्रिलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउनेक्रममा रिजवान र बाबरले पहिलो विकेटका लागि १७।४ ओभरमा १ सय ९७ रनको साझेदारी गरेका थिए । यी दुई ब्याटरदेखि भारत सचेत रहन आवश्यक देखिन्छ ।

पाकिस्तानको तेस्रो नम्बरमा फखार जमानले गर्नेछन् । भारतविरुद्ध जमान सफल हुँदै आएका छन् । सन् २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई हराउन जमाउनले उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । पछिल्लो समय जमान उत्कृष्ट लयमा छन् । जमानले वार्मअप खेलमा दक्षिण अफ्रिकाविरुद्ध ५२ र वेस्टइन्डिजविरुद्ध आक्रमक रुपमा ४६ रन जोडेका थिए । जमान आक्रामक ब्याटिङ गर्न रमाउछन् । पाकिस्तान भारतविरुद्ध उनको शैलीको प्रदर्शन चाहन्छ ।

हैदर अली र सोएब मलिक मध्य एकले मौका पाउनेछन् । मलिक सर्वाधिक अनुभवी खेलाडी हुँदा पहिलो रोजाईमा पर्नेछन् । मोहम्मद हफिज र आसिफ अली मध्यक्रम सम्हाल्नेछन् । आसिफ फिनिसर हुन् । तल्लोक्रममा शादब खान र इमाद वासिम रहने छन् । यी दुई स्पिनर राम्रो ब्याटिङको क्षमता राख्छन् ।

हसन अलीबाट पनि अन्त्यमा केहि रनको आशा गर्न सकिन्छ । पाकिस्तानको तीव्र गतिको बलरमा हसन अलि, हरिस रौफ र शाहिन शाह अफ्रिदी रहने छन् । तीव्र गतिको बलिङ आक्रमण पाकिस्तानको परम्परा खुबी हो । शाहिन अफ्रिदी प्रमुख हतियार हुन् । बायाँ हाते २१ वर्षिय तीव्र गतिका बलर अफ्रिदी स्वींग र योर्करका लागि माहिर छन् । आफ्नो गती, स्वींग र योर्करमा भारतलाई निराश बनाउन सक्छन् । हसन अली पनि पछिल्लो समय राम्रो लयमा छन् । २०१७ मा फाइनलमा भारतलाई हराउन हसनले उत्कृष्ट बलिङ गरेका थिए ।

भारतका लोकेश राहुल, विराट कोहली र तीव्र गतिका बलर जस्प्रित बुमराह प्रमुख हतियार हुन् । भारतको ओपनिङ लोकेश राहुल र रोहित शर्माले गर्नेछन् । यी दुई ब्याटर वर्तमान समयका एक उत्कृष्ट ओपनर हुन् । रोहित टि२० आईमा चार शतक प्रहार गर्ने विश्वकै एक्लो खेलाडी हुन् । क्लासिक राहुलले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । राहुलको लय र क्लासलाई रोक्न पाकिस्तानका बलरलाई निकै कठिन पर्ने देखिन्छ । यी दुबै ब्याटर आक्रामक र ठूला इनिङका लागि परिचित छन् ।

तेस्रो नम्बरमा विराट कोहलीले गर्नेछन् । कोहली टि२० आईमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनको रनको गतिलाई रोक्न पाकिस्तानी बलरलाई मुख्य चुनौती हुने देखिन्छ । उनको विकेटले खेलमा धेरै प्रभाव पार्नेछ । ईशान किशन र सूर्यकुमार यादव मध्य एकले मौका पाउनेछन् । सूर्यले मौका पाउने निश्चित जस्तै छ । भारतीय क्रिकेटका एवि डिभिलियर्स मानिने सूर्य पनि टि२० विशेष ब्याटर हुन् ।

ऋषभ पन्त, हार्दिक पान्ड्या र रविन्द्र जडेजा तल्लोक्रममा रहनेछन् । पन्त र पान्ड्या हिटर हुन् । यी दुई ब्याटर आक्रामक अन्त्यका लागि चिनिन्छन् । भारतको ब्याटिङ पाकिस्तानको जस्तो सिमित ब्याटरमा निर्भर भने छैन । स्पिनरमा बरुण चक्रवर्तीको स्थान पक्का छ । रविचन्द्रन आश्विन र राहुल चाहर मध्य एकले मौका पाउनेछन् । अनुभवको आधारमा आश्विन पहिलो रोजाईमा पर्न सक्छन् ।

