default_image

4 years ago

October 30, 2021

बाबरले तोडे विराटको कीर्तिमान

153 views

0 Bookmark

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतीय कप्तान विराट कोहलीको कीर्तिमान तोडेका छन् । आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को खेलमा अफगानिस्तानविरुद्ध अर्धशतक पूरा गर्दै बाबरले कप्तानको रुपमा सर्वाधिक छिटो १ हजार रन बनाउने कोहलीको कीर्तिमान तोडेका हुन् ।

बाबरले टि२० आईमा २६ इनिङमा कप्तानको रुपमा सर्वाधिक छिटो १ हजार पूरा गरेका हुन् । यस कीर्तिमान बाबर अघि विराट कोहलीको नाममा थियो । कोहलीले ३० इनिङमा कप्तानको रुपमा १ हजार रन पूरा गरेका थिए । दक्षिण अफ्रिका पूर्व कप्तान फाफ डु प्लेसिसले ३१, आरोन फिन्च ३२ र केन विलियम्सनले ३६ इनिङमा कप्तानको रुपमा १ हजार रन पूरा गरेका थिए ।

खेलाडीको रुपमा भने बाबरले ६४ टि२० आई खेलमा १ शतक र २२ अर्धशतक सहित कुल २ हजार ३ सय ३२ रन बनाएका छन् । विराटले खेलाडीको रुपमा ९१ खेलमा २९ अर्धशतक सहित कुल ३ हजार २ सय १६ रन जोडेका छन् । पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराउँदा बाबरले ४७ बलमा ४ चौका सहित ५१ रनको इनिङ खेलेका थिए ।

जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो । आसिफ अली ७ बलमा ४ छक्का सहित २५ रनमा अविजित रहे । जितको लागि अन्तिम १२ बलमा २४ रन चाहिँएको अवस्थामा आसिफ अलीले १९ औं ओभरमा तीव्र गतिका बलर करिम जन्नतलाई चार छक्का प्रहार गर्दै जित पक्का गराएका थिए ।

पाकिस्तान टि२० विश्वकपको सुपर १२ को समूह २ मा छ । ३ खेलमा ३ मानै जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा रहेको पाकिस्तानको सेमिफाइनल औपचारिकता मात्र बाँकी छ । पाकिस्तानले अव मंगलबार नामिबिया र आइतबार स्कटल्यान्डसँग खेल्न बाँकी छ । आफ्नो समूहमा रहेका प्रमुख तीन टोलीलाई पाखा लगाउँदै सेमिफाइनल यात्रा निश्चित जस्तै बनाएको छ । पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डलाई ५ विकेटले हराएको थियो ।


यो पनि पढ्नुहोस्ः नेपालमा चल्न नसकेका पाकिस्तानका फिनिसर आसिफ

विराट उत्कृष्ट कि बाबर ?

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.