Kohli and Bumrah

भारतको तीव्र गतिको बलिङमा मोहम्मद शामी, भुवनेश्वर कुमार र जस्प्रित बुमराह सम्भावना छ । बुमराह योर्करका लागि माहिर बलर हुन् । उनको योर्करमा भारतले सहज जित हात पार्नसक्छ । खेलाडी अनुसार भारत र पिचको अवस्था अनुसार पाकिस्तान हाबी हुनसक्छन् ।

हेड टु हेड

हालसम्म भारत र पाकिस्तानबीच मात्र ८ टि२० आई खेल भएको छ । भारत ७ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ । पछिल्ला पाँच टि२० आई खेलमा भारत चार खेलमा विजयी भएको छ । भारत सन् २०१२ मा पहिलो टि२० आई खेलमा बंगलोरमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । भारत र पाकिस्तानबीच अन्तिम पटक २०१६ को टि२० विश्वकपमा प्रतिस्पर्धा भएको छ । उक्त टि२० खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।


विश्वकपमा हेड टु हेड

टि२० विश्वकपमा भारत र पाकिस्तानबीच कुल ५ खेल भएको छ । भारत ५ खेलमानै विजयी भएको छ । सन् २००७ को समूह चरणमा भारत खेल बराबर भएपछि बल आउट (बलले स्टम्प ताक्ने) रुपमा विजयी भएको थियो । उक्त फाइनलमा ५ रनले हराउँदै उपाधि जितेको थियो । भारत २०१२ को टि२० विश्वकपमा ८ विकेट, २०१४ कोमा ७ र २०१६ को मा ६ विकेटले विजयी भएको थियो ।

मौसम : दुबईमा आज कुनैपनि वर्षाको सम्भावना छैन । आजको तापक्रम न्यूनतम २६ डिग्रि सेल्सियस र उच्चतम ३३ डिग्री हुनेछ ।

प्रत्यक्ष प्रसारण : नेपालमा स्टार स्पोर्ट्सका च्यानलबाट लाइभ हेर्न सकिनेछ ।

फाइनल अघि दुबै कप्तानको भनाई

हामीले यहाँ धेरै क्रिकेट खेलेका छौं । हामीलाई परिस्थीतिको बारे राम्रोसँग थाहा छ । कसरी खेल्ने भन्ने राम्रोसँग थाहा छ । मलाई लाग्छ यो पटक हामी धेरै राम्रो क्रिकेट खेल्दै भारतलाई हराउनेछौं, बाबर आजम, पाकिस्तान कप्तान ।’


हाम्रो ध्यान विश्वकपमा राम्रो क्रिकेट खेल्नेछ । पिच पनि राम्रो छ । पाकिस्तान बलियो छ । पाकिस्तानविरुद्ध खेल्दा हरेक पटक सर्वश्रेष्ठ क्रिकेट खेल्नुपर्छ । उनीहरुसँग खेलमा परिवर्तन ल्याउन सक्ने खेलाडी छन् । पाकिस्तानविरुद्ध हाम्रो स्तरको क्रिकेट खेल्ने छौं, विराट कोहली भारतीय कप्तान ।’

भारतको विश्वकप टोली :

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), लोकेश राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), ईशान किशन (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्रन आश्विन, शार्दूल ठाकुर, बरुण चक्रवर्ती, जस्प्रित बुमराह, भुवनेश्वर कुमार र मोहम्मद शामी

पाकिस्तानको विश्वकप टोली :

बाबर आजम (कप्तान), शादब खान, आसिफ अली, शरफराज अहमद, हरिस रौफ, हसन अली, ईमाद वासिम, हैदर अली, मोहम्मद हफिज, फखर जमान, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद वासिम, शाहिन शाह अफ्रिदी र शोएब मलिक ।

यो पनि : विराट उत्कृष्ट कि बाबर ?

टि२० विश्वकप उपाधि जित्न सक्ने पाँच टोली

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